By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
    June 4, 2025
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भारतीय सेनाद्वारा पूर्व सिक्किमको उच्च हिमाली क्षेत्रमा फसेका पर्यटकहरू उद्धार
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > भारतीय सेनाद्वारा पूर्व सिक्किमको उच्च हिमाली क्षेत्रमा फसेका पर्यटकहरू उद्धार
EnvironmentInsiderNational

भारतीय सेनाद्वारा पूर्व सिक्किमको उच्च हिमाली क्षेत्रमा फसेका पर्यटकहरू उद्धार

Suk Raj Aaron Rai
Last updated: February 23, 2026 3:33 pm
Suk Raj Aaron Rai Published February 23, 2026
Share
SHARE

गान्तोक, 23 फरवरी । सिक्किमका उच्च हिमाली क्षेत्रहरूमा शनिबार र आइतबार हिमपात भयो। अचानक भएको हिमपातका कारण आइतबार पूर्व सिक्किमका उच्च हिमाली क्षेत्रहरूमा घुम्न गएका पर्यटकहरू फस्न पुगे। फसेका पर्यटकहरूलाई भारतीय सेनाद्वारा उद्धार गरिएको छ।भारतीय सेनाका पीआरओले आज जारी प्रेस विज्ञप्तिमा बताए अनुसार, 22 फरवरीका दिन भएको भारी हिमपातका कारण पूर्व सिक्किमका उच्च हिमाली क्षेत्रहरूमा फसेका पर्यटकहरू र स्थानीय मानिसहरूको उद्धार गर्न भारतीय सेनाका जवानहरूले अपरेशन हिमराहत अन्तर्गत उद्धार अभियान चलायो। अचानक परेको बाक्लो हिमपात र शून्यभन्दा तल झरेको तापक्रमका कारण संवेदनशील सड़क खण्डहरूमा धेरै पर्यटकका सवारी साधनहरू फसेका थिए, जसका कारण उनीहरू कठोर मौसमको जोखिममा पर्न पुगे। भारतीय सेनाका जवानहरू तत्काल प्रभावित क्षेत्रमा पुगे र राहत तथा उद्धार कार्य शुरु गरे।यस क्रममा कुल ४६ जना पर्यटकहरूलाई सुरक्षित रूपमा उद्धार गरी नजिकको सेना शिविरमा स्थानान्तरण गरिएको सेनाले बताएको छ। शिविरमा पर्यटकहरूलाई स्वास्थ्य जाँच, न्यानो आश्रय, तातो खाना तथा आवश्यक राहत सामग्री उपलब्ध गराइएको थियो, जसले अत्यधिक चिसो र उच्च भू-भागसँग सम्बन्धित समस्याबाट जोगाउन सहयोग पुर्यायो। यसैगरी, चिकित्सा टोलीले सबै उद्धार गरिएका व्यक्तिहरूको अवस्था स्थिर रहेको सुनिश्चित गरेको थियो। यस अतिरिक्त, पर्यटकहरूको उद्धारसँगै सेनाले १५० भन्दा बढी पर्यटक सवारी साधनहरूलाई सुरक्षित स्थानतर्फ व्यवस्थित रूपमा पुर्याउने कार्य पनि गरेको थियो। यस समन्वित प्रयासले यातायात व्यवस्थापनका साथै उच्च हिमाली क्षेत्रमा थप जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।यस अभियानले दुर्गम तथा चुनौतीपूर्ण भू-भागमा मानवीय सहायता तथा आपदा प्रतिक्रियाप्रति भारतीय सेनाको निरन्तर प्रतिबद्धतालाई झल्काएको विज्ञप्तिमा उल्लेख छ। अपरेशन हिमराहत अन्तर्गत चलाईएको अभियानले प्रभावित क्षेत्रमा सुरक्षा सुनिश्चित गर्दै आवागमन पुनः सुचारु गर्न र खराब मौसमका कारण अवस्था जटिल हुनबाट जोगाउन सफल भएको बताइएको छ।

नाम्चीका एसडीएम वाङगेल शेर्पाले टिमी ब्लकमा आँधी प्रभावित क्षेत्रहरूको निरीक्षण गरे

Reviving Barren Lands through Organic Farming: BAC Dzongu Cultivates Dalle Khursani

मुख्यमन्त्रीले नवनिर्मित मङ्गन जिल्ला अस्पताल उद्घाटन गरेर जिल्लावासीहरूलाई समर्पित गरे

एससीईआरटीले लाइब्रेरियनहरूका लागि पाँच दिने अभिमुखीकरण कार्यक्रम आयोजित

मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BusinessEconomyLifestyle

मुख्यमन्त्रीले ‘सोताङ रेस्टुरेन्ट’ लाई दिए समर्थनको आश्वासन

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 13, 2025
उत्तर सिक्किममा पर्यटकहरूको वाहन झऱ्यो टिस्टा नदीमा, दुई जना उद्धार, 9 जना बेपत्ता, व्यापक खोज एवं उद्धार कार्य जारी
मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
नीति आयोग प्रतिनिधिमण्डलले एसएमआईटीमा अटल इन्क्युबेशन सेन्टरको भ्रमण गऱ्यो
सरकारी विद्यालय प्रमुखहरूका लागि इन्डक्सन कार्यक्रम सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?