By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राजधानीमा पूर्वोत्तर राज्यहरूको क्षेत्रीय ऊर्जा सम्मेलन आयोजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > राजधानीमा पूर्वोत्तर राज्यहरूको क्षेत्रीय ऊर्जा सम्मेलन आयोजित
National

राजधानीमा पूर्वोत्तर राज्यहरूको क्षेत्रीय ऊर्जा सम्मेलन आयोजित

Suk Raj Aaron Rai
Last updated: April 26, 2025 2:52 pm
Suk Raj Aaron Rai Published April 26, 2025
Share
SHARE


गान्तोक, 26 अप्रेल। केन्द्रिय ऊर्जा तथा आवास एवं शहरी मामिला मन्त्री मनोहर लालको अध्यक्षतामा आज पूर्वोत्तर राज्यहरूको क्षेत्रीय ऊर्जा सम्मेलन आयोजना गरियो। कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत मिजोरम, त्रिपुरा र मेघालयका उर्जा मन्त्रीहरू, सिक्किमको उर्जा विभागका सल्लाहकार सन्जित खरेल, केन्द्रिय ऊर्जाका अधिकारीहरू र पूर्वोत्तर राज्यहरूका ऊर्जा सचिवहरू उपस्थित थिए।
आफ्नो सम्बोधनमा मुख्यमन्त्री तामाङले बैठकको लागि सिक्किमलाई छनौट गरेकोमा केन्द्रिय मन्त्रीलाई धन्यवाद दिए र मन्त्रीको भ्रमणको लागि आभार व्यक्त गरे। मुख्यमन्त्रीले जलविद्युत, जैविक खेती, औषधि उत्पादन र पर्यटनमा सिक्किमको प्रगतिमाथि प्रकाश पारे। राज्यले पर्यावरण संरक्षणलाई ध्यानमा राखेर विकासको बाटो अपनाएको जानकारी गराए। उनले हिमनदी ताल फुटेर आएको बाढी (जीएलओएफ) ले प्रमुख जलविद्युत परियोजनामा ​​भएको क्षतिको बारेमा पनि जानकारी गराए।
मुख्यमन्त्रीले हरित ऊर्जा विस्तार गर्ने र ऊर्जा लक्ष्यहरू पूरा गर्ने राष्ट्रिय लक्ष्यमा राज्यको समर्थन दोहोर्‍याए। उनले राज्यमा विद्युत पूर्वाधार र क्षमतालाई सुदृढ पार्न सोरेङसम्म पावर ग्रिड विस्तार गर्न र रेली-चु परियोजनाको लागि नयाँ प्रसारण लाइन निर्माण गर्न सहयोगको निम्ति केन्द्रिय मन्त्री समक्ष अनुरोध गरे। उनले सिक्किम गरीब आवास योजना अन्तर्गत सिक्किमले छत सौर्य सहयोग योजना शुरु गरेको पनि जानकारी गराए।
यसैगरी, मुख्यमन्त्रीले मन्त्रालयलाई एसपीआईसीएल/एसयुएलले लिएको ऋणको लागि पहिले प्रदान गरिएको राज्य ग्यारेन्टी जारी गर्न पीएफसी र आरईसीलाई निर्देशन दिन अनुरोध गरे। उनले यस विषयमा ढिलाइले राज्य वित्त विभागको स्वीकृत बजार ऋणलाई असर गरिरहेको बताए, जुन वित्त मन्त्रालयले पहिले नै स्वीकृत गरिसकेको छ।
केन्द्रिय मन्त्री मनोहर लालले बिजुली उत्पादनमा जीवाश्म इन्धनको प्रयोग घटाउने आवश्यकतामाथि बोल्दै भारतले जलविद्युत, सौर्य र हावा जस्ता स्वच्छ ऊर्जा स्रोतहरूमा बिस्तारै संक्रमण गर्नुपर्ने कुरामा जोड दिए। उनले सबै क्षेत्रहरूमा स्थिर बिजुली आपूर्ति सुनिश्चित गर्न यो परिवर्तन सावधानीपूर्वक गर्नुपर्नेछ भनी बताए।
केन्द्रिय मन्त्रीले थर्मल पावर अझै पनि प्रयोग गरिने स्वीकार गर्दै समयसँगै बिस्तारै घट्दै जानुपर्छ भने। उनले सबै राज्यहरूलाई बिजुली उत्पादन गर्ने र उनीहरूको प्रसारण प्रणालीहरू राम्रोसँग सञ्चालन गर्ने जिम्मेवारी लिन आग्रह गरे। उनले प्रत्येक घरमा बिजुलीको पहुँच हुनुपर्छ र उठाइएका मुद्दाहरूलाई केन्द्र र राज्य सरकारहरूबीचको संयुक्त प्रयासहरू मार्फत सम्बोधन गरिने आश्वासन दिए। उनले विकास कार्य सञ्चालन गर्न जनसहभागिताको लागि पनि आह्वान गरे।
केन्द्रिय मन्त्रीले भारतको नेट-जिरो कार्बन उत्सर्जन लक्ष्यको बारेमा जानकारी गराए र नवीकरणीय ऊर्जा प्रयोगमाथि जोड दिए। उनले आर्थिक वृद्धि, पूर्वाधार विकास र जीवनस्तर सुधार गर्न बिजुली आवश्यक रहेको बताए। भरपर्दो बिजुली आपूर्ति बिना, औद्योगिक प्रगति, रोजगारी सिर्जना र नागरिक कल्याण कठिन हुने बताए। उनले दैनिक गतिविधिहरू, स्वास्थ्य सेवा, शिक्षा र उद्योग आधुनिकीकरणको लागि पनि बिजुली महत्त्वपूर्ण रहेको बताए।

राज्यपालले माउण्ट जोङजोङ र माउण्ट डोमेखाङको लागि संयुक्त पर्वतारोहण अभियानलाई देखाए हरियो झण्डा

Indra Hang Subba Attends Standing Committee Meeting; Pushes for FCI Regional Office in Sikkim

सांसद सुब्बाले केन्द्रिय आवास तथा शहरी मामिला राज्यमन्त्री तोखन साहूसँग भेट गरे

गेजिङ ओमचुङ जीपीयूलाई प्रतिष्ठित दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार

राज्यपालले भारतका उपराष्ट्रपति राधाकृष्णनलाई स्वागत गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Insiderreligion

राज्यपालले दिए राज्यवासीहरूलाई सागा दावाको हार्दिक शुभकामना

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 10, 2025
जम्मू-काश्मीरको पहलगाममा भयावह आतङ्की हमला, 28 जनाको हत्या, धेरै पर्यटक घाइते
तिन्तेकमा आयुष्मान भारत कार्ड निर्माण र वितरण शिविर आयोजित
सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
9 औँ जन उन्मुक्ति दिवस तथा दोस्रो आमा सम्मान दिवसको तयारी तीव्र
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?