By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    Chief Secretary chairs State-level meeting on Census 2027
    February 7, 2026
    एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी
    February 7, 2026
    केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
    February 7, 2026
    केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
    February 7, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम सरकारले छुटेका 12 जातगोष्ठीलाई जनजाति सूचीमा समावेश गर्न ऐतिहासिक कदम चालेको एसकेएमको भनाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सिक्किम सरकारले छुटेका 12 जातगोष्ठीलाई जनजाति सूचीमा समावेश गर्न ऐतिहासिक कदम चालेको एसकेएमको भनाई
Latest NewsOpinionPoliticsSA Nepali

सिक्किम सरकारले छुटेका 12 जातगोष्ठीलाई जनजाति सूचीमा समावेश गर्न ऐतिहासिक कदम चालेको एसकेएमको भनाई

Aaron Rai
Last updated: December 15, 2025 1:26 pm
Aaron Rai Published December 14, 2025
Share
SHARE


गान्तोक, 14 दिसम्बर। सिक्किम विधानसभाको शुक्रबार बसेको सत्रले सरकारी निर्णय सङ्ख्या 1/2025 पारित गर्दै लामो समयदेखि जनजाति मान्यताबाट वञ्चित रहेका 12 जातगोष्ठीलाई अनुसूचित जनजाति सूचीमा समावेश गर्ने दिशामा ऐतिहासिक कदम चालेको बताउॅंदै यस निर्णयलाई सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले हार्दिक स्वागत जनाएको छ।
एसकेएम प्रचार प्रसार उपाध्यक्ष प्रभारी विकास बस्नेतले आज जारी एक प्रेस विज्ञप्तिमा भने, मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किमले समावेशी विकास, समानता र सामाजिक न्यायको मार्गमा उल्लेखनीय प्रगति गर्दै आएको छ। सबै समुदायप्रति समान दृष्टिकोण राखेर जनताको हकहितलाई प्राथमिकता दिएर कार्य गर्ने सरकार एसकेएम सरकार नै भएको पुनः प्रमाणित भएको छ।
पूर्व सरकारले यो संवेदनशील विषयलाई केवल भाषण र आश्वासनमा सीमित राखेको उनले आरोप लगाउॅंदै वर्तमान सरकारले यसलाई निष्कर्षमा पुऱ्याउन निरन्तर, जिम्मेवार र साहसिक पहल गरेको बताएका छन्। उनले यस ऐतिहासिक निर्णयका लागि मुख्यमन्त्री प्रेमसिंह तामाङ बधाईका पात्र रहेको बताएका छन्।
उनले अझ भने, विधानसभा सत्रले सिक्किम राज्य उच्चस्तरीय समितिद्वारा तयार पारिएको अन्तिम प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। उक्त प्रतिवेदनमा वर्षौँदेखि उठ्दै आएको मागअनुसार सिक्किमका छुटेका 12 समुदायलाई अनुसूचित जनजाति सूचीमा समावेश गर्न केन्द्र सरकारसमक्ष सिफारिस गरिएको छ, जसलाई ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले यस निर्णयलाई अत्यन्तै महत्त्वपूर्ण र ऐतिहासिक बताउँदै जनजाति मान्यताबाट वञ्चित समुदायको हकहित, पहिचान र सामाजिक न्याय सुनिश्चित गर्ने दिशामा यो ठूलो उपलब्धि भएको स्पष्ट पारेका छन्। उनले राज्य सरकार प्रत्येक समुदायलाई समान अधिकार दिलाउन पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्‍याउनु बस्नेतले विज्ञप्तिमा उल्लेख गरेका छन्।
यस संवेदनशील विषयलाई विगतमा राजनीतिक खेलको विषय बनाइए पनि वर्तमान सरकारले निष्पक्षता, पारदर्शिता र जिम्मेवारीका साथ समाधानतर्फ अघि बढाएको उनले ठोकुवा गरेका छन्। राज्यमा एसकेएम पार्टीको सरकार गठन हुनेबित्तिकै मुख्यमन्त्री तामाङले यो मुद्दामाथि गम्भीर रूपमा कार्य गर्दै आइरहेको बताएका छन्।
उनले प्रतिवेदन अनुमोदन भएसँगै अब राज्य सरकारले यसलाई केन्द्र सरकारसमक्ष औपचारिक रूपमा पठाउने तयारी गरेको जानकारी गराएका छन्। यस प्रक्रियामा योगदान पुर्‍याएका विज्ञहरू, विभिन्न सङ्घ-संस्थाका प्रतिनिधि तथा समुदायका अगुवाहरूको भूमिका प्रशंसनीय रहेको पार्टीले ठान्दै सबैप्रति गहिरो कृतज्ञता प्रकट गरेको छ।
उनले मुख्यमन्त्री तामाङको दृढ नेतृत्व, राजनीतिक इच्छाशक्ति र निरन्तर प्रयासका कारण छुटेका समुदायलाई जनजातिको मान्यता दिलाउने यो लामो सङ्घर्ष अन्ततः सफल निष्कर्षमा पुग्ने दृढ अपेक्षा व्यक्त गरेका छन्। यस निर्णयले सिक्किमको सामाजिक समावेशिता, समानता र न्यायको मार्गलाई थप सुदृढ बनाउने पनि उनले विश्वास व्यक्त गरेका छन्।

You Might Also Like

मुख्यमन्त्री बजेटलाई लिएर आयोजित बैठकमा सहभागी बने, विकास प्राथमिकताहरूमाथि ध्यान आकर्षित गराए

पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामाको निधन, राज्यपाल र मुख्यमन्त्रीद्वारा शोक प्रकट

बजेट सत्रमा अभिभाषणको निम्ति राज्यपाललाई निमन्त्रणा

वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित

सीएपीले सर्जक हेमराज अधिकारीलाई पुरस्कार प्राप्त भएकोमा बधाई दियो

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News

अनलाइन कमाई गर्ने योजनाको नाममा 12 लाख 50 हजार ठगी

Aaron Rai Aaron Rai May 13, 2025
Celebrating Miss Bindhya Subba: Championing Yoga in Sikkim
Neil Tara Academy launches first In-House School Radio Station in Northeast India
राजधानीमा राज्यस्तरीय 11औं अन्तरराष्ट्रिय योग दिवस पालन
विवादित एसआई परीक्षा फलमाथि एसपीएससीको मौनता गम्भीर चिन्ताको विषय: एसडीएफ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?