By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    Feasibility Survey Conducted for Restoration of Communication Along Chungthang–Lachen Axis
    June 5, 2025
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमद्वारा सामाजिक अभियन्ता तथा उद्यमी चन्द्रहाङ लिम्बूमाथि भएको आक्रमणको निन्दा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सीएपी सिक्किमद्वारा सामाजिक अभियन्ता तथा उद्यमी चन्द्रहाङ लिम्बूमाथि भएको आक्रमणको निन्दा
OpinionPoliticianSA Nepali

सीएपी सिक्किमद्वारा सामाजिक अभियन्ता तथा उद्यमी चन्द्रहाङ लिम्बूमाथि भएको आक्रमणको निन्दा

Suk Raj Aaron Rai
Last updated: June 13, 2026 1:58 pm
Suk Raj Aaron Rai Published June 13, 2026
Share
SHARE

गान्तोक, 12 जून। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले सोरेङ जिल्लाको थोङलिङ निवासी एक उदीयमान दुग्ध व्यवसायी तथा सामाजिक अभियन्ता चन्द्रहाङ लिम्बूमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।सीएपी सिक्किमका प्रवक्ता अल्बर्ट गुरुङले आज प्रेस विज्ञप्तिमा भने, प्राप्त जानकारी अनुसार, चन्द्रहाङ लिम्बूलाई उनको निवास नजिकै तीन जना मुखौटा लगाएका व्यक्तिहरूले आक्रमण गरेका थिए। आक्रमणकारीहरूले उनलाई गम्भीर रूपमा कुटपिट गरेपछि पुलबाट राङयाङ खोलामा फाल्ने प्रयाससमेत गरेका थिए। संयोगवश, त्यही समयमा एउटा सवारीसाधन घटनास्थलमा आइपुगेपछि आक्रमणकारीहरू भाग्न बाध्य भए, जसका कारण ठूलो दुर्घटना हुनबाट जोगियो। हाल चन्द्रहाङ लिम्बू अस्पतालमा उपचाररत रहेको र जीवनका लागि संघर्ष गरिरहेका छन्।उनले यो घटना कुनै एक्लो घटना होइन भन्दै वर्तमान एसकेएम सरकारको शासनकालमा सिक्किममा कानुन र व्यस्थाको अवस्था चिन्ताजनक रूपमा कमजोर बन्दै गएको आरोप लगाएका छन्। उनले सामाजिक मुद्दा उठाउने, व्यवस्थामाथि प्रश्न गर्ने वा जनहितका पक्षमा बोल्ने नागरिकहरू दिनप्रतिदिन धम्की र हिंसाको जोखिममा परिरहेको विज्ञप्तिमा उल्लेख गरेका छन्।उनले सीएपी सिक्किमका धेरै सदस्य तथा नेताहरूले विगतमा धम्की र आक्रमणको सामना गरे तापनि सिक्किमका जनताले अर्थपूर्ण पक्राउ वा दोषीमाथिको कारबाहीका उदाहरण अत्यन्त कम देखेको बताएका छन्। यसले कानुन कार्यान्वयन निकायहरूको प्रभावकार र नागरिक सुरक्षाप्रति सरकारको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाउँछ भनी उनले बताएका छन्। उनले चन्द्रहाङ लिम्बूमाथिको आक्रमणलाई चिन्ताजनक बताउँदै उनी कुनै राजनीतिक व्यक्तित्वका रूपमा नभई एक युवा उद्यमी तथा सामाजिक अभियन्ताका रूपमा परिचित रहेको बताएका छन्। यदि सामाजिक मुद्दाहरू उठाउँदा सामान्य नागरिकमाथि यति खुलेआम आक्रमण हुन सक्छ भने यसले समाजलाई कस्तो सन्देश दिन्छ? भनी उनले प्रश्न गरेका छन्।प्रवक्ता गुरुङले सोरेङ जिल्ला स्वयं मुख्यमन्त्रीको गृह जिल्ला रहेको र यदि त्यहाँ समेत नागरिकहरूले आफूलाई सुरक्षित महसुस गर्न सक्दैनन् भने सिक्किमका जनताले राज्यको कानुन-व्यवस्था संयन्त्रप्रति कसरी विश्वास गर्ने? भनेका छन्। उनले यस जघन्य अपराधमा संलग्न आक्रमणकारीहरूका साथै आक्रमणको योजना बनाउने र आर्थिक सहयोग गर्ने सबै व्यक्तिहरूलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। साथै, पुलिस र सरकारले निष्पक्ष, पारदर्शी तथा समयसीमाभित्र अनुसन्धान गरी दोषी सबैलाई कानुनी कठघरामा ल्याउनुपर्ने पनि उनले माग गरेका छन्।

Girl Achievers honoured in Pakyong District under BBBP initiative

एसडीएफ अध्यक्ष चामलिङले प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिए

पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी

सिक्किम घुम्न आएका असमका पत्रकारको असामयिक निधन, पीसीएसद्वारा शोक व्यक्त

नाम्चीमा राज्यस्तरीय भलिबल प्रतियोगिता 2025 शुरू

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

एलपीजी आपूर्ति प्रणालीलाई बलियो र भरपर्दो वितरण प्रणाली बनाउन सुधार आवश्यक: भोजराज राई

SA Desk SA Desk March 7, 2025
CM attends 30th foundation day of Khas Sangh
मन्त्री लामाले गरे नव पुनर्निर्मित थाक्टोक गुम्बाको उद्घाटन
CM attends Golden Jubilee Celebration of Sawali Gaon Government Secondary School
रिनाक निर्वाचन क्षेत्रबाट तीन जना भाजपामा सामेल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?