By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: रिनाक फेरि एक ऐतिहासिक सङ्क्रमणकालको उभ्याइमा छ: भीम राउत, स्थापित पत्रकार।
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > रिनाक फेरि एक ऐतिहासिक सङ्क्रमणकालको उभ्याइमा छ: भीम राउत, स्थापित पत्रकार।
DestinationsInvestmentOpinionTourism

रिनाक फेरि एक ऐतिहासिक सङ्क्रमणकालको उभ्याइमा छ: भीम राउत, स्थापित पत्रकार।

Aaron Rai
Last updated: January 21, 2026 6:08 pm
Aaron Rai Published January 21, 2026
Share
SHARE

यसपटक रिनाकको आकाशमा देखिएका प्याराग्लाइडिङका रङ्गीन पङ्खहरू केवल मनोरञ्जन र साहसिक उडानका प्रतीक मात्र थिएनन्, ती रिनाकको पर्यटन भविष्यतर्फको नयाँ टेकअफ पनि थिए।
रिनाक पर्यटन विकास समितिद्वारा आयोजित उडान महोत्सव तथा प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिताले आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन क्षेत्रका नयाँ सम्भावनाहरू खोज्ने इमानदार र दुरदर्शी प्रयासको संकेत दिएको छ। यो पहलले रिनाक अब केवल भूगोलमा सीमित गाउँ होइन, सम्भावनाले उडान भर्नसक्ने गन्तव्य हो भन्ने आत्मविश्वास जगाएको छ।
विगतमा रिनाकको श्रम, पसिना र योगदानको इतिहास किताबका पानामा खासै भेटिँदैन। दरवारी कथाहरू भने प्रशस्त छन्, तर ओल्ड सिल्क रूटका गोरेटो, खच्चड बिसाउने ठाउँहरू, सिक्किम पुलिसको स्थापना, चन्द्र नर्सरीको ऐतिहासिक भूमिका, रामगौरी सङ्ग्रहालयको महत्त्व तथा स्थानीय श्रमिकहरूको अमूल्य योगदान, यी सबै इतिहास व्यवहारमा जीवित रहे, तर लेखनमा ओझेल परे।
आज रोडाथाङको पारम्परिक माघे मेलाबाट नयाँ सम्भावनाको कथाले फेरि शिर उठाउन थालेको छ। आरिटार डाक बङ्गलो, ओल्ड सिल्क रूट, चन्द्र नर्सरी, पुरानो पोस्ट अफिस, सिक्किम पुलिस स्थापना भएको स्थल र रामगौरी सङ्ग्रहालयजस्ता धरोहरका कथाहरू अब हामीले आकाशबाट उडेर यस धर्तीमा अवतरण गरेका पर्यटकहरूलाई सुनाउनुपर्ने चेतनाको उज्यालो हामीभित्र बल्न थालेको छ।
यसै सन्दर्भमा, प्रत्येक वर्ष “रिनाक धरोहर उत्सव” आयोजना गर्नुपर्ने बोध पनि अब स्पष्ट बन्दै गएको छ। मनोरञ्जनसँगै हाम्रो संस्कृति, पहिचान र पृथक ऐतिहासिक गाथा संसारलाई सुनाउनु आजको आवश्यकता हो।
अब रिनाकलाई ऐतिहासिक सङ्क्रमणकालको दलानबाट निकालेर स्वर्णिम युगको आँगनतर्फ लैजान नयाँ पुस्ताले पुरानो पुस्तासँग हातेमालो गर्नैपर्छ। अझ महत्वपूर्ण कुरा, मुख्यमन्त्री स्वयं रिनाक समष्टिका विधायक रहनुभएको वर्तमान अवस्थामा, रिनाकलाई सबै क्षेत्रबाट नयाँ दिशातर्फ डोर्याउने जिम्मेवारी हाम्रो काँधमा आएको छ।
रिनाक पर्यटन विकास समितिसँगै स्थानीय समुदायको सोच, पहल र सक्रियताले आशाको उज्यालो देखाएको छ। यो यात्रालाई निरन्तरता दिन सक्यौँ भने, रिनाक केवल इतिहास बोकेको ठाउँ होइन इतिहास र भविष्यलाई जोड्ने उडान स्थल बन्नेछ।

MP Indra Hang reviews NH-10 works with NHIDCL officials in New Delhi

व्यक्तिको बलियो इच्छाशक्ति नै कुनै पनि प्रकारको लतलाई जित्नको लागि सबैभन्दा प्रभावकारी हतियार हो: मन्त्री राई

चुङथाङमा सरकारी सम्पत्ति संरक्षण अभियान अन्तर्गत निरीक्षण सम्पन्न

CM attends State-Level Pre-Christmas Celebration at Jorethang

नगर पालिका चुनाउ: जीएमसीका तीन वार्ड र एसएनपीको एक वार्डमा चुनावी भिडन्तको सम्भावना

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationEntertainmentInvestmentSports

विधायक गोलेले सिङलिङमा नवनिर्मित सीएससी मण्डप र फुटसल एरिनाको उद्घाटन गरे

Aaron Rai Aaron Rai February 25, 2026
Large cardamom cultivation revival and GLOF mitigation to be taken on mission mode
Sikkim’s terrain calls for new telecom model, urges Lok Sabha MP to Centre
DDMA Gangtok Organises Successful Fire Safety Mock Drill at Lall Bazaar
Railways directed for preliminary feasibility study of Melli-Dentam rail link
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?