मङ्गन, 08 अप्रेल । लाचेन मङ्गन निर्वाचन क्षेत्रका विधायक तथा मन्त्री साम्डुप लेप्चाले लाचेन-चुङथाङ मार्गमा सम्पर्क विच्छेद भएको कारणले उत्पन्न परिस्थिति र लाचेनमा रहेका पर्यटकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयासहरूको निरन्तर निगरानी गरिरहेका छन्। यस क्रममा मन्त्री लेप्चाले आज तारम छु भ्रमण गरे र पैह्रोबाट भएको क्षतिको निरीक्षण गरे।
यस भ्रमण अवधि मन्त्रीको साथमा लाचेनका पिपन छो बन्धु लाचेनपा, पर्यटन विभागका अध्यक्ष सोनाम नोर्गे लाचुङ्गपा, जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक एलबी छेत्री तथा अन्यहरू पनि उपस्थित थिए। उनले आवागमनलाई सहज बनाउन लाचेनका स्वयंसेवकहरू र पर्यटन तथा नागरिक उड्डयन विभागको साहसिक प्रकोष्ठका अधिकारीहरूले बनाएको अस्थायी पैदल पुलको अवलोकन गरे। उनले लाचेनका जनताको बहादुरी र स्वयंसेवा भावनाको प्रशंसा गरे।
मन्त्री लेप्चाले बीआरओका अधिकारीहरूसँग पनि अन्तरक्रिया गरे र भविष्यको कार्यनीतिबारे छलफल गरे। उनले आज बिहानदेखि डोङ्क्या लामा पर्यटकहरूको सुरक्षित निकासी सुनिश्चित गर्न समन्वयात्मक प्रयासको लागि भारतीय सेना, बीआरओ, जिल्ला प्रशासन, पर्यटन सरोकारवालाहरू र लाचेनका जनतालाई धन्यवाद दिए।
Leave a comment


