By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    राज्यपाल गौतमले पाकिम विमानस्थलको निरीक्षण गरे
    November 19, 2026
    SSHRC Organises Awareness Programme on Human Rights and Role of Citizens under Pakyong District
    November 18, 2026
    पाकिमका ९ वर्षीय इशान मंगरलाई मिनर्भा एकेडेमीमा १० वर्षे पूर्ण छात्रवृत्ति
    November 17, 2026
    पूर्व विधायक केबी राईको निधन, एसडीएफद्वारा शोक व्यक्त
    November 17, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफ मुख्यालय टोलीले मङ्गन जिल्लाको भ्रमण गर्यो
    November 16, 2026
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: योनेक्स-सनराइज 49औँ अन्तरराज्य तथा अन्तरक्षेत्रीय जुनियर राष्ट्रिय ब्याडमिन्टन टिम च्याम्पियनसिप 2026’ शुरु
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Entertainment > योनेक्स-सनराइज 49औँ अन्तरराज्य तथा अन्तरक्षेत्रीय जुनियर राष्ट्रिय ब्याडमिन्टन टिम च्याम्पियनसिप 2026’ शुरु
EntertainmentNationalSports

योनेक्स-सनराइज 49औँ अन्तरराज्य तथा अन्तरक्षेत्रीय जुनियर राष्ट्रिय ब्याडमिन्टन टिम च्याम्पियनसिप 2026’ शुरु

Suk Raj Aaron Rai
Last updated: November 14, 2026 4:11 pm
Suk Raj Aaron Rai Published November 14, 2026
Share
SHARE

गान्तोक, 14 नोभेम्बर। गान्तोकस्थित पाल्जर स्टेडियम कम्प्लेक्सको इण्डोर ब्याडमिन्टन हलमा शनिवार ‘योनेक्स-सनराइज 49औँ अन्तरराज्य तथा अन्तरक्षेत्रीय जुनियर राष्ट्रिय ब्याडमिन्टन टिम च्याम्पियनसिप 2026’ को शुरुआत भएको छ। सिक्किमले यति प्रतिष्ठित राष्ट्रियस्तरको च्याम्पियनशिप आयोजना गरेको यो पहिलोपटक हो।शिक्षा, खेलकुद तथा युवा मामिला एवं कानून तथा संसदीय मामिलामन्त्री राजु बस्नेतले मुख्य अतिथिका रूपमा उद्घाटन समारोहमा सहभागिता जनाए। 14 देखि 21 नोभेम्बरसम्म सञ्चालन हुने यस च्याम्पियनशिपलाई सिक्किम सरकारले राज्यस्तरीय कार्यक्रमको मान्यता दिएको छ भने मुख्यमन्त्री पीएस गोले यसका मुख्य संरक्षक हुन्।यस च्याम्पियनशिपमा 28 राज्य र पाँच केन्द्र शासित प्रदेशका 33 टोलीको प्रतिनिधित्व गर्दै लगभग 500 जुनियर ब्याडमिन्टन खेलाड़ी भेला भएका छन्। उनीहरूसँगै विभिन्न राज्यका ब्याडमिन्टन सङ्घ र ‘ब्याडमिन्टन एसोसिएशन अफ् इण्डिया’ (बीएआई)-का प्रशिक्षक, अभिभावक, पदाधिकारी र प्रतिनिधि पनि उपस्थित रहेका छन्। यस कार्यक्रममा 600 भन्दा बढ़ी व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको छ।उद्घाटन समारोहको शुरुआत सहभागी राज्य टोलीको औपचारिक मार्च पास्ट र राष्ट्रगानको प्रस्तुतिबाट भयो। गान्तोक नगर निगमकी मेयर तथा ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बास)-की वरिष्ठ उपाध्यक्ष छिरिङ पाल्देन भोटियाले स्वागत मन्तव्य राखिन्। त्यसपछि, सहभागी खेलाड़ी तथा पदाधिकारीहरूले खेल भावना र निष्पक्ष खेलप्रति प्रतिबद्ध रहँदै शपथ ग्रहण गरे। सिक्किमकी विद्यार्थी प्रतिनिधि हिग्जेन डोल्मा लाचेन्पाले उनीहरूलाई शपथ दिलाइन्।मुख्य अतिथि राजु बस्नेतले ‘योनेक्स-सनराइज 49औँ अन्तरराज्य तथा अन्तरक्षेत्रीय जुनियर राष्ट्रिय ब्याडमिन्टन टिम च्याम्पियनशिप 2026’ को औपचारिक उद्घाटन गरे।सिक्किमको समृद्ध परम्परा र सम्पदा झल्काउने सांस्कृतिक प्रस्तुतिले कार्यक्रमको शोभा बढायो भने बासका वरिष्ठ उपाध्यक्ष महेन्द्र छेत्रीले धन्यवाद ज्ञापन गरे। उद्घाटन समारोहपछि च्याम्पियनशिपका खेलहरू शुरु भए। प्रतियोगिता सुचारू रूपमा सञ्चालन गर्नका लागि खेलस्थलमा पाँचवटा ब्याडमिन्टन कोर्ट तयार पारिएका छन्। ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाको संरक्षणमा ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमद्वारा आयोजित यो च्याम्पियनशिपले 19 वर्ष मुनिका उदीयमान खेलाड़ीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र राष्ट्रिय वरीयतामा सुधार गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गर्दछ। यसका साथै यसले उनीहरूलाई अन्तरराष्ट्रिय प्रतियोगिता तथा विश्व च्याम्पियनशिपमा भारतको प्रतिनिधित्व गर्ने सम्भावनालाई अझ बलियो बनाउन मद्दत पुर्याउँछ।आजबाट टिम च्याम्पियनशिप शुरु भएको छ, जबकि अण्डर 19 का खेलाड़ीहरूको व्यक्तिगत च्याम्पियनशिप 16 नोभेम्बरदेखि शुरु हुनेछ र यसको फाइनल खेल 21 नोभेम्बरमा हुनेछ।यो च्याम्पियनशिप 21 नोभेम्बरमा समापन हुनेछ। समापन समारोहमा चर्चित गायक पवनदीप राजन र पूर्ण राईको साङ्गीतिक प्रस्तुति पनि रहनेछ।राष्ट्रिय च्याम्पियनशिपको आयोजना सिक्किममा ब्याडमिन्टन खेलका लागि एक महत्त्वपूर्ण कोसेढुङ्गा हो। यसले स्थानीय खेलाड़ीलाई उच्चस्तरको राष्ट्रिय प्रतिस्पर्धा प्रत्यक्ष हेर्ने अवसर प्रदान गर्नुका साथै राज्यको खेलकुद पूर्वाधार र साङ्गठनिक क्षमतालाई पनि उजागर गरेको छ।यस कार्यक्रममा सिक्किमका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार तथा ब्याडमिन्टन एसोसिएसन अफ् सिक्किम (बास)-का अध्यक्ष जेकब खालिङ, गान्तोक नगरनिगम (जीएमसी)-की उपमेयर सारा लामा, जीएमसीका पार्षद्गण, ब्याडमिन्टन एसोसिएसन अफ् इन्डियाका उपाध्यक्ष तथा प्राविधिक समितिका अध्यक्ष एस. मुरलीधरन, खेलकुद विकास बोर्डका अध्यक्ष रिञ्जिङ छोपेल, श्रम विकास बोर्डका अध्यक्ष प्रेमराज गुरुङ, सूचना तथा प्रविधि विभागका अध्यक्ष नवराज गुरुङ, प्रशासनिक सुधार समितिका अध्यक्ष एसडी ढकाल, खेलकुद तथा युवा मामिला विभागकी सचिव याङ्चेन डी तामाङसहित अन्यको उपस्थिति रहेको थियो।

Sikkim CM attends High-Level Task Force meeting on Tourism in North Eastern Region

राज्यपाल गौतमले रानीपुलस्थित वृद्धाश्रमको भ्रमण गरे, ज्येष्ठ नागरिकसँग तिहार मनाउँदै लिए आशीर्वाद

सांसद सुब्बाले संसदमा उठाए छुटेका 12 समुदायको जनजातिको मुद्दा

सिक्किम पुलिसलाई पराजित गरेर सिक्किम ड्र्यागन्स सेमिफाइनलमा

राष्ट्रपति मुर्मूले पिङ्क सिटी रनर बसहरू शुभारम्भ गरिन्

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
National

लोकसभा सांसद सुब्बा विकसित भारत शिक्षा अधिष्ठान विधेयक, २०२५ को संयुक्त समितिमा नियुक्त

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 11, 2026
सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
मियोङ खोलामा पानीको स्तर बढेपछि मङ्गन-चुङथाङ सडक अस्थायी रूपमा अवरुद्ध
CS Reviews Preparations for International Tourism Mart 2025
परम पावन क्याब्जे तिङ्गकी गोन्जाङ रिम्पोछे वैश्विक शान्ति प्रार्थनामा सहभागी बने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?