गान्तोक, 24 अगस्त। भारतीय जनता पार्टी (भाजपा) सिक्किम एकाइकी महिला मोर्चाकी अध्यक्ष तथा पार्षद् सृजना छेत्रीले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा नवनियुक्त भारतीय जनता पार्टी (भाजपा) राष्ट्रिय महिला मोर्चाकी अध्यक्ष रूपाकुमारी चौधरीको कार्यभार ग्रहण समारोहमा भाग लिएकी छन्।यस अवसरमा छेत्रीले चौधरीलाई उनको नयाँ जिम्मेवारीका लागि हार्दिक बधाई र शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा भाजपा महिला मोर्चाले आफ्नो सङ्गठनलाई सुदृढ़ पार्ने र देशभरिका महिलाहरूलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिन्।आफ्नो भ्रमणको क्रममा छेत्रीले भाजपा राष्ट्रिय महिला मोर्चाकी पूर्व अध्यक्ष वनथी श्रीनिवासनसँग पनि भेट गरिन् र उनको मार्गदर्शन र नेतृत्वका लागि कृतज्ञता व्यक्त गरिन्। छेत्रीले राष्ट्रिय महिला मोर्चा अध्यक्षको रूपमा आफ्नो कार्यकालमा श्रीनिवासनबाट प्राप्त बहुमूल्य अन्तर्दृष्टि, अनुभव र प्रेरणालाई स्वीकार गरिन्। उनले महिला मोर्चा सङ्गठनलाई सुदृढ़ पार्ने र विभिन्न स्तरमा महिलाहरूलाई सशक्त बनाउने उनको योगदानको कदर गरिन्। छेत्रीले दुवै नेतालाई शुभकामना व्यक्त गर्दै सिक्किममा महिला मोर्चा सङ्गठनलाई सुदृढ़ पार्ने र सार्वजनिक जीवनमा महिलाहरूको बढ़ी सहभागिता र सशक्तिकरणको लागि काम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याइन्।


