By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 2022 र 2023 मा सिक्किममा 1.62 लाख अन्तरराष्ट्रिय पर्यटक आए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > 2022 र 2023 मा सिक्किममा 1.62 लाख अन्तरराष्ट्रिय पर्यटक आए
Uncategorized

2022 र 2023 मा सिक्किममा 1.62 लाख अन्तरराष्ट्रिय पर्यटक आए

SA Desk
Last updated: March 11, 2025 9:02 pm
SA Desk Published March 11, 2025
Share
SHARE

गान्तोक, 11 मार्च। कोभिड महामारीपछि सिक्किममा अन्तरराष्ट्रिय पर्यटकहरूको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। 2022 र 2023 सालमा कुल 1.62 लाख अन्तरराष्ट्रिय पर्यटकहरूले हिमाली राज्य सिक्किमको भ्रमण गरेका छन्।
केन्द्रिय पर्यटन मन्त्रीका अनुसार, 2022 मा कुल 68,645 अन्तरराष्ट्रिय पर्यटक सिक्किम भ्रमणमा आए। 2023 मा अन्तरराष्ट्रिय पर्यटकहरूको संख्या बढेर 93,908 पुग्यो। यी तथ्याङ्कहरूले राज्यको पर्यटन उद्योगमा उल्लेखनीय वृद्धिलाई उजागर गर्दछ, जसले दुई वर्षको कोभिड महामारीपछि आशाजनक सुधारको संकेत दिएको छ।
सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले संसदमा राखेको प्रश्नको जवाफमा केन्द्रिय पर्यटन मन्त्रीले संसदमा उक्त जानकारी साझा गरेका हुन्। 10 मार्चमा उपलब्ध गराइएको लिखित जवाफ अनुसार, 2022 र 2023 मा आठ पूर्वोत्तर राज्यहरूमध्ये सिक्किममा सबैभन्दा बढी विदेशी पर्यटकहरू आएका थिए।
लोकसभा सांसद सुब्बाले यी तथ्याङ्कहरूले अन्तरराष्ट्रिय पर्यटकहरूमा सिक्किमको बढ्दो लोकप्रियतालाई प्रतिबिम्बित गर्दछ भन्दै कोभिडपछि राज्यको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न मुख्यमन्त्री प्रेमसिंह तामाङले गरेको अथक प्रयासलाई श्रेय जान्छ भनी बताएका छन्। उनले राज्यको पर्यटन क्षेत्रले कोभिड महामारी कम भएपछि तुरुन्तै द्रुत गतिमा सुधार गरेको उक्त तथ्याङ्कहरूले स्पष्ट हुन्छ भनेका छन्।
उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किम सरकारले कोभिड राहतको घोषणा भएपछि राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा सिक्किमलाई सुरक्षित र आकर्षक गन्तव्यको रूपमा प्रवर्द्धन गर्न तत्काल कदम चालेको विज्ञप्तिमा उल्लेख गरेका छन्। यसैगरी, ट्राभल एजेन्ट एसोसिएशन आफ् सिक्किमसहित पर्यटन सरोकारवालाहरूद्वारा गरिएका आउटरिच पहलहरूले यस सफल पुनरुत्थानमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताएका छन्।
सांसद सुब्बाले आगामी ग्रीष्मकालीन पर्यटन मौसमलाई ध्यानमा राख्दै सिक्किम सरकारले राज्यको हवाई र सडक सम्पर्क सुनिश्चित गर्नका लागि सम्बन्धित केन्द्रिय मन्त्रालयहरू र केन्द्रिय एजेन्सीहरूसँग उच्च-स्तरीय वार्ता शुरू गरिसकेको जानकारी गराएका छन्। उनले यस हप्ताको शुरुमा पाकिम हवाई अड्डा र राष्ट्रिय राजमार्ग 10 को सुचारु सञ्चालन सुनिश्चित गर्न केन्द्रिय नागरिक उड्डयन मन्त्री र एनएचआईडीसीएलका शीर्ष अधिकारीहरूसँग भेट गरेको पनि जानकारी गराएका छन्।

एससी र एसटी अधिनियम कार्यान्वयनमाथि समीक्षा बैठक आयोजित

‘सिक्किम आइडल सिजन 2’ को अनलाइन स्क्रीनिङ 2 अप्रेलदेखि शुरू हुने

Rs. 8.48 crore sanctioned for Final Location Survey of Melli–Dentam railway line

एसकेएम विद्यार्थी प्रकोष्ठको विद्यार्थी प्रतिनिधि परिषदका सदस्यहरूसित भेटघाट तथा स्वागत कार्यक्रम

वाहन दुर्घटनामा दुई व्यक्तिको मृत्यु, चालक घाइते

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EntertainmentSA FeaturesSikkim

Sikkim Police Celebrates 50 Glorious Years of Statehood at 3rd IRBn, Manglay

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 1, 2025
सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
एसआईएफएफ 2026 समाप्त, अन्तिम दिन क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय सिनेमा बन्यो आकर्षणको केन्द्र
Sikkim Paryavaran Parva commences in Gangtok District
मुख्यमन्त्रीले आफ्नी आमासॅंग भेट गरेर अमूल्य आशीर्वाद ग्रहण गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?