गान्तोक, 30 जनवरी। भारतको स्वतन्त्रता सङ्ग्राममा आफ्ना प्राणहरूको सर्वोच्च बलिदान दिने अमर शहीदहरूको स्मृतिमा प्रत्येक वर्ष ३० जनवरीका दिन शहीद दिवस मनाइन्छ। यसै क्रममा आज राजधानीको लोकभवनमा शहीद दिवसको आयोजना गरियो। यस अवसरमा बिहान ११:०० बजीदेखि ११:०२ बजीसम्म परिसरमा अधिकारी तथा कर्मचारीहरू एकत्रित भई दुई मिनेटको मौन धारण गरियो। यस क्रममा राष्ट्रपिता महात्मा गान्धीजीको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरियो।उक्त अवधिमा सम्पूर्ण कार्य तथा गतिविधिहरू पूर्ण रूपमा स्थगित गरिएको लोकभवनले बताएको छ।


