गान्तोक, 19 अक्टोबर। दुष्यन्त कुमार गौतमले सोमबार राजधानीस्थित लोक भवनमा आयोजित एक समारोहबीच सिक्किमका २१औँ राज्यपालका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति ए. मोहम्मद मुस्ताकले उनलाई पद तथा गोपनीयताको शपथ गराए। शपथ ग्रहण समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, राज्यका मन्त्रीहरू, विधायकहरू तथा अन्य विशिष्ट एवं प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।सिक्किमका मुख्य सचिव आर. तेलाङले भारतका राष्ट्रपतिद्वारा जारी गरिएको नियुक्तिपत्र प्रस्तुत गर्दै उपस्थित जनसमूहसमक्ष त्यसको वाचन गरेका थिए। शपथ ग्रहणपछि नवनियुक्त राज्यपाल गौतमले आफ्नो पदभार ग्रहणसम्बन्धी शपथपत्रमा हस्ताक्षर गरेका थिए।समारोहमा उपस्थित मुख्यमन्त्रीसहित सबै विशिष्ट व्यक्तिहरूले नवनियुक्त राज्यपाल गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनको सफल कार्यकालको कामना गर्दै राज्यको प्रगति र समृद्धिका लागि शुभेच्छा प्रकट गरे।नवनियुक्त राज्यपाल गौतम आइतबार मात्रै सिक्किम आइपुगेका हुन्। उनको शपथ ग्रहणसँगै राज्यमा नयाँ राज्यपालको कार्यकाल शुरु भएको छ।यसैबीच, सिक्किमका पूर्व राज्यपाल ओमप्रकाश माथुरलाई आइतबार नै बिदाइ गरिएको थियो। उनलाई केरलको राज्यपालका रूपमा नियुक्त गरिएको छ। सिक्किममा आफ्नो कार्यकाल पूरा गरेपछि माथुरले नयाँ जिम्मेवारी सम्हाल्न केरल प्रस्थान गर्नेछन्।


