आगामी राज्यस्तरीय कलाकार भरोसा सम्मेलनको तयारीलाई लिएर आज नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतीशचन्द्र राईको अध्यक्षतामा नाम्चीको जिल्ला प्रशासनिक केन्द्रमा एक बैठक सम्पन्न भयो। कलाकार भरोसा सम्मेलन आगामी 2 देखि 4 मार्चसम्म नाम्चीमा आयोजना हुने तय गरिएको छ।
कार्यक्रम तालिका अनुसार, 2 मार्चमा उद्घाटन कार्यक्रम नाम्चीको सेन्ट्रल पार्कमा हुनेछ भने बॉंकी दुई दिन नाम्चीको टाउन हल आयोजना हुनेछ। कार्यक्रममा प्रख्यात भारतीय चलचित्र निर्देशक तथा पटकथा लेखक अनुराग बसु लगायत देशभरका धेरै प्रतिष्ठित कलाकारहरूको उपस्थिति रहने बताइएको छ।
विधायक राईले कार्यक्रमलाई व्यवस्थित बनाउन सबै सम्बन्धित विभागहरूलाई नाम्ची शहरभरि सरसफाई र सौन्दर्यीकरण अभियान सञ्चालन गर्न निर्देशन दिए। उनले सरसफाई अभियानमा आफू पनि सहभागी बन्ने आश्वासन दिॅंदै शौचालय सहित सार्वजनिक स्थलहरूमा सरसफाई कायम राख्न आह्वान गरे।
जिल्लापाल तामलिङले सबै विभागहरूलाई राज्यस्तरीय कलाकार भरोसा सम्मेलनमा सक्रिय रूपमा भाग लिन आग्रह गरिन्। उनले कार्यक्रमको तयारीलाई नजिकबाट निगरानी गर्ने र यसलाई भव्य रूपमा सफल बनाउन पूर्ण सहयोग गर्ने आश्वासन दिइन्।