By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा अध्यक्ष थापाले केन्द्रिय मन्त्री गडकरीसॅंग सडक सम्पर्क पुनर्स्थापना र स्तरोन्नतिमाथि गरे छलफल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > भाजपा अध्यक्ष थापाले केन्द्रिय मन्त्री गडकरीसॅंग सडक सम्पर्क पुनर्स्थापना र स्तरोन्नतिमाथि गरे छलफल
BusinessEconomyES MoneyNationalTourismTravel

भाजपा अध्यक्ष थापाले केन्द्रिय मन्त्री गडकरीसॅंग सडक सम्पर्क पुनर्स्थापना र स्तरोन्नतिमाथि गरे छलफल

Aaron Rai
Last updated: September 24, 2025 4:01 pm
Aaron Rai Published September 24, 2025
Share
SHARE


गान्तोक, 24 सेप्टेम्बर। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाले आज नयॉं दिल्लीमा सिक्किमको अर्थतन्त्र र पर्यटनका लागि महत्वपूर्ण पूर्वाधार चुनौतीहरूलाई सम्बोधन गर्न केन्द्रिय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीसॅंग भेट गरे। उनले केन्द्रिय मन्त्री समक्ष सडक सम्पर्क पुनर्स्थापना र स्तरोन्नतिको बारेमा छलफल गरेको प्रदेश भाजपाले प्रेस विज्ञप्तिमा जनाएको छ।
प्रदेश अध्यक्ष थापाले 2023 को हिमनदी ताल फुटेर आएको बाढी (जीएलओएफ) र बारम्बार आउने पैह्रोले सिक्किमको जीवन रेखा राष्ट्रिय राजमार्ग 10 को तत्काल पुनर्स्थापनामा जोड दिए। उनले मनसुनमा आपूर्तिहरू अवरुद्ध भएको, पर्यटक आगमन घटेको र वस्तुहरूको मूल्य बढेको जानकारी गराउॅंदै यसले होटल व्यवसाय र जीविकोपार्जनलाई खतरामा पारेको बताए।
उनले ढलान स्थिरीकरण, पुनर्संरचना, र एनएचआईडीसीएल राज्य समन्वय बढाउने जस्ता जलवायु-लचिलो उपायहरूको लागि अनुरोध गरे। उनले क्षेत्रमा भरपर्दो कनेक्टिभिटीको लागि अवस्थित एनएच 10 को विपरीत छेउमा सिङताम र सेवकबीच वैकल्पिक राजमार्ग पनि प्रस्ताव गरे।
प्रदेश अध्यक्ष थापाले 2023 को जीएलओएफ र मनसुनका कारण आएको पैह्रोले क्षतिग्रस्त बनाएको उत्तर सिक्किमको सम्पर्क पुनर्स्थापनामाथि जोड दिए। उनले पैह्रोले 14 वटा पुलहरू ध्वस्त भएको र एनएच 10 र छेउछाउका सम्पर्क पूर्वाधारहरूलाई क्षति पुर्‍याएको बताए, जसले जङ्गु, चुङथाङ, लाचेन र लाचुङसॅंग सम्पर्क अवरुद्ध बनेको थियो। उनले अस्थायी मर्मत बारम्बार असफल भएको अवगत गराउॅंदै टिकाउ पूर्वाधारको साथ द्रुत पुनर्निर्माणको लागि अनुरोध गरे। उनले गान्तोकमा गम्भीर ट्राफिक जामको समस्या सम्बोधन गर्न शहरमा रिङरोडको प्रस्ताव गरे।
केन्द्रिय मन्त्री गडकरीले जारी र प्रस्तावित परियोजनाहरूको रूपरेखा प्रस्तुत गर्दै यी समस्याहरू समाधान गर्ने आश्वासन दिएको विज्ञप्तिमा उल्लेख छ।

You Might Also Like

नाबालिग केटीमाथि यौन दुर्व्यवहार, आफन्त पक्राउ

VIEW POINT

Chief Minister Reviews Preparations for Sikkim International Film Festival 2026

एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने

Official Ceremony Held in Gangtok to Mark Three Major Milestones

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EnvironmentNortheastreligion

नागा गुम्पामा शान्ति र संरक्षणका लागि जेनसे पुजा सम्पन्न

Aaron Rai Aaron Rai February 8, 2026
मुख्यमन्त्रीद्वारा पाल्देन भोटियाको निधनमा गहिरो दु:ख प्रकट
Sikkim Government and OMG Partner to Introduce Sustainable Farming Education in PM SHRI Schools
एलपीजी आपूर्ति प्रणालीलाई बलियो र भरपर्दो वितरण प्रणाली बनाउन सुधार आवश्यक: भोजराज राई
मुख्यमन्त्रीले गरे नेवार समुदायको लागि सांस्कृतिक एवं धरोहर केन्द्र निर्माण गर्ने घोषणा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?