गान्तोक, 11 फरवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज लोक सभा अध्यक्ष ओम बिरलासॅंग संसद भवनस्थित उनको कार्यालयमा शिष्टाचार भेट गरे। उनले लोक सभा अध्यक्षसॅंग सौहार्दपूर्ण र अर्थपूर्ण अन्तरक्रिया भएको सोशियल साइट फेसबुकमा जानकारी गराएका छन्।
बैठकले लोकतान्त्रिक मूल्यमान्यतालाई कायम राख्न र संसदीय परम्पराको प्रवर्द्धनमा लोक सभा अध्यक्षको अनुकरणीय नेतृत्वको प्रशंसा गर्ने बहुमूल्य अवसर प्रदान गरेको मुख्यमन्त्रीले बताएका छन्। उनले यो साँच्चै एक अविस्मरणीय र प्रेरणादायी क्षण थियो भनी उल्लेख गरेका छन्।

Leave a comment