By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    संसदीय स्थायी समितिका सदस्यहरूले नथुला, बाबा मन्दिर र छाङ्गु लेक भ्रमण गरे
    April 22, 2025
    Latest News
    भण्डारी जयन्तीमा मुख्यमन्त्रीलगायत अन्य नेताहरूले श्रद्धाञ्जली अर्पण गरे
    October 6, 2026
    SSB apprehends Sikkim resident on way to Nepal carrying licensed firearm
    October 6, 2026
    आमा सशक्तिकरण योजना: 360 भन्दा बढ़ी लाभग्राहीहरूलाई चेक हस्तान्तरण
    October 4, 2026
    CM Distributes Aama Sashaktikaran Aid to Rhenock Beneficiaries
    October 3, 2026
  • Politics
    PoliticsShow More
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: बुढियाखोप सरकारी उच्चतर माध्यमिक विद्यालयको प्लेटिनम जुब्ली समारोहको समापन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > बुढियाखोप सरकारी उच्चतर माध्यमिक विद्यालयको प्लेटिनम जुब्ली समारोहको समापन
Latest NewsOpinionPoliticianSA Nepali

बुढियाखोप सरकारी उच्चतर माध्यमिक विद्यालयको प्लेटिनम जुब्ली समारोहको समापन

Suk Raj Aaron Rai
Last updated: November 8, 2025 11:49 am
Suk Raj Aaron Rai Published November 7, 2025
Share
SHARE

सोरेङ, 07 नोभेम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सरकारी उच्चतर माध्यमिक विद्यालय, बुढियाखोपको दश दिवसीय प्लेटिनम जुब्ली समारोहको समापन कार्यक्रममा मुख्य अतिथिको रूपमा सहभागी बने। मुख्यमन्त्रीको साथमा उनकी धर्मपत्नी शारदा तामाङ पनि उपस्थित थिइन्।
कार्यक्रमको शुरुवात मुख्यमन्त्रीले प्लेटिनम पिलरको उद्घाटन र स्मार्ट स्कूल प्रोग्राम अन्तर्गत डिजिटल क्लाशरुमको उद्घाटनद्वारा गरे। यसपछि, उनी राष्ट्रगीत वन्दे मातरमको 150औं वर्षगॉंठको अवसरमा आयोजित समारोहमा भिडियो कन्फ्रेन्सको माध्यमद्वारा सहभागी बने। उक्त कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयॉं दिल्लीस्थित इन्दिरा गॉंधी इन्डोर स्टेडियममा आयोजना गरिएको थियो।
प्लेटिनम जुब्ली समारोहको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री तामाङले सबैलाई प्रधानमन्त्री नरेन्द्र मोदीको भिजन अनुरुप काम गर्न आह्वान गरे। उनले सफल समारोह आयोजनका लागि सम्पूर्ण विद्यालय परिवार र आयोजक समितिलाई बधाई दिए। उनले यसै विद्यालयको स्वर्ण जयन्ती समारोहमा आफू पनि आयोजक समितिका एक सदस्य रहेको कुराको स्मरण गरे। यस विद्यालयका संस्थापकहरूको स्मरण गर्दै उनले उनीहरूका योगदानप्रति गहिरो कृतज्ञता प्रकट गरे।
मुख्यमन्त्रीले शिक्षाको क्षेत्रमा परिवर्तनकारी पहलहरूको भएको बताउॅंदै सरकारले शिक्षालाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए। उनले प्रत्येक निर्वाचन क्षेत्रमा चॉंड़ै एउटा-एउटा विश्वविद्यालय निर्माण गर्ने आफ्नो भिजन पनि साझा गरे। उनले स्वदेशी भाषा बोर्ड गठनबारे जानकारी गराउॅंदै यस बोर्डले स्थानीय भाषाहरूको संरक्षण र संवर्धनको लागि काम गर्नेछ भने।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनको क्रममा सरकारले विज्ञान एवं प्रौद्योगिकी विभागको सहयोगमा राज्यमा अलैंची खेतीलाई पुनर्जिवित गर्ने प्रयास गरिरहेको अवगत गराए। आमा योजनामाथि बोल्दै उनले सरकारद्वारा महिलाहरूको पक्षमा सरकारले शुरू गरिएका अन्य योजनाहरूमाथि प्रकाश पारे। यसै क्रममा उनले बहिनी योजना चॉंड़ै महाविद्यालयहरूमा पनि लागू गरिने घोषणा गरे।


स्वास्थ्य क्षेत्रमाथि बोल्दै उनले राज्यका सबै जिल्ला अस्पतालहरू र राज्य अस्पतालहरूलाई उत्कृष्ट चिकित्सा सुविधाहरूले सुसज्जित गरिएको बताए। उनले राज्यवासीहरूलाई यी सुविधाहरूबाट चिकित्साको लाभ उठाउन आह्वान पनि गरे। यस अतिरिक्त, उनले अप्रेल 2026 देखि 14 वर्ष उमेर पुगेका कन्याहरूलाई नि:शुल्क सर्वाइकल क्यान्सरको टिका लगाइने घोषणा गरे। उनले यो टिका राज्यका सबै सरकारी अस्पतालहरूमा उपलब्ध रहने पनि जानकारी गराए। यस अतिरिक्त, उनले 30-65 उमेर पुगेका महिलाहरूलाई स्व-परीक्षण किट प्रदान गर्ने बताए।


कार्यक्रमलाई विधानसभा अध्यक्ष एवं क्षेत्र विधायक एमएन शेर्पाले पनि सम्बोधन गरेका थिए। यस अवसरमा विद्यालयका पूर्व प्रधानाचार्यहरू, सेवानिवृत्त शिक्षकहरू र विद्यार्थीहरूलाई सम्मानित गरियो।
समारोह अन्तर्गत पुरुष खुल्ला फुटबल टुर्नामेन्टको फाइनल पनि सम्पन्न गरियो, जसमा सिङलिङ स्पोर्टिङ क्लबले प्रतिद्वन्दी दल रेड पाण्डा एफसीलाई पराजित गर्दै उपाधि आफ्नो नाम गऱ्यो।

नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग

भाजपा सिक्किमद्वारा हरेक घरमा राष्ट्रिय झण्डा फहराउन अपील

भाजपा सिक्किमले असम, बंगाल र पुडुचेरीमा शानदार विजय हासिल गरेकोमा दियो बधाई

सांसद सुब्बाले अमित शाहलाई भेटे, लिम्बू र तामाङको सीट आरक्षण र जनजातिको मुद्दा उठाए

नाबालिगमाथि यौन दुर्व्यवहारको आरोपमा एक व्यक्ति पक्राउ

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

गान्तोकका विधायक बर्फुङ्गपाले राज्यपालसॅंग भेट गरे

SA Desk SA Desk March 10, 2025
नागरिकको आवाज दबाउने प्रवृत्तिका विरुद्ध हामी सधैंँ दृढतापूर्वक उभिनेछौं: गणेश राई
गृह मामिला सम्बन्धी संसदीय स्थायी समितिको प्रतिनिधिमण्डलद्वारा नथुला भ्रमण
सरकारले यदि नागरिकहरूको सुरक्षा गर्दैन भने नागरिकहरूलाई आफ्नो आत्मरक्षा गर्ने अधिकार रहेको सीएपी अध्यक्षको भनाई
मुख्यमन्त्री तामाङले एसआईसीबीको पाँचौँ शासकीय बोर्ड बैठकको अध्यक्षता गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?