By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: वर्तमान सरकार पत्रकारिता क्षेत्रलाई शक्तिशाली बनाउन चाहन्छ: मुख्यमन्त्री
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > वर्तमान सरकार पत्रकारिता क्षेत्रलाई शक्तिशाली बनाउन चाहन्छ: मुख्यमन्त्री
NationalPoliticianSikkim

वर्तमान सरकार पत्रकारिता क्षेत्रलाई शक्तिशाली बनाउन चाहन्छ: मुख्यमन्त्री

Aaron Rai
Last updated: November 25, 2025 4:25 pm
Aaron Rai Published November 25, 2025
Share
SHARE

गान्तोक, 25 नोभेम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङले वर्तमान राज्य सरकार सिक्किमको पत्रकारिता क्षेत्रलाई शक्तिशाली बनाउन चाहन्छ भनी बताएका छन्। मुख्यमन्त्री आज राजधानीको मनन केन्द्रमा आयोजित ‘राष्ट्रिय प्रेस दिवस’ समारोहलाई सम्बोधन गर्दै थिए।
राज्य सूचना एवं जनसम्पर्क (आईपीआर) विभागले आयोजना गरेको समारोहमा मुख्यमन्त्रीले आज अभिनन्दित सबै पत्रकारहरूलाई बधाई दिए। वर्तमान सरकारले सिक्किम र सिक्किमका जनताको पक्षमा इमानदारीका साथ काम गरिरहेको बताउॅंदै सरकारले कसैसॅंग डराउनु पर्ने कुनै आवश्यकता नरहेको उनले बताए। यसै कारण पनि सरकार राज्यमा पत्रकारिता क्षेत्रलाई शक्तिशाली बनाउन चाहन्छ भनी उनले बताए।
मुख्यमन्त्री अनुसार, सरकार राज्यवासीहरूप्रति इमानदार छैन भने प्रेस आफूहरूमाथि हावी बन्ने डरका कारण प्रेसलाई शक्तिशाली बन्न दिॅंदैन। तर, वर्तमान सरकारले पारदर्शी ढङ्गमा काम गरिरहेकाले प्रेससॅंग डराउनु पर्ने स्थिति छैन। यस क्रममा उनले राज्यका युवा पत्रकारहरूको ध्यान आकर्षित गर्दै पूर्व अनि वर्तमान सरकारमा पत्रकारिता र पत्रकारहरूको अवस्थामाथि प्रकाश पारे।
मुख्यमन्त्रीले एसडीएफ सरकारको 25 वर्षे कार्यकालमा पत्रकारहरूमाथि भएका आक्रमणका घटनाहरू र प्रेस स्वतन्त्रतालाई दबाउन गरिएका कार्यहरूबारे अवगत गराए। उनले 2019 मा एसकेएम पार्टीले सरकार गठन गरेपछि पत्रकारहरूको विकास र पत्रकारिता क्षेत्रको उत्थानका लागि गरिएका विभिन्न पहलहरूको बारेमा पुन: स्मरण गराए। उनले वर्तमानमा पत्रकारहरू डराउनु पर्ने स्थिति नरहेको र स्वतन्त्र रूपमा काम गर्न पाइरहेको दाबी गरे।
मुख्यमन्त्रीले 21औं शताब्दीमा पत्रकारिताको क्षेत्रका चुनौतीहरूमाथि बोल्दै वर्तमानमा सोशल मिडिया हावी बने तापनि विश्वसनीयताको सन्दर्भमा प्रिन्ट मिडिया अझै पनि सञ्चारको विश्वसनीय माध्यम रहेको मनतव्य व्यक्त गरे। उनले प्रविधिको विकाससॅंगै मिडिया जगतको निम्ति विश्वसनीयता ठूलो चुनौती बनेको बताए। उनले आगामी वर्षदेखि सामाजिक सञ्जालको माध्यमद्वारा सकारात्मक योगदान दिने व्यक्तिहरूलाई पनि प्रोत्साहन स्वरूप आर्थिक सहायता प्रदान गर्ने घोषणा गरे।
समारोहमा आईपीआर विभाग अन्तर्गत छवटै जिल्लामा कार्यरत विभागीय अधिकारीहरूलाई मुख्यमन्त्रीको बाहुलीद्वारा सम्मानित गरियो। सम्मानित बन्नेहरूमा बोनु बी. राई, सेमी सुब्बा, अर्पण गुरुङ, पेमा नामग्याल भोटिया, नरेन्द्र बराइली र तेन्जिङ वाङ्चुग भोटिया सामेल छन्। यस अतिरिक्त, साम्डुप दोर्जी भोटियालाई उल्लेखनीय समर्पणका लागि सम्मानित गरियो।
यस अवसरमा एआई र डिजिटल मार्केटिङको क्षेत्रमा अग्रणी प्रशिक्षक सौरभ जैनले एआईको बढ्दो महत्व र डिजिटल युगमा फेक न्यूजको चुनौती र फेक न्यूज पत्ता लगाउने माध्यमहरूको बारेमा जानकारी गराएका थिए। यसैगरी, बढ्दो गलत जानकारीका बीच प्रेस विश्वसनीयताको सुरक्षा विषयमा एक प्यानल चर्चा पनि आयोजन गरियो। दिवाकर बस्नेतले सञ्चालन गरेको यस कार्यक्रममा प्रियांसी शर्मा र वेदान्त अग्रवाल स्रोत वक्ता थिए।
समारोहमा मुख्यमन्त्रीको बाहुलीद्वारा प्रेस क्लब अफ् सिक्किमलाई पॉंच लाख रूपियॉंको वार्षिक अनुदानको चेक र पत्रकार सम्मान योजना अन्तर्गत 20 लाख रूपियॉंको चेक पनि हस्तान्तरण गरियो। कार्यक्रमलाई आईपीआर विभागका अध्यक्ष असित राई र सचिव अन्नपूर्ण आले पनि पनि सम्बोधन गरेका थिए। यस अवसरमा आईपीआर विभाग र संस्कृति विभागका कलाकारहरू गीत र नृत्य पनि प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरे।

You Might Also Like

परम्परागत प्रदर्शनीको तयारीबारे चर्चा गर्न 21 समुदायका प्रतिनिधिहरूको समन्वय बैठक सम्पन्न

स्वास्थ्य मन्त्री ढुङ्गेलले कौशल विकासलाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा कुरामा दिए जोड

मुख्यमन्त्रीले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई बधाई दिए

France Ambassador Meets Sikkim Officials to Foster Bilateral Cooperation

MP Indra Hang Subba chairs third DISHA coordination meet in Pakyong

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EntertainmentNationalSports

सिक्किमकी सुष्मिता राई साफ च्याम्पियनसिपमा सहायक रेफ्री

Aaron Rai Aaron Rai February 1, 2026
उत्तर सिक्किममा फसेका पर्यटकहरूको दोस्रो समूहलाई छातेनबाट सुरक्षित एयरलिफ्ट गरियो
सांसद डा इन्द्रहाङ सुब्बाको परिकल्पनामा आरम्भ भएको मासिक कार्यक्रम ‘द क्वेस्ट’-को दोस्रो संस्करण आज गान्तोकको नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा सम्पन्
अन्तरराष्ट्रिय महिला दिवस समारोहको तयारीको निरीक्षण
सिक्किम अन्तरराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन सिनेमामा अवसर र चुनौतीहरूमाथि प्यानल चर्चा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?