By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    नगर पालिका चुनाउ: नाम्ची, सोरेङ, पाकिम र मङ्गनमा 17 जना उम्मेदवार चुनावी मैदानमा
    March 30, 2026
    गेजिङ नगर पञ्चायतका लागि तीन स्वतन्त्र उम्मेदवारले बुझाए मनोनयन पत्र
    March 30, 2026
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: विभिन्न राज्यहरूका सांस्कृतिक समृद्धि नै भारतको वास्तविक शक्ति: राज्यपाल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > विभिन्न राज्यहरूका सांस्कृतिक समृद्धि नै भारतको वास्तविक शक्ति: राज्यपाल
NationalNortheastPolitician

विभिन्न राज्यहरूका सांस्कृतिक समृद्धि नै भारतको वास्तविक शक्ति: राज्यपाल

Aaron Rai
Last updated: March 30, 2026 5:23 pm
Aaron Rai Published March 30, 2026
Share
SHARE


गान्तोक, 30 मार्च । सिक्किमको लोकभवनमा आज राजस्थान स्थापना दिवस भव्यताका साथ मनाइयो। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
आफ्नो सम्बोधनमा राज्यपाल माथुरले गीतको माध्यमद्वारा राजस्थानको गौरव गाथा, संस्कृति र आफ्नो माटोलाई नमन गरे। उनले भने, भारतमा अनेक भाषाहरू छन्, विविध संस्कृतिहरू र भिन्न-भिन्नै खानपानका परम्पराहरू पनि छन्, तर ‘एक भारत श्रेष्ठ भारत’ को संकल्पनाले राष्ट्रको एकता र अखण्डतालाई अझ धेरै सुदृढ़ बनाइरहेको छ। यो पहल एकअर्काका संस्कृतिलाई जान्ने र बुझ्ने उत्कृष्ट माध्यम हो।’
राज्यपालले राजस्थानको वीरता, संस्कृति र परम्पराहरूको उल्लेख गर्दै भने, ‘सीमित संसाधनहरूमा पनि राजस्थानका मानिसहरूले जिजीविषा र संकल्प शक्तिले जीवनलाई सार्थक बनाउॅंछन्। राजस्थानका महिलाहरूले शौर्य र पराक्रमको अद्भुत कथाहरू रच्दै आएका छन्।’ उनले हिन्दुस्तान विश्व गुरु थियो र पुन: सबैको संकल्प र प्रयासले विश्व गुरु बनाउनु पर्नेछ भनी बताए। उनले विभिन्न राज्यहरूका सांस्कृतिक समृद्धि नै भारतको वास्तविक शक्ति रहेको बताए।
कार्यक्रमको शुरूमा ज्याज ब्यान्डको जोशपूर्ण प्रस्तुति र सिक्किम मारवाडी समाजका कलाकारहरूले घूमर जस्तो पारम्परिक नृत्य प्रस्तुत गरेर वातावरणलाई राजस्थानी उत्साह र सांस्कृतिक रंगले भरेका थिए।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा राजस्थानका नागरिकहरूलाई स्थापना दिवसको बधाई दिॅंदै राजस्थानको पर्यटन, संस्कृति र लोककलाको क्षेत्रमा उल्लेखनीय स्थान रहेको बताए। उनले सिक्किम र राजस्थान जस्ता राज्यहरूले एकअर्काका संस्कृति र परम्पराहरूबाट प्रेरणा लिएर राष्ट्रिय एकतालाई बलियो बनाइरहेको विचार व्यक्त गरे।
यसैगरी, राजस्थानका मन्त्री शर्माले विपुल प्राकृतिक संपदा, मरुस्थलीय सौन्दर्य र ऐतिहासिक धरोहरले सम्पन्न राजस्थानले आफ्नो अद्वितीय पहिचानका कारण भारतीयहरूको ह्रदयमा विशेष स्थान बनाएको बताए। उनले राजस्थानको पर्यावरण संरक्षण परम्पराको सराहना गर्दै दुवै राज्यले जलवायु परिवर्तन र पर्यावरण संरक्षणको क्षेत्रमा सहयोग बढाउनु पर्ने आवश्यकतामा जोड दिए।
यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, राजस्थान सरकारका वन एवं पर्यावरण मन्त्री संजय शर्मा, मन्त्रीगण, विधायकगण, राज्यका वरिष्ठ अधिकारीहरू र अलवरबाट आएका प्रसिद्ध वीर रस कवि विनीत चौहान र उदयपुरका कवि सिद्धार्थ देवल आदि उपस्थित थिए।

You Might Also Like

भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थसहित दुई जना पक्राउ

पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न

रिनाक निर्वाचन क्षेत्रबाट तीन जना भाजपामा सामेल

सिलगढ़ीमा दुई दिवसीय ‘सिक्किम माछा महोत्सव 2025’ शुरूमन्त्री गुरुङले युवा पुस्तालाई माछापालन र सम्बन्धित क्षेत्रहरूमा काम खोज्न आग्रह गरे

माई भारत सिक्किमको पॉंच दिवसीय अन्तर-राज्य युवा आदान-प्रदान कार्यक्रम सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InsiderLatest NewsPolitician

एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी

Aaron Rai Aaron Rai February 7, 2026
Meeting Held on Mental Health, Suicide Prevention and Fertility Trends in Sikkim
Ed Sheeran concert row: Baseless accusations can’t dismiss real issues, says CAP Sikkim
Sikkim to reintroduce party-based Panchayat & municipality elections
सीएपी सिक्किमको मजदूर परिषदको महत्वपूर्ण समन्वय बैठक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?