By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह हर्षोल्लासका साथ पालन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह हर्षोल्लासका साथ पालन
Latest NewsLatest News

राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह हर्षोल्लासका साथ पालन

Aaron Rai
Last updated: May 16, 2025 6:30 pm
Aaron Rai Published May 16, 2025
Share
SHARE

गान्तोक, 16 मई। सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह आज राजधानीमा भव्यरूपमा हर्षोल्लासका साथ मनाइयो। स्वर्ण जयन्ती समारोहको शुरूवात बिहान एमजी मार्गबाट निकालिएको ‘तिरंगा यात्रा’ बाट भएको थियो। मुख्यमन्त्री प्रेमसिंह तामाङले अगुवाई गरेको तिरंगा यात्रा पाल्जोर स्टेडियम पुगेपछि राज्यस्तरीय राज्य स्थापना समारोहमा परिणत बन्यो। यसपछि, तेस्रो चरणको कार्यक्रम मनन केन्द्रमा सम्पन्न भयो भने समारोहको समापन सॉंझ पाल्जोर स्टेडियममा बलीवुडका प्रसिद्ध गायक लकी अलीको साङ्गीतिक प्रस्तुतिको साथमा भयो।


पाल्जोर स्टेडियममा आयोजित राज्यस्तरीय राज्य स्थापना दिवस समारोहमा मुख्य अतिथिको रूपमा उपस्थित राज्यपाल ओम प्रकाश माथुरले 50औं स्थापना दिवसको राज्यवासीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिए। सिक्किमले विकास र सांस्कृतिक एकीकरणको सन्दर्भमा लामो यात्रा तय गरेको उनले बताए। उनले आफ्नो सम्बोधनमा गन्जु लामा, डेनी डेञ्जोङपा र भाइचुङ भोटियाको नाम उल्लेख गर्दै उनीहरूले आफ्नो कडा परिश्रमको बलमा ​सिक्किमको नाम अन्तरराष्ट्रिय स्तरमा पुर्‍याएकोमा बताए।


राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्तरपूर्वी क्षेत्रको विकासमा ध्यान केन्द्रित गरेकोमा धन्यवाद दिॅंदै राज्यको व्यापक विकास भएको बताए। यसैगरी, उनले राज्यका मुख्यमन्त्रीलाई पनि केन्द्रिय योजनाहरू कार्यान्वयन गरेकोमा धन्यवाद दिए, जसले राज्यको विशेष गरी समाजको ग्रामीण क्षेत्रमा विकास ठूलो योगदान पुगेको बताए। राज्यपालले राज्यको विकासमा योगदान पुर्‍याउने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे र निकट भविष्यमा पनि प्रयासहरू जारी रहने आशा व्यक्त गरे।
विशिष्ट अतिथिको रूपमा उपस्थित मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्य दिवसको सबैमा हार्दिक शुभकामना व्यक्त गरे। उनले सिक्किमको इतिहासमाथि प्रकाश पार्दै विगत पाँच दशकमा भारतीय संघमा सिक्किमले ठूलो विकास देखेको बताए। उनले सिक्किममा लोकतन्त्र स्थापना गर्न बहुमूल्य प्रयासको लागि सिक्किमका प्रथम मुख्यमन्त्री एलडी काजीप्रति श्रद्धाञ्जलि अर्पण गरे।
शिक्षाको बारेमा बोल्दै मुख्यमन्त्रीले समाजका सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई माथि उठाउने राज्य सरकारले शुरू गरेका विभिन्न योजनाहरूमाथि प्रकाश पारे। उनले राज्यमा शिक्षाको सुधारका लागि आफ्नो प्रशासनले लिएका पहलहरू जस्तै तिमी तार्कुमा कञ्चनजङ्घा राज्य विश्वविद्यालय, नेता सुभाषचन्द्र बोस उत्कृष्टता केन्द्र, असम लिङ्गजेमा मोडल स्कूल र आगामी राष्ट्रिय प्रौद्योगिकी संस्थानबारे जानकारी गराए।
उनले महिला सशक्तिकरणको दिशामा शुरू गरिएका वात्सल्य योजना र बाहिनी योजना आदि बारे पनि जानकारी गराए। मुख्यमन्त्रीले पर्यटन क्षेत्रको महत्त्वमा जोड दिॅंदै पर्यटकहरूलाई आकर्षित गर्ने राज्यको अपार सम्भावना रहेको बताए। उनले आफ्नो सम्बोधनमा आतङ्कवादलाई निष्प्रभावी बनाउन हालैको सफलतालाई प्रकाश पार्दै मातृभूमिको रक्षा गर्न निस्वार्थ प्रयास गरेकोमा भारतीय सेनाप्रति सम्मान व्यक्त गरे।

You Might Also Like

प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी अनावरण

मुख्यमन्त्रीले वित्त मन्त्रीसँग सिक्किमका प्रमुख विकास प्राथमिकताहरूका बारेमा छलफल गरे

दुई दिवसीय ऊर्जा एवं पर्यावरण सम्बन्धी राष्ट्रिय कार्यशालामा राज्य विधानसभा सदस्यहरु सहभागी

मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग भेट गरे, प्रमुख विकास प्राथमिकताहरू र उदीयमान आवश्यकताहरूबारे चर्चा गरे

एसपीएससी एसकेएम पार्टीको सेवा गर्ने निकाय बनेको सीएपीको आरोप

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
OpinionreligionSikkim

मुख्यमन्त्रीले महाशिवरात्रिको हार्दिक शुभकामना दिए

Aaron Rai Aaron Rai February 15, 2026
CM joins 50th Raising Day Celebration of Sikkim Armed Police at Pangthang
नोकरी पहिलो रोजाई होइन, स्वतन्त्र उद्यमहरूको लागि विकल्प हुनुपर्ने मन्त्री भोजराज राईको भनाई
North Sikkim: Tourist vehicle plunges into Teesta River, two rescued, rest missing
भाजपा अध्यक्ष थापाले केन्द्रिय मन्त्री गडकरीसॅंग सडक सम्पर्क पुनर्स्थापना र स्तरोन्नतिमाथि गरे छलफल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?