गान्तोक, 07 अप्रेल । सिङताम पुलिस थाना क्षेत्रमा एक महिलाले आफ्नै पतिको हत्या गरेको घटना प्रकाशमा आएको छ। महिलाले एक अन्य व्यक्तिसॅंग मिलेर हत्या गरेको कुरा स्वीकार गरेकी छन्।
पुलिस रिपोर्टका अनुसार, सोमवार अप्पर दोछुममा निमा शेर्पाको शव उनकै घरमा शंकास्पद स्थितिमा भेटिएको थियो। उनको शरीरमा निकै चोटपटक लागेको थियो, जसकारण उनको हत्या भएको हुन सक्ने आशंका उत्पन्न भयो। सोधपुछका क्रममा मृतकको उनकी पत्नीसॅंग झगड़ा भएको कुरा खुल्यो। यसपछि, सम्बन्धित वार्डका पञ्चायतले घटनाको लिखित सूचना पुलिसमा दिए।
पुलिसले गरेको छानबिनको क्रममा महिलाले अन्य एक व्यक्तिसॅंग मिलेर पतिको हत्या गरेको कुरा स्वीकार गरिन्। उनले नाइलनको डोरी घॉंटीमा बेरेर हत्या गरेको पुलिस जॉंचमा बताइन्। यसपछि, पुलिसले जॉंचबुझका लागि दुवै आरोपीलाई आफ्नो नियन्त्रणमा लिएको छ।
हत्याको कारण स्पष्ट भएको छैन। पुलिसले मामिलाको जॉंच गरिरहेको छ। यस घटनाको सन्दर्भमा बीएनएस 2023 को धारा 103(1) अन्तर्गत मामिला दर्ता गरिएको छ।
Leave a comment


