By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
Art & LiteratureLatest NewsNationalSA Nepali

एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने

Suk Raj Aaron Rai
Last updated: July 10, 2025 5:14 pm
Suk Raj Aaron Rai Published July 10, 2025
Share
SHARE

गान्तोक, 10 जुलाई। अन्तरराष्ट्रिय स्तरको नृत्य प्रतियोगिता ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानी गान्तोकमा हुने भएको छ। राजधानीको मनन केन्द्रमा हुने अडिशनमा समर्पण लामा, नर्बु लामा, सुष्मिता तामाङ लगायत फ्लोरिना गोगोई जस्ता चर्चित सेलिब्रेटीहरूको पनि विशेष उपस्थिति रहनेछ। उक्त जानकारी एसकेएम पार्टीको सांस्कृति शाखाले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दिए।
एसकेएम संस्कृति शाखाका राज्य समन्वयक मनोज लामाले ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को आगामी 28 र 29 जुलाईमा राजधानीको मनन केन्द्रमा अडिशन सम्पन्न हुने जानकारी गराए। उनले यो अडिशन मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्गदर्शनमा ​सिक्किमका प्रतिभावान कलाकारहरूलाई ध्यानमा राखेर आयोजना भइरहेको जानकारी गराए। उनले यो अडिशन गान्तोकमा आयोजना भइरहे तापनि यसमा देश-विदेशका इच्छुक कसैले पनि भाग लिन सक्ने बताए। यद्यपि, सिक्किमका 10 देखि 15 जनालाई चयन गरेर अर्को चरणमा लैजाने निर्धारित रहेको उनले थप जानकारी गराएका छन्।
उनले पहिलो पटक राजधानीमा यति ठूलो प्रतियोगिताको अडिशन सम्पन्न भइरहेको छ भन्दै राज्यका कलाकारहरूलाई यस अवसरमा भरपूर फाइदा उठाउन आह्वन गरे। उनले यहॉं अडिशनमा चयनित कलाकारहरूले आफ्ना रहल प्रस्तुतिहरू काठमाडौंमा दिनुपर्ने अवगत गराए। उनले यस प्रतियोगिताको विशेषता भनेको यसका विजेताहरूको चयन भोटिङद्वारा नभएर पूर्ण रूपमा निर्णायकहरूद्वारा प्रतिभाको आधारमा गरिने बताए।
राज्य समन्वयक लामाले अडिशन समापनपछि दोस्रो दिन समर्पण लामा, नर्बु लामा, सुष्मिता तामाङ र फ्लोरिना गोगोईले आफ्नो विशेष प्रस्तुति दिनेछन् भनी बताए। उनले राज्यवासीहरूलाई यस सुनौलो अवसरको फाइदा उठाउन आह्वान गरे।
यसरी नै एसकेएम संस्कृति शाखाका उपाध्यक्ष प्रभारी टाशी छिरिङ भोटियाले सिक्किमका कलाकारहरूलाई प्रोत्साहित गरेकोमा धन्यवाद दिए। उनले सिक्किमै अडिशन गराउनु पर्छ र यहॉंका कलाकारहरूले मौका पाउनुपर्छ भन्ने सोचका कारण आज यस प्रतियोगिताको अडिशन राजधानीमा भइरहेको बताए। उनले रियालिटी शोहरूमा भोटिङद्वारा विजेताहरूको छनोट हुने हुनाले हामीहरू सबै थाकिसकेको छौं भने। यद्यपि, यस प्रतियोगिताको विजेता पूर्ण रूपमा प्रतिभाको आधारमा चयन गरिने उनले बताए।


यस अतिरिक्त, उनले आगामी अडिशनमा भाग लिने सिक्किमे कलाकारहरूको निम्ति प्रवेश नि:शुल्क गरिएको पनि घोषणा गरे। यस अतिरिक्त, स्थानीय कलाकारहरूलाई प्याकेट लञ्चको व्यवस्था प​नि गरिने उनले बताए। उपाध्यक्ष प्रभारी भोटियाले अभिभावकहरूलाई उक्त दिन आफ्ना नानीहरू लिएर अडिशनका लागि उपस्थित भइदिन आह्वान गरे।
यस अघि एसकेएम संस्कृति शाखाकी सचिव कोमल गुरुङले अडिशन सबैका लागि खुल्ला रहेकाले कडा प्रतिस्पर्धा हुने बताइन्। उनले अडिशनको लागि बाहिर जानु पर्ने छैन भन्दै स्थानीय कलाकारहरूको लागि यो ठूलो अवसर रहेको बताइन्। उनले इच्छुक प्रतियोगिताहरूले एकल, युगल र समूह वर्गमा भाग लिन सक्ने पनि अवगत गराइन्।
यसैगरी, एसकेएम संस्कृति शाखाका उपाध्यक्ष डा. मनोज राईले सिक्किमका केवल 10 देखि 15 जना छनोट गरिने हुनाले प्रतिस्पर्धा कडा हुने बताए। उनले यो प्रतियोगिता अन्य रियालिटी शोहरूभन्दा छुट्टै किसिमको रहेकाले आफूहरू अघि आएको बताए। उनले कलाकारहरूको निम्ति यो एउटा वास्तविक मञ्च रहेको बताउॅंदै यहॉं प्रतिभाको आधारमा विजेताको चयन हुने बताए।

59th Nathula Vijay Diwas Commemorated with Honour and Patriotic Fervour at Nathula Pass

सांसद सुब्बाले रेलवे राज्यमन्त्रीसॅंग भेट गरेर सिक्किममा रेलवे कनेक्टिभिटीको बारेमा छलफल गरे

अखिल सिक्किम खस छेत्री बहुन कल्याण सङ्घको ३१औँ स्थापना दिवस सम्पन्न किपु छिरिङ लेप्चालाई “सिक्किम गौरव सम्मान २०२६”

Sikkim Soldierathon 2.0 held as part of 50 Years of Statehood Celebrations

माझीटारमा आयुष्मान भारत र ई-श्रम कार्ड अभियान सफलतापूर्वक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InvestmentSikkimSports

Closing Ceremony of Winter Coaching Camp 2026 Held at Soreng

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 2, 2026
Safeguarding Heritage: Inception Workshop on Ru-Saom Held at Hee Gyathang
मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
Historic Motorcycle Ride to Doko La Marks New Milestone for Sikkim Tourism
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?