By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा सिक्किमले केन्द्रिय जल शक्ति मन्त्रीलाई गान्तोकमा जल संकटको अवस्थाबारे जानकारी गरायो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > भाजपा सिक्किमले केन्द्रिय जल शक्ति मन्त्रीलाई गान्तोकमा जल संकटको अवस्थाबारे जानकारी गरायो
EnvironmentNationalNortheastpolitical

भाजपा सिक्किमले केन्द्रिय जल शक्ति मन्त्रीलाई गान्तोकमा जल संकटको अवस्थाबारे जानकारी गरायो

Suk Raj Aaron Rai
Last updated: December 27, 2025 11:33 am
Suk Raj Aaron Rai Published December 26, 2025
Share
SHARE


गान्तोक, 26 दिसम्बर । भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाको नेतृत्वमा आज एक प्रतिनिधिमण्डलले दिल्लीमा केन्द्रिय जल शक्ति मन्त्री डा. राज भूषण चौधरीसँग भेट गरेर सिक्किममा देखिएको गम्भीर जल संकटबारे छलफल गर्‍यो। प्रदेश भाजपा टोलीमा अध्यक्ष थापा लगायत महासचिव अर्जुन राई, कोषाध्यक्ष कैलाश अग्रवाल तथा गान्तोक जिल्ला अध्यक्ष पेम्पो दोर्जे लेप्चा सामेल थिए।
यस भेटका क्रममा प्रतिनिधिमण्डलले केन्द्रिय मन्त्रीलाई राजधानी गान्तोक तथा वरपरका क्षेत्रहरूमा पिउने पानीको गम्भीर अभाव रहेको जानकारी गरायो। बढ्दो जनसंख्या र पुराना तथा जर्जर पाइपलाइन र भण्डारण संरचनाका कारण समस्या झन् गहिरिएको उनीहरूले अवगत गराए। धेरै नदीहरूको भूमि भए तापनि पानी छिट्टै बगेर जाने वा पूर्वाधार कमजोर भएकाले जनतासम्म पानी नपुगिरहेको अवस्थाबारे अवगत गराए।
यस अभावले स्थानीय परिवारहरू मात्र होइन, पर्यटन उद्योगलाई समेत ठूलो क्षति पुर्‍याइरहेको छ भन्दै भाजपा प्रतिनिधिमण्डलले होटलहरू सञ्चालन गर्न कठिन भइरहेको र व्यस्त सिजनमा पर्यटकहरू समयअगावै फर्किन बाध्य बनिरहेको पनि बताए।
यस अतिरिक्त, केन्द्र सरकारको ‘जल जीवन मिशन’ कार्यक्रमबारे चर्चा गर्दै भाजपा नेताहरूले सिक्किममा यस परियोजनाका लागि केन्द्र सरकारले ₹१,३०० करोडभन्दा बढी रकम जारी गरिसकेको भए पनि उपलब्धि अत्यन्त न्यून रहेको औंल्याए। छवटै जिल्लाका गाउँहरूमा गरिएको स्थलगत अवलोकनका क्रममा धेरै ग्रामीण घरधुरीमा अझै पानी जडान नपुगेको पाइएको केन्द्रिय मन्त्रीलाई बताए। प्रतिनिधिमण्डलले उक्त रकम कसरी खर्च भयो र परियोजनाले किन जनतासम्म पानी पुर्‍याउन असफल भयो भन्ने विषयमा पूर्ण छानबिनको माग राखेको छ।
केन्द्रिय मन्त्री डा. चौधरीले यी सबै चिन्ताहरू गम्भीरतापूर्वक सुने र समस्याहरू समाधान गर्न आवश्यक कदम चाल्ने आश्वासन दिएको भाजपा सिक्किमले आज एक प्रेस विज्ञप्तिमा बताएको छ। भाजपा सिक्किमले सरकारलाई उत्तरदायी बनाउने र राज्यका प्रत्येक नागरिकलाई स्वच्छ तथा भरपर्दो पानीको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि गान्तोक आइपुगिन्

रणभूमि दर्शन पहल अन्तर्गत सिक्किमको चो-ला पास र डोक-ला पास पर्यटनका लागि खुल्ला

प्रदेश भाजपा अध्यक्ष डीआर थापाले आरबीआई क्षेत्रीय निदेशकलाई भेट गरे

सिकाका नयाँ पदाधिकारीहरु निर्विरोध निर्वाचित

बीईएलको उच्चस्तरीय प्रतिनिधिमण्डलले राज्यपालसॅंग गरे शिष्टाचार भेट

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
politicalSA Features

सीएपीको पाकिम जिल्ला कार्यकारिणी परिषदको महत्वपूर्ण सभा सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 22, 2025
नाम्ची बजारमा परेवाहरू मर्न थालेपछि विभाग सतर्क, जॉंच जारी
एसडीएफ नेतृ कोमल चामलिङले नवनिर्वाचित सुसा पदाधिकारीहरूलाई बधाई दिइन्
उत्तर सिक्किममा फसेका पर्यटकहरूको दोस्रो समूहलाई छातेनबाट सुरक्षित एयरलिफ्ट गरियो
CAP Sikkim slams Roads Minister for “baseless blame” on Bengal PWD
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?