By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 2019 अगाडि सिक्किममा उर्जा क्षेत्रमा भएका घोटालाहरूमा सीएपी अध्यक्षको हात हुन सक्छ: जेकब खालिङ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > 2019 अगाडि सिक्किममा उर्जा क्षेत्रमा भएका घोटालाहरूमा सीएपी अध्यक्षको हात हुन सक्छ: जेकब खालिङ
InsiderLatest NewsOpinionPoliticianSikkim

2019 अगाडि सिक्किममा उर्जा क्षेत्रमा भएका घोटालाहरूमा सीएपी अध्यक्षको हात हुन सक्छ: जेकब खालिङ

Suk Raj Aaron Rai
Last updated: July 19, 2025 4:16 pm
Suk Raj Aaron Rai Published July 19, 2025
Share
oplus_0
SHARE


गान्तोक, 19 जुलाई। सिक्किमको भिजिलेन्स विभागले 2019 भन्दा अगाडि उर्जा क्षेत्रमा भएका घोटालाहरूको सम्बन्धमा राज्य बाहिर विभिन्न ठाउॅंहरूमा निरन्तर छापा मार्ने काम गरिरहेको छ भने भिजिलेन्स विभागले छापा मार्न शुरू गरेपछि सिटिजन एक्सन पार्टी (सीएपी) अतालिएको छ। अहिलेसम्म चलेका छानबिनको शुरुवाती पानाहरू हेर्दा उक्त घोटालामा सीएपीका अध्यक्षको हात हुन सक्ने सम्भावना देखिएको छ।
सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त गम्भीर आरोप लगाएका हुन्। सीएपी सिक्किमले राज्यमा एक्सटेन्शनको विरोधमा ‘पद होइन पेन्शन’ अभियान चलाएको छ। यस क्रममा गत केही दिन अघि सीएपी कार्यकर्ताहरू भिजिलेन्स विभाग पुगेका थिए।
यसपछि, भिजिलेन्स अधिकारीले सीएपी कार्यकर्ताहरू विरुद्ध सदर थानामा एफआईआर दर्ता गरे भने पुलिसले सीएपीका एक कार्यकर्तालाई डिटेन गऱ्यो। सोही दिन, अबेर राति सीएपीका अन्य कार्यकर्ताहरू उनीहरूलाई पनि कथित पक्राउ गर भन्दै थाना पुगेका थिए।
यस क्रमबीच अबेर राति थाना परिसरदेखि टाडा सीएपी कार्यकर्ताहरूमाथि अज्ञात व्यक्तिहरूले हमला गरेको पुलिसले आफ्नो बयानमा बताएको छ। यद्यपि, सीएपीले उनीहरूका कार्यकर्ताहरूमाथि थाना परिसरमा हमला भएको दाबी गरेका छन्।
एसकेएम प्रवक्ता खालिङले 2019 अगाडि सिक्किमको उर्जा क्षेत्रमा भएको ठूलो घोटालाको छानबिन गर्न पुलिस अधिकारीहरूको 28 सदस्यीय टोलीले राज्य बाहिर 5/6 वटा ठेगानाहरूमा छापा मारेको जानकारी गराए। उनले सिक्किम बाहिर यति ठूलो स्तरमा छापा मारिएको पहिलो पटक हो भन्दै अझै पनि कतिपय ठाउॅंहरूमा छापा मार्ने कार्य जारी रहेको छ भने।
उनले जुन दिनदेखि यसरी छापामारी शुरू भयो सिक्किममा सीएपी अतालिएको छ भनी दाबी गरे। उनले 2019 अगाडि उर्जा क्षेत्रमा भएका घोटालाहरूमा सीएपी अध्यक्षको हात हुन सक्ने संकेत छानबिनको क्रममा अघि आइरहेको खुलासा गरे। उनले कतै ती घोटालाहरूमा सीएपीका टौकेहरू त संलग्न छैनन् र त्यसै कारण उनीहरूले भिजिलेन्स विभागलाई टार्गेट बनाएको त होइन भन्दै आशंका व्यक्त गरे।
अर्कोतिर, प्रवक्ता खालिङले सीएपी नेतृत्वहरूले एक्सटेन्शन र रि-इम्प्लोइमेन्टको भिन्नतालाई बुझ्न नसकेको दाबी गरे। एसकेएमले पहिलेदेखि नै एक्सटेन्शनको विरोध गर्दै आएको र आज पनि यसको विरोधमा रहेको उनले बताए। यद्यपि, रि-इम्प्लोइमेन्टका प्रावधानहरू एक्सटेन्शनभन्दा फरक रहेको दाबी गर्दै उनले एक्सटेन्शनका कारण कुनै पनि अधिकारीको पदोन्नति प्रभावित भएको छैन भने।
पहिले एसडीएफको सरकारमा एक्सटेन्शनका कारण धेरै उच्च पदस्थ अधिकारीहरू आफ्नो अधिकारबाट वन्चित बन्नु परेको उनले आरोप लगाए। वर्तमान सरकारले सेवानिवृत्त अधिकारीहरूको विशेषज्ञताको आधारमा शुसान र जनहितका लागि उनीहरूलाई रि-इम्प्लोइमेन्ट दिइरहेको उनले स्पष्ट पारे।
यस अघि प्रवक्ता बिकास बस्नेतले एसकेएमलाई बारम्बार गुण्डाको ट्याग लगाउने काम भइरहेको छ भन्दै यस्तो आरोप लगाउनेहरूले प्रमाण पनि प्रस्तुत गर्न सक्नु पऱ्यो भने। उनले सीएपी नीति सिद्धान्त नभएको पार्टी हो भन्दै उनीहरूको एउटै काम भनेको जनतामा भ्रम फैलाउनु रहेको आरोप लगाए। उनले सीएपीलाई आफ्नो चुनावी प्रदर्शनमा सुधार गर्न र आगामी नगरपालिका चुनाउमा एउटा सीट जितेर देखाउन चुनौती पनि दिए। उनले एसडीएफ र सीएपी एउटै सिक्काका दुई पाटा हुन् भनी दाबी गरे।
यसैगरी, एसकेएम युवा उपाध्यक्ष शहदेव शर्माले एसकेएम युवा अध्यक्ष लाक्पा मोक्तानमाथि सीएपीले लगाएका आरोपहरू आधारहिन रहेको बताउॅंदै खण्डन गरे। उनले गणेश राई चेयरम्यान छॅंदा र उनकी पत्नी तुलसीदेवी राई मन्त्री छॅंदा राज्यका कति जना युवाहरूको भविष्य बनाउने कार्य गरे, जवाफ दिउन् भनी बताए। उनले एसकेएमलाई गुण्डा भन्छ भने यसको प्रमाण पनि प्रस्तुत गर्नुपर्छ, नत्र कानुनी रूपमा प्रतिक्रिया जनाउने आसय व्यक्त गरे।
पत्रकार सम्मेलनमा प्रवक्ता बिरेन्द्र तामलिङ, प्रवक्ता कविता शपकोटा, प्रवक्ता कृष्ण लेप्चा र प्रवक्ता योगेन तामाङले पनि सीएपीले लगाएका आरोपहरूको खण्डन गरेका थिए।

Run For Unity Marathon at Gangtok on October 31

सोरेङ जिल्ला पुलिसद्वारा नशालु पदार्थ प्रयोगको आरोपमा पॉंच जना पक्राउ

Sikkim CM chairs preparatory meeting for KAMSEL ceremony at Tholung monastery

नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले साहित्यकार चन्द्रप्रकाश शर्मा (प्रकाश भट्टराई) लाई प्रतिष्ठित साहित्य अकादमी पुरस्कार 2025 को निम्ति हार्दिक बधाई दिएको छ।

मन्त्री लिम्बूले रिम्बिकमा प्राथमिक पशु चिकित्सा सेवा केन्द्रको उद्घाटन गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

जातिवादी टिप्पणी गर्दै नाबालिग विद्यार्थीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 14, 2025
लोवर नामलुङमा एक व्यक्तिको हत्या, हत्याको आरोपमा आफन्त पक्राउ
डा. मुक्ता शर्मा सिक्किमकै पहिलो कपाल प्रत्यारोपण सर्जन
भाजपा सिक्किमद्वारा राज्यभरि डा. श्यामाप्रसाद मुखर्जीको १२५ औं जयन्ती पालन
Official Ceremony Held in Gangtok to Mark Three Major Milestones
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?