By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किमेली छुटेका 12 जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउन मुख्यमन्त्री गम्भीर: आरके वालिङ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > सिक्किमेली छुटेका 12 जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउन मुख्यमन्त्री गम्भीर: आरके वालिङ
Sikkim

सिक्किमेली छुटेका 12 जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउन मुख्यमन्त्री गम्भीर: आरके वालिङ

SA Desk
Last updated: February 13, 2025 8:57 am
SA Desk Published February 12, 2025
Share
SHARE

गान्तोक, 12 फरवरी। राज्यका छुटेका 12 जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउन मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सम्पूर्ण छुटेका जात-गोष्ठीका प्रतिनिधिहरूको उपस्थितिमा दोस्रोपटक गत 10 फरवरी, 2025 मा नयाँ दिल्लीमा सिक्किम राज्य उच्च स्तरीय समितिको महत्त्वपूर्ण बैठक भयो। राज्यका छुटेका 12 जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउन राज्य सरकारद्वारा अधिसूचना जारी गरेर गठित सिक्किम राज्य उच्च स्तरीय समितिमा प्रोफेसर बीभी शर्मा अध्यक्ष, प्रोफेसर महेन्द्र पी. लामा उपाध्यक्ष, 6 जना विशेषज्ञ सदस्यहरू अनि छुटेका जात-गोष्ठीका शोधवक्ताहरू सामेल रहेका छन्।
मुख्यमन्त्री तामाङको अध्यक्षतामा नयाँ दिल्लीमा आयोजित यो बैठकमा छुटका 12 जातगोष्ठीलाई जनजातिको मान्यता दिलाउन हालसम्म भइरहेको कार्य प्रगतिबारे गम्भीरतापूर्वक छलफल गरिएको अखिल किराँत राई संघ, सिक्किमका मूल सचिव आरके वालिङले विज्ञप्तिमा बताएका छन्।
राज्यका किराँत खम्बु राई, किराँत याखा देवान, गुरुङ, नेवार, थामी, सुनुवार, भुजेल, मंगर, खस (छेत्री अनि बाहुन), सन्यासी, जोगी अनि माझी गरेर मोठ 12 जात-गोष्ठीका शोधवक्ताहरूको साथमा गठित सिक्किम राज्य उच्च स्तरीय समितिका एक-एक सदस्यले एउटा-एउटा जात-गोष्ठीको इथनोग्राफी रिपोर्ट सम्बन्धित जात-गोष्ठीको कार्य समितिका पदाधिकारीहरूसँग परामर्श गरेर तयार पार्ने कार्य तीव्र गतिमा भइरहेको उनले बताएका छन्। सो रिपोर्ट तयार भएपछि भारत सरकारको सम्बन्धित निकाय/मन्त्रालयसमक्ष बुझाएर यी जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउनुपर्ने दिशामा आवश्यक पहल गरिने उनले बताएका छन्।
यस्तो महत् कार्यलाई लक्ष्यसम्म पुऱ्याउन निरन्तर दिशानिर्देशन, मार्गदर्शन गरिरहेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति सम्पूर्ण 12 जात-गोष्ठीले आभार व्यक्त गरेको छ। उनले दिल्लीमा आयोजित बैठक सिक्किमेली छुटेका 12 जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउन मुख्यमन्त्री अति नै गम्भीर रहेको उदाहरण रहेको बताएका छन्। उनले मुख्यमन्त्रीको अतुलनीय सहयोग, अमूल्य पहलले निश्चय सिक्किमेली 12 जात-गोष्ठीले जनजातिको मान्यता पाउनेछ भन्ने कुरामा आफुहरू विश्वस्त रहेको बताएका छन्।

प्रत्येक परिवारमा उद्यमशीलताको माध्यमद्वारा अर्थतन्त्रमा अर्थपूर्ण रूपमा योगदान गर्ने क्षमता छ: मुख्यमन्त्री

BJP to focus on membership drive in Sikkim

Cooperation Department Launches International Year of Cooperatives-2025

संसदीय स्थायी समितिका सदस्यहरूले नथुला, बाबा मन्दिर र छाङ्गु लेक भ्रमण गरे

मन्त्री भोजराज राई आवास तथा शहरी मामिला मन्त्रालयको राष्ट्रिय समीक्षा बैठकमा सहभागी बने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsNationalTourism

सांसद सुब्बाले केन्द्रिय मन्त्री किन्जारापु राम मोहन नायडूसॅंग भेट गरे, पाकिम हवाई अड्डाको मुद्दा उठाए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 24, 2026
Sikkim awarded the Best State EIACP Centre in North-East
लाचेन–मङ्गनमा ४८७ परिवार एसकेएममा सामेल
नाथाङ-माचोङका 15 जना प्रगतिशील दुग्ध किसानहरू उन्नत तालिमका लागि गुवाहाटी प्रस्थान
राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?