मङ्गन, 23 मई। मङ्गन-चुङथाङ मार्गस्थित मियोङ खोलामा पानीको स्तर बढेकाले सडक अस्थायी रूपमा अवरुद्ध गरिएको छ र दुवै तर्फका सबै सवारी साधनहरूलाई अवस्था सामान्य नभएसम्म आ-आफ्नो स्थानमा रहन सल्लाह दिइएको छ। मङ्गन जिल्लाका जिल्लापाल अनन्त जैन र पुलिस अधीक्षक एलबी छेत्रीले स्थितिको मूल्याङ्कन गर्न आज घटनास्थलको भ्रमण गरेका छन्।
घटनास्थलको निरीक्षणपछि यो मार्ग अहिले यात्राको लागि असुरक्षित रहेको निर्णय गरिएको छ। त्यसैले, चुङथाङ र मङ्गन दुवै तर्फबाट सवारी साधनहरूको आवागमन रोक्न सम्बन्धित चेकपोस्टहरूलाई निर्देशन दिइएको छ। जिल्ला प्रशासनले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ भने पानीको स्तर कम भएपछि निर्णय लिइने बताइएको छ।
Leave a comment


