By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    Feasibility Survey Conducted for Restoration of Communication Along Chungthang–Lachen Axis
    June 5, 2025
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राजधानीमा आजदेखि ‘सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव 2026’ शुरू भएको छ।
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > World > Industry > राजधानीमा आजदेखि ‘सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव 2026’ शुरू भएको छ।
Art & LiteratureEntertainmentIndustryInvestmentLatest NewsWorld

राजधानीमा आजदेखि ‘सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव 2026’ शुरू भएको छ।

Suk Raj Aaron Rai
Last updated: March 19, 2026 3:43 pm
Suk Raj Aaron Rai Published March 19, 2026
Share
SHARE

गान्तोक, 19 मार्च । राजधानीमा आजदेखि ‘सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव 2026’ शुरू भएको छ। यस महोत्सवको आयोजना सूचना तथा जनसम्पर्क विभागले सूचना एवं प्रसारण मन्त्रालय र राष्ट्रिय चलचित्र विकास निगमको संयुक्त तत्वावधानमा गरिरहेको छ।
यहॉंको मनन केन्द्रमा बिहान महोत्सवको उद्घाटन समारोह आयोजना गरियो, जसमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए। राज्यपाल माथुरले सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव शुरू भएको आधिकारिक रुपमा घोषणा गरे। महोत्सवको समापन आगामी 22 मार्चका दिन हुनेछ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले राज्य सूचना तथा जनसम्पर्क विभागको तत्वावधानमा आयोजना गरिएको सिक्किम अन्तरराष्ट्रिय चलचित्र महोत्सव 2026 को पहिलो संस्करण आयोजना गर्नु सिक्किमको लागि ठूलो गर्व र सम्मानको कुरा रहेको बताए। उनले प्रधानमन्त्री नरेन्द्र मोदी, राज्यपाल ओमप्रकाश माथुर, सूचना तथा प्रसारण मन्त्रालय र राष्ट्रिय चलचित्र विकास निगमलाई उनीहरूको निरन्तर सहयोग र संरक्षणको लागि हार्दिक आभार व्यक्त गरे।
मुख्यमन्त्रीले कला, संस्कृति र रचनात्मक अभिव्यक्तिको विश्वव्यापी केन्द्रको रूपमा स्थापित हुने सिक्किमको यात्रामा यो महोत्सव महत्वपूर्ण कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गरे। उनले पूर्वी हिमालय क्षेत्रमा सिनेमा, रचनात्मकता र सांस्कृतिक आदानप्रदानका लागि सिक्किमलाई जीवन्त भेटघाट बिन्दुको रूपमा स्थापित गर्न यो महोत्सव एउटा महत्त्वपूर्ण सांस्कृतिक पहल रहेको उल्लेख गरे।
मुख्यमन्त्रीले महोत्सवमा सिक्किम, उत्तर बंगाल, नेपाल र भुटानका फिल्म निर्माताहरूका लागि खुल्ला लघु फिल्म प्रतियोगिता, फिल्म बजार जस्ता प्रमुख घटकहरू समावेश गरिएको बताए, जसले फिल्म निर्माताहरू र रचनात्मक व्यवसायिकहरूलाई विचारहरू प्रस्तुत गर्न, वित्तपोषणका अवसरहरू अन्वेषण गर्न र फराकिलो दर्शकहरूसँग जोडिन मञ्च प्रदान गर्नेछ। यसैगरी, इण्डस्ट्रीका विशेषज्ञहरूद्वारा कार्यशाला र मास्टरक्लासहरूले सहभागीहरूलाई व्यावहारिक सीप र अन्तर्दृष्टि प्रदान गर्नेछन्, जसले रचनात्मक पारिस्थितिक प्रणाली बलियो हुने उनले बताए।
कार्यक्रममा सिक्किमका तीन फिल्म निर्माताहरू त्रिवेणी राई, प्रशान्त रसाइली र साम्तेन भोटियालाई चलचित्र निर्माणको क्षेत्रमा उनीहरूका उल्लेखनीय योगदानका लागि सम्मानित गरियो। सम्मानित व्यक्तित्वहरूलाई मुख्यमन्त्रीको बाहुलीद्वारा खादा लगाइदिएर अभिनन्दन पत्र अर्पण गरियो।
यस अतिरिक्त, लघु फिल्म प्रतियोगिता 2026 को परिणाम घोषणा उद्घाटन समारोहको आकर्षण थियो। यस प्रतियोगितामा दार्जिलिङका सुजन लम्जेलद्वारा निर्देशित ‘डोकोको छाहारी’ ले प्रथम पुरस्कार जित्यो। उनलाई पुरस्कार स्वरुप तीन लाख रूपियॉं प्रदान गरियो। यसरी नै दोस्रो पुरस्कार अनन्तदिप रसाइलीको ‘सेतोघारी’ र तेस्रो पुरस्कार अरबिन्द राईको ‘इटरनल किनशिप’ ले जित्यो। नेपाल निवासी निर्देशकद्वयलाई क्रमश: दुई र एक लाख रूपियॉं प्रदान गरियो।

राज्यसभा सांसद लेप्चाले नथुला भएर ‘भारत-तिब्बत’ सीमा व्यापार पुन: शुरू गर्न माग गरे

CM Presents Sikkim Vision 2047 at 10th NITI Aayog Governing Council Meeting

राज्यपाल स्वर्ण कप: इस्ट बंगाललाई पराजित गरेर सर्भिसेस एफटी सेमिफाइनलमा

Training on Digital Census 2027 begins at DAC Gangtok

North East NSS Festival 2025 inaugurated at Manan Kendra

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderNationalOpinionPolitician

एसआईआरको आधारभूत सन्दर्भको रूपमा १९७४ को मतदाता सूचीलाई प्राथमिकता दिन भाजपाको आग्रह

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 3, 2026
सीएपी अध्यक्ष सीजेएम समक्ष प्रस्तुत भए, राजनीतिक असहमतिलाई अपराधीकरण गरिएको आरोप
गान्तोकमा प्रथम राज्यपाल आर्चरी गोल्ड कप (कम्पाउन्ड) प्रतियोगिता २०२६ शुरु
गेजिङमा श्रावण कुमार पुरस्कारलाई लिएर तयारी बैठक सम्पन्न
Sikkim Soldierathon 2.0 held as part of 50 Years of Statehood Celebrations
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?