बलिवुडका एक चर्चित फिल्म निर्माता अनुराग बसुले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग राजधानीको मिन्तोकगाङस्थित उनको आधिकारिक आवासमा शिष्टाचार भेट गरेका छन्। फिल्म निर्माता बसुले सिक्किममा बलिवुडका चर्चित अभिनेता कार्तिक आर्यन र श्रीलीलालाई लिएर फिल्म शुटिङ पनि गर्ने भएका छन्।
मुख्यमन्त्री तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्टमार्फत उक्त जानकारी गराएका छन्। उनले बलिवुडका एक चर्चित फिल्म निर्माता अनुराग बसुसॅंग भेट भएकोमा खुशी व्यक्त गरेका छन्।
यस पहलले सिक्किमलाई एक लोकप्रिय चलचित्र गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने दिशामा एक महत्वपूर्ण कदमको संकेत गर्दछ भनी मुख्यमन्त्रीले उल्लेख गरेका छन्। उनले फिल्म निर्माता बसु र सम्पूर्ण टीमलाई स्वागत जनाउॅंदै सिक्किममा सफल र अविस्मरणीय शुटिङ अनुभवको कामना गरेका छन्।