By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले असार १५ को समस्त सिक्किमेली जनसमुदायलाई हार्दिक बधाई एवं शुभकामना दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > मुख्यमन्त्रीले असार १५ को समस्त सिक्किमेली जनसमुदायलाई हार्दिक बधाई एवं शुभकामना दिए
CultureLatest NewsNortheastSA FeaturesSikkim

मुख्यमन्त्रीले असार १५ को समस्त सिक्किमेली जनसमुदायलाई हार्दिक बधाई एवं शुभकामना दिए

Suk Raj Aaron Rai
Last updated: June 29, 2025 2:23 pm
Suk Raj Aaron Rai Published June 29, 2025
Share
SHARE

गान्तोक, 29 जून। मुख्यमन्त्री प्रेमसिंह तामाङले असार १५ को पावन अवसरमा समस्त सिक्किमेली आमा-बाबा, दाजुभाई तथा दिदीबहिनीहरूलाई, साथै यस चाडसँग सम्बन्धित विश्वका विभिन्न स्थानहरूमा बसोबास गर्ने जनसमुदायप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जारी आफ्नो सन्देशमा हाम्रो परम्परागत कृषि संस्कृतिमा असार १५ ले एक विशिष्ट सांस्कृतिक, सामाजिक र आर्थिक महत्व बोकेको छ भनी बताएका छन्। मुख्यमन्त्रीले भने, धान खेतीको मुख्य मौसम प्रारम्भ हुने यस दिनलाई हामीले परम्परागत रूपमा उल्लासपूर्वक, गीत-सङ्गीत, आपसी सहयोग र माटोसँगको आत्मीय सम्बन्धमार्फत मनाउँदै आएका छौँ। रोपाइँको परम्परा केवल कृषि कर्म मात्र नभई सामूहिकता, परिश्रम र संस्कृति प्रतिको श्रद्धा प्रकट गर्ने अवसर पनि हो।
मुख्यमन्त्रीले सिक्किमको नेपाली समुदायसहित अन्य समुदायहरूले पनि यस चाडमार्फत आपसी सद्भाव, सहकार्य र सहिष्णुता प्रवर्द्धन गर्दै आएकाले असार १५ राज्यको साझा सांस्कृतिक सम्पदाको प्रतीक बन्न पुगेको उल्लेख गरेका छन्। उनले यस दिन दही-चिउरा खाने चलन हाम्रो जीवनशैलीसँग गाँसिएको परम्परा हो, जसले हाम्रा पुर्खाहरूको श्रमशीलता, समयको सदुपयोग र कृषि कर्मप्रतिको प्रतिबद्धतालाई झल्काउँछ भनेका छन्।
मुख्यमन्त्रीले आजको दिन हामी सबैका लागि हाम्रो कृषि सभ्यता, कृषकहरूको अथक परिश्रम, र धानजस्ता मुख्य खाद्य बालीप्रति सम्मान व्यक्त गर्ने सन्देश बोकेको अवसर पनि रहेको बताएका छन्। उनले वर्तमान समयमा कृषि प्रणालीलाई वैज्ञानिक, वातावरणमैत्री र आत्मनिर्भर बनाउँदै उत्पादनशीलता बढाउने दिशामा हामी सबैले साझा प्रतिबद्धता जनाउन आवश्यक रहेको आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले यस अवसरमा समस्त कृषक समुदायप्रति हार्दिक सम्मान प्रकट गर्दै, उत्कृष्ट धान उत्पादनसहित विविध कृषि उपजमा अभूतपूर्व सफलताको शुभकामना व्यक्त गरेका छन्।

सिकाका नयाँ पदाधिकारीहरु निर्विरोध निर्वाचित

एसडीएफद्वारा सीएपी कार्यकर्ताहरूमाथि हमलाको निन्दा, अपराधीहरूलाई कडा सजाय दिनुपर्ने माग

CAP working towards “real change” in Sikkim: Ganesh Rai

मुख्यमन्त्रीले बलिवुडका एक चर्चित फिल्म निर्माता अनुराग बसुसॅंग भेट भएकोमा खुशी व्यक्त गरेका छन्।

रिनाक निर्वाचन क्षेत्रका 1040 लाभार्थीहरूलाई चेक हस्तान्तरण

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureNationalSA Nepali

सीएपीले सर्जक हेमराज अधिकारीलाई पुरस्कार प्राप्त भएकोमा बधाई दियो

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 24, 2025
सिक्किमका पूर्व राज्यपाल अस्वस्थ, मुख्यमन्त्रीले गरे भेट
Leopard captured in Soreng after livestock losses
Dr. Shova Kanti Thegim (Lepcha) Memorial Award for Prabin Khaling
सांसद सुब्बाले निर्वाचन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन जोड दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?