By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राजधानीमा गान्तोक गट ट्यालेन्ट सम्पन्न, राज्यपाल र मुख्यमन्त्री सहभागी
    April 15, 2025
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    Latest News
    नेपाली साहित्य परिषद्ले १५ नोभेम्बरमा महाकवि देवकोटाको ११७औँ जयन्ती मनाउने
    November 2, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु
    October 28, 2026
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ‘सिक्किम आइडल इन्टरनेशनल सिजन-3’ को अनलाइन अडिसन खुल्ला, २५ नोभेम्बरसम्म अनलाइन आवेदन दिन सकिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > ‘सिक्किम आइडल इन्टरनेशनल सिजन-3’ को अनलाइन अडिसन खुल्ला, २५ नोभेम्बरसम्म अनलाइन आवेदन दिन सकिने
Art & LiteratureDestinationsEntertainment

‘सिक्किम आइडल इन्टरनेशनल सिजन-3’ को अनलाइन अडिसन खुल्ला, २५ नोभेम्बरसम्म अनलाइन आवेदन दिन सकिने

Suk Raj Aaron Rai
Last updated: October 31, 2026 3:47 pm
Suk Raj Aaron Rai Published October 31, 2026
Share
SHARE

वरिष्ठ विधाका विजेतालाई १० लाख र कनिष्ठ विधाका विजेतालाई दुई लाख रुपियाँ पुरस्कार

गान्तोक, ३१ अक्टोबर। सिक्किमका सङ्गीत प्रतिभालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सिक्किम आइडल इन्टरनेशनल सिजन-3’ को अनलाइन अडिसन प्रक्रिया आजदेखि औपचारिक रूपमा खुल्ला गरिएको छ। यस सम्बन्धमा आज गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका मुख्य कार्यक्रम परिचालन अधिकारी डा. मनोज राईले प्रतियोगिताको अनलाइन अडिसन २५ नोभेम्बर, २०२६ सम्म सञ्चालन हुने जानकारी दिए।
डा. राईका अनुसार, गत वर्ष सिक्किमभित्रका प्रतिभाहरूका लागि मात्र सीमित रहेको यो प्रतियोगिता यस वर्षदेखि सबैका लागि खुल्ला गरिएको छ। इच्छुक जोकोहीले पनि यसमा सहभागिता जनाउन सक्नेछन्।
प्रतियोगिताको भौतिक अडिसन ३० नोभेम्बर, २०२६ मा काठमाडौं र देहरादूनमा आयोजना गरिनेछ। त्यसैगरी, ३ दिसम्बरमा गुवाहाटी, सिलगढी, दार्जिलिङ, कालेबुङ र गान्तोकमा अडिसन सञ्चालन गरिनेछ। उनले प्रत्येक स्थानमा स्थानीय निर्णायकहरूको सहयोगमा अडिसन प्रक्रिया अघि बढाइने बताए। अनलाइन अडिसनबाट छनोट भएका कलाकारहरूलाई भौतिक अडिसनमा प्राथमिकता दिइने पनि उनले स्पष्ट पारे।
उनले प्रतियोगिता वरिष्ठ र कनिष्ठ गरी दुई विधामा सञ्चालन हुने बताए। वरिष्ठ विधामा १५ वर्षमाथिका सबैले सहभागिता जनाउन सक्नेछन् भने कनिष्ठ विधा १४ वर्षमुनिका सिक्किमका प्रतिभाहरूका लागि मात्र खुल्ला रहनेछ।
उनका अनुसार, प्री मेगा अडिसन सिलगढी र गान्तोकमा आयोजना गरिनेछ। दुवै स्थानबाट १६-१६ जना गरी कुल ३२ जना प्रतियोगी गाला चरणका लागि छनोट हुनेछन्। त्यसपछि अन्तिम प्रतिस्पर्धाका लागि पाँच-पाँच जना प्रतियोगी छनोट गरिनेछ। प्रतियोगितामा नेपाली भाषाका गीतहरू मात्र प्रस्तुत गर्न पाइने उनले बताए।
विजेताहरूका लागि पुरस्कार राशि घोषणा गर्दै डा राईले भने, वरिष्ठ विधाका विजेताले १० लाख, प्रथम उपविजेताले पाँच लाख र दोस्रो उपविजेताले तीन लाख रुपियाँ प्राप्त गर्नेछन्। त्यसैगरी, कनिष्ठ विधाका विजेताले दुई लाख, प्रथम उपविजेताले डेढ लाख र दोस्रो उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउनेछन्। कनिष्ठ विधाका विजेतालाई पुरस्कारका अतिरिक्त सङ्गीत तथा शैक्षिक छात्रवृत्तिसमेत प्रदान गरिनेछ।
सिक्किम आइडलका संरक्षक सञ्जय राईले मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका कलाकार तथा सङ्गीत प्रतिभाहरूको विकासलाई विशेष प्राथमिकता दिँदै आएको बताए। सिक्किमका कलाकारहरूले विश्वभर आफ्नो प्रतिभा प्रदर्शन गरी राज्यको नाम गौरवान्वित गरून् भन्ने मुख्यमन्त्रीको चाहना रहेको उनले उल्लेख गरे।
यस प्रतियोगिताले सिक्किमका साथै अन्य क्षेत्रका प्रतिभाशाली गायकहरूलाई आफ्नो कला र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै सिक्किमको सङ्गीत क्षेत्रलाई व्यापक पहिचान दिलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

राष्ट्रपतिले नामग्याल इन्स्टिट्यूट अफ टिबेटोलोजीको भ्रमण गरिन्

Sikkim Time Capsule 2025: Leave a Message for the Future

मुख्यमन्त्रीसँग डर्टी एन्जल्स मोटरसाइकल क्लबका सदस्यहरूले गरे भेट

सिक्किम हिमनदी जोखिम आयोगद्वारा राष्ट्रिय परामर्श आयोजित

नेपाली साहित्य परिषद्ले १५ नोभेम्बरमा महाकवि देवकोटाको ११७औँ जयन्ती मनाउने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Health

रिनाक समष्टिका 207 भन्दा अधिक बिरामीलाई उपचारका लागि आर्थिक चेक वितरण

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 18, 2025
Tat-Tato News As Wintry Chiso Bites!
सिक्किम ब्रदरहुड एफसीद्वारा सिन्योल्चु एफसी पराजित
Golay Highlights Sikkim’s Challenges and Achievements at 12th NESAC Meeting
Sikkim celebrates First Aama Samman Diwas, launches Nari Adalat for women’s justice
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?