By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राजधानीमा गान्तोक गट ट्यालेन्ट सम्पन्न, राज्यपाल र मुख्यमन्त्री सहभागी
    April 15, 2025
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    Latest News
    नेपाली साहित्य परिषद्ले १५ नोभेम्बरमा महाकवि देवकोटाको ११७औँ जयन्ती मनाउने
    November 2, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु
    October 28, 2026
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: स्वास्थ्य मन्त्री ढुङ्गेलले एसटीएनएम अस्पतालमा वाटर एटीएम उद्घाटन गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > स्वास्थ्य मन्त्री ढुङ्गेलले एसटीएनएम अस्पतालमा वाटर एटीएम उद्घाटन गरे
HealthInsiderInvestment

स्वास्थ्य मन्त्री ढुङ्गेलले एसटीएनएम अस्पतालमा वाटर एटीएम उद्घाटन गरे

Suk Raj Aaron Rai
Last updated: January 5, 2026 5:09 pm
Suk Raj Aaron Rai Published January 5, 2026
Share
SHARE

गान्तोक, 05 जनवरी । सिक्किम सरकारको स्वास्थ्य एवं परिवार कल्याण विभाग मन्त्री जीटी ढुङ्गेलले आज राजधानीको सोच्यागाङस्थित एसटीएनएम अस्पतालमा वाटर एटीएमको उद्घाटन गरे। यस वाटर एटीएमले तातो र चिसो दुवै शुद्ध पिउने पानी वितरण गर्दछ। यस अवसरमा गान्तोक जिल्लाका जिल्लापाल तुषार जी. निखारे, एसटीएनएम अस्पतालकी चिकित्सा अधीक्षक डा. रुथ योञ्जन लगायत अन्यहरू पनि उपस्थित थिए।
यो सुविधा गान्तोक जिल्ला प्रशासनले टोरेन्ट फार्मा कम्पनीको सहयोगमा एसटीएनएम अस्पताल परिसरमा उपलब्ध गराएको हो। यसको उद्देश्य राज्यको प्रमुख रेफरल अस्पतालमा बिरामीहरू, परिचारिकाहरू र स्वास्थ्यकर्मीहरूको लागि सुरक्षित र स्वच्छ पिउने पानीमा सहज पहुँच सुनिश्चित गर्नु रहेको बताइएको छ।
स्वास्थ्य मन्त्री ढुङ्गेलले वाटर एटीएम जडान गर्न सहयोगको लागि टोरेन्ट फार्मा कम्पनीलाई धन्यवाद दिए भने गान्तोकका जिल्लापाल र उनको टोलीको प्रयासको सराहना गरे। यसैगरी, उनले एसटीएनएम अस्पतालकी चिकित्सा अध्यक्ष र उनको टीमलाई पनि सहकार्यको लागि धन्यवाद दिए।
मन्त्रीले सुविधाको उचित देखभाल सुनिश्चित गर्न आग्रह गर्दै शुद्ध पिउने पानी कम्ति मूल्यमा प्रदान गरिएको बताए। उनले गुणस्तर र सुरक्षा सुनिश्चित गर्न पानीलाई यूवी-आधारित शुद्धीकरण प्रक्रिया मार्फत फिल्टर गरिएको पनि जानकारी गराए।
उनले देशभरि पानी प्रदूषण बढ्दो चिन्ताको विषय बनेको बेला जनतालाई शुद्ध पिउने पानी उपलब्ध गराउनु यस पहलको प्रमुख उद्देश्य रहेको बताए। उनले दीर्घकालीन पानी उपलब्धता चुनौतीहरूलाई सम्बोधन गर्न एसटीएनएम अस्पतालमा पानी संकलन संरचना निर्माण गरिने थप जानकारी गराए।
यसैगरी, जिल्लापाल निखारेले वाटर एटीएम जडान गर्न सहयोगका लागि टोरेन्ट फार्मा कम्पनी र अस्पतालकी चिकित्सा अधीक्षकलाई धन्यवाद दिए। उनले गान्तोकमा यो दोस्रो वाटर एटीएम रहेको जानकारी गराउॅंदै प्रयोगकर्ताहरूबाट सङ्कलन गरिने रकम सुविधाको मर्मतसम्भारको लागि मात्र रहेको स्पष्ट पारे।
एसटीएनएम अस्पतालमा वाटर एटीएमको स्थापनाले सुरक्षित पिउने पानीको भरपर्दो आपूर्ति सुनिश्चित गर्ने, एकल-प्रयोग प्लास्टिक बोतलहरूमा निर्भरता कम गर्ने र अस्पताल परिसरभित्र पर्यावरणीय रूपमा दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

एसएफए ए डिभिजन एस-लिगमा गान्तोक हिमालयन र सिक्किम आक्रमण एफसी विजयी

Chief Minister Reviews Preparations for Sikkim International Film Festival 2026

सावलीगाउॅं सरकारी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको समापन

मुख्यमन्त्रीको हेलेन लेप्चा सरकारी मेडिकल कलेजका नवनियुक्त संकाय सदस्यहरूसँग भेट

Sikkim’s Khem Kumar Chettri Bags “Best Fish Farmer Award” at National Event in Tripura

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyEducationFashionInsider

संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 8, 2026
धावक अमर सुब्बाले ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ को लागि दिए धन्यवाद
‘नथुला विजय दिवस’ मा नथुलामा भव्य एवं ऐतिहासिक कार्यक्रम आयोजन गरियो
एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?