By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: विश्व युवा कौशल दिवस पालन, मुख्यमन्त्रीले गरे सबै प्राविधिक पदहरूका लागि अनिवार्य आईटीआई प्रमाणीकरण र सबै पोलिटेक्निक कलेजहरूमा आईटीआई स्नातकहरूलाई प्रतिशत आरक्षणको घोषणा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > विश्व युवा कौशल दिवस पालन, मुख्यमन्त्रीले गरे सबै प्राविधिक पदहरूका लागि अनिवार्य आईटीआई प्रमाणीकरण र सबै पोलिटेक्निक कलेजहरूमा आईटीआई स्नातकहरूलाई प्रतिशत आरक्षणको घोषणा
InvestmentSA NepaliStartup

विश्व युवा कौशल दिवस पालन, मुख्यमन्त्रीले गरे सबै प्राविधिक पदहरूका लागि अनिवार्य आईटीआई प्रमाणीकरण र सबै पोलिटेक्निक कलेजहरूमा आईटीआई स्नातकहरूलाई प्रतिशत आरक्षणको घोषणा

Aaron Rai
Last updated: July 15, 2025 5:43 pm
Aaron Rai Published July 15, 2025
Share
SHARE


गान्तोक, 15 जुलाई। राजधानीको चिन्तन भवनमा आज विश्व युवा कौशल दिवस पालन गरियो। यस राज्यस्तरीय समारोहमा मुख्यमन्त्री तथा कौशल विकास विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए।
‘एआई र डिजिटल कौशलको माध्यमद्वारा युवा सशक्तिकरण’ थीम रहेको यस कार्यक्रमको शुरुवात मुख्यमन्त्रीद्वारा ‘कौशल वाहन’ को शुभारम्भपछि भयो। यो राज्यका दुर्गम क्षेत्रहरूमा तालिम पहुँच र जागरूकता विस्तार गर्न डिजाइन गरिएको मोबाइल सीपमूलक पहल रहेको बताइएको छ। यस क्रममा मुख्यमन्त्रीले कौशल एवं उत्पाद प्रदर्शनीको पनि उद्घाटन गरे।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा सुनौलो, समृद्ध र समर्थ सिक्किमको निर्माणमा कौशल विकासको महत्वपूर्ण भूमिकामाथि जोड दिए। उनले लक्षित, समग्र र भविष्यमुखी प्रशिक्षणको माध्यमद्वारा सक्षम अनि कौशल नागरिक तयार गर्ने सरकारको दर्शनबारे जानकारी गराए।
आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्रीले दुईवटा महत्वपूर्ण घोषणा गरे, जसमा सरकारी विभागहरूमा सबै प्राविधिक पदहरूका लागि अनिवार्य आईटीआई प्रमाणीकरण र सबै पोलिटेक्निक कलेजहरूमा आईटीआई स्नातकहरूलाई 5-10 प्रतिशत आरक्षण सामेल छन्। उनले यी प्रगतिशील उपायहरूले व्यावसायिक शिक्षाको स्तरलाई उकास्ने र करियरमा उन्नतिको लागि बहुमार्गहरू सिर्जना गर्नेछ भने।
चौथो औद्योगिक क्रान्तिको लागि तयारीको महत्वमाथि बोल्दै मुख्यमन्त्रीले शिक्षक, नागरिक समाज र उद्योग जगतका नेतृत्वहरूलाई कौशल विकास ढॉंचामा एआई र डिजिटल साक्षरतालाई एकीकृत गर्न आह्वान गरे। उनले युवाहरूलाई उद्यमशीलतालाई व्यवहार्य र सम्मानजनक करियर विकल्पको रूपमा अँगाल्न प्रोत्साहित गरे।
यसरी नै परिवहन एवं कौशल विकास विभागका सल्लाहकार मदन सिन्चुरीले आईटीआई प्रशिक्षकहरूलाई कौशल इकोसिस्टमको मेरुदण्ड बताउॅंदै विभागले हरेक वर्ष 1,000 कौशलयुक्त युवाहरू तयार गरिरहेको जानकारी गराए। उनले युवाहरूलाई आत्मनिर्भरताको लागि प्रयास गर्न र ग्रामीण निर्वाचन क्षेत्रहरूमा योजनासँग सम्बन्धित जानकारी फैलाउन विधायकहरूसँग गहिरो संलग्नताका लागि आह्वान गरे।
कार्यक्रममा आईटीआई रम्फूलाई उत्कृष्ट प्रदर्शन गर्ने आईटीआई, एसआईसीबीसॅंग एक दशकभन्दा लामो साझेदारीको मान्यतामा रिम्सलाई निरन्तर राम्रो प्रदर्शन गर्ने प्रशिक्षण पार्टनर, हिमाली विकास संस्थानलाई उत्कृष्ट प्रशिक्षण पार्टनर र कम्पास इण्डिया फूड सर्विसेस् बेङलुरुलाई उत्कृष्ट प्रदर्शन गर्ने रोजगारदाताको रूपमा पुरस्कृत गरियो।
यसरी नै मनिषा तामाङ, दीपेश छेत्री, बिशाल तामाङ र अनिश गुरुङलाई उत्कृष्ट अलराउन्डर आईटीआई प्रशिक्षार्थीहरूको रूपमा सम्मानित गरियो। कार्यक्रममा कौशल प्राप्त 9 जनालाई सम्मानित गरिएको थियो भने उनीहरूले कौशल प्रशिक्षणको माध्यमद्वारा परिवर्तनको आफ्नो प्रेरणादायक यात्रा साझा गरेका थिए।

You Might Also Like

केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा

एसडीएफले लगायो सरकारमाथि वाक स्वतन्त्रता खोसेको आरोप, गऱ्यो अरुण लिम्बूलाई रिहा गर्नुपर्ने माग

सेवा पखवाडा अभियानको शुभारम्भ, मुख्यमन्त्रीले गरे विभिन्न पहलहरूको उद्घाटन

कवि एवं पत्रकार प्रवीण खालिङ २८औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दित

एएमएसको लागि गान्तोक जिल्ला प्रशासनिक केन्द्रलाई राष्ट्रिय पुरस्कार

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NationalNortheastOpinion

Sikkim celebrates Har Ghar Tiranga

Aaron Rai Aaron Rai August 12, 2025
भाषा मान्यता दिवसमा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई ‘राज्य रत्न’ ले सम्मानित गरिने
रिनाक निर्वाचन क्षेत्रबाट तीन जना भाजपामा सामेल
राज्यपालले सिक्किमवासीहरूलाई तिहारको हार्दिक शुभकामना दिए
उत्तर सिक्किमका प्रभावित क्षेत्रहरूमा पहुँच पुनर्स्थापित गर्न व्यापक राहत एवं निकासी कार्य परिचालन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?