By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यमा समग्र पर्यटक प्रवाह प्रभावित भएको छैन: सीएस राव
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > राज्यमा समग्र पर्यटक प्रवाह प्रभावित भएको छैन: सीएस राव
NationalNeighbourhood WatchNortheastSA Nepali

राज्यमा समग्र पर्यटक प्रवाह प्रभावित भएको छैन: सीएस राव

Aaron Rai
Last updated: June 5, 2025 6:12 pm
Aaron Rai Published June 5, 2025
Share
SHARE

गान्तोक, 05 जून। राज्य पर्यटन तथा नागरिक उड्डयन विभागका अतिरिक्त मुख्य सचिव सीएस रावले मंगन जिल्लामा हालै भएको आपदाको बारेमा जानकारी गराउँदै चुङथाङ पूर्ण रूपमा काटिएको बताए। उनले कनेक्टिविटी अवरुद्ध बनेपछि फसेका मानिसहरूको उद्धार कार्य जारी रहेको र सहज रूपमा अगाडि बढिरहेको बताए। उनले सरकार, ट्राभल एजेन्टहरू र स्थानीय बासिन्दाहरू मिलेर उद्धार कार्य गरिरहेको बताए।
अतिरिक्त मुख्य सचिव राव आज आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै थिए। उनले राज्यमा समग्र पर्यटक प्रवाह प्रभावित नभएको र विभागले वर्षको लागि 25 लाख पर्यटक आगमनको लक्ष्य कायम राखेको जानकारी गराए। उनले पर्यटकहरू स्वेच्छाले आफ्नो योजना अन्य जिल्लाहरूमा मोडिरहेका छन् भन्दै ट्राभल एजेन्टहरू र सरोकारवालाहरूलाई वैकल्पिक गन्तव्यहरूतर्फ मार्गदर्शन गर्न आग्रह गरे।
अतिरिक्त मुख्य सचिव रावले सिक्किममा 200 पर्यटकीय स्थलहरू रहेको बताए, जसमा विभिन्न जिल्लाहरूमा फैलिएका 93 प्रमुख स्थलहरू समावेश छन्। उनले ग्रामीण पर्यटनको योगदानलाई प्रकाश पार्दै होमस्टेहरू राम्रोसँग सञ्चालन भइरहेको बताए। उनले नाथुला पहुँचयोग्य रहेको र पासहरू जारी भइरहेको बताए।
विभागका पीसीई एवं सचिव नीरज प्रधानले राज्यको केवल मंगन जिल्ला मात्र काटिएको र राज्यको बाँकी भाग पर्यटकहरूका लागि खुला रहेको बताए। उनले ट्राभल एजेन्टहरूलाई पर्यटकहरूलाई अन्य जिल्लाहरूमा पुनः निर्देशित गर्न प्रोत्साहित गरे।
विभागकी सचिव होन्डाला ग्याल्छेनले पर्यटकहरूले आफ्नो यात्रा योजनाहरू परिवर्तन गर्दै अन्य गन्तव्यहरू छनौट गरिरहेको बताइन्। उनले सिक्किमभरि पदयात्रा मार्गहरू र अन्य पर्यटकीय स्थलहरूमा आगन्तुकहरू आउने क्रम जारी रहेको बताइन्।

You Might Also Like

पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल

सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर

लोवर नामलुङमा एक व्यक्तिको हत्या, हत्याको आरोपमा आफन्त पक्राउ

नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप

भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationNortheastSikkim

PETA India holds sensitisation workshop on Animal Protection Laws in Sikkim

Aaron Rai Aaron Rai July 12, 2025
व्यक्तिको बलियो इच्छाशक्ति नै कुनै पनि प्रकारको लतलाई जित्नको लागि सबैभन्दा प्रभावकारी हतियार हो: मन्त्री राई
पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
24औं मिस्टर सिक्किम बडीबिल्डङ च्याम्पियनशिपका विजेताहरूको लागि पुरस्कार घोषणा
Sikkim to celebrate Aama Samman Diwas on August 10
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?