By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 36 वर्षीय युवाको हत्याको आरोपमा 76 वर्षीय वृद्ध पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > 36 वर्षीय युवाको हत्याको आरोपमा 76 वर्षीय वृद्ध पक्राउ
EnvironmentLatest NewsNationalSikkim

36 वर्षीय युवाको हत्याको आरोपमा 76 वर्षीय वृद्ध पक्राउ

Aaron Rai
Last updated: July 24, 2025 5:31 pm
Aaron Rai Published July 24, 2025
Share
SHARE

गान्तोक, 24 जुलाई। गान्तोकको कृषि भवन परिसरमा गत 22 जुलाई एक 36 वर्षीय युवा कल्याण राई (लेबुङ, दार्जिलिङ) को हत्या भएको मामिला अघि आएको छ। सदर प्रहरीले हत्याको आरोपमा एक 76 वर्षीय पेमा ग्याल्पो लादिङपालाई पक्राउ गरेको छ। घटना 22 जुलाई, 2025 राति करिब 11 बजे आरोपी लादिङपाको घर परिसरमा भएको बताइएको छ। आरोपी अवकासप्राप्त एसीएफ वन विभाग अधिकारी हुन्।
पुलिस स्रोतअनुसार, 22 जुलाई आरोपीले आत्मसमर्पण गर्दै घटनाको जानकारी तादोङ आउटपोस्टमा दिएका थिए। मृतकको टाउको, घॉंटी, छाती, पेट र हातहरूमा धारिलो हतियारको चोट रहेको पाइएको छ। गम्भीर चोटका कारण घटनास्थलमै कल्याण राईको मृत्यु भयो। उनी केही समयदेखि सिक्किममा रोजगारको सिलसिलामा बसेका थिए। आरोपीले आत्मरक्षाको प्रयासमा प्रहार गर्दा हत्या भएको सुत्रबाट जानकारी प्राप्त भएको छ।
आरोपी सदर पुलिस हिरासतमा छन् भने घटनाको सम्बन्धमा भारतीय न्याय संहिता, 2023 को धारा 103 अन्तर्गत मुद्दा दर्ता गरिएको छ। कानुनी प्रक्रिया पूरा गरेपछि मृतकको शव बुधवार आफन्तलाई सुम्पिएको छ। घटनासम्बन्धी प्रारम्भिक छानबीनमा मृतकले लगभग तिन घण्टासम्म दैलो ढकढक्याउनुका साथै हल्ला गरेर आरोपीलाई दु:ख दिएको र दैलो खोलेर हेर्दा उक्त मृतकले धारिलो छुराले आरोपीमाथि हमला गरेको आरोप छ। आरोपीले आत्मरक्षामा हमला गर्दा कल्याण राईको हत्या भएको आरोपीको बयान रहेको बताइएको छ।
अर्कोतिर, आरोपीको बयानमा मात्र सिमित नरहेर पुलिसले गहिरो छानबीन गरिरहेको आश्वासन दिएको छ। घटनाको सम्बन्धमा सिक्किम पुलिसले आज सदर थानामा पत्रकार सम्मेलन गरि आधिकारिक बयान दिएको छ। यस मामिलालाई पुलिसले निष्पक्षताका साथ अघि बढाई काम गर्ने आश्वासन दिएको छ।
गान्तोक जिल्ला पुलिस अधीक्षक महिन्द्र सुब्बा, एएसपी कर्मा छिरिङ भोटिया, डीएसपी मिङ्ग्युर नादिकपा र एसएचओ निरज खतिवाडाले आज पत्रकार सम्मेलन मार्फत घटनाको बारेमा विस्तृत जानकारी दिएका छन्।

You Might Also Like

Football Thrills, Patriotic Performances, and Statehood Milestone Mark Gyalshing’s Ongoing 79th Independence Day Celebrations

नाबालिग केटीमाथि यौन दुर्व्यवहार, आफन्त पक्राउ

‘स्टेडियम रन 2025’ मा भाग लिन धावक अमर सुब्बा हैदराबाद प्रस्थान

7th Sarathi Samman Diwas Celebrates Drivers’ Contributions

‘गोल्डन पेगोडा म्याराथन 2025’ मा भाग लिन सिक्किमका धावकहरू पुगे अरुणाचल प्रदेश

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EnvironmentInvestmentNationalNortheastSikkim

Govt Team Concludes Glacial Lake Hazard Assessment in West Sikkim

Aaron Rai Aaron Rai July 11, 2025
National Seminar on Export Promotion Held in Sikkim to Support Local Businesses
एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न
नरबहादुर भण्डारी कलेजमा देवकोटा जयन्ती पालन
CM Calls on PM Modi; Discusses Key Issues Concerning Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?