By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 36 वर्षीय युवाको हत्याको आरोपमा 76 वर्षीय वृद्ध पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > 36 वर्षीय युवाको हत्याको आरोपमा 76 वर्षीय वृद्ध पक्राउ
EnvironmentLatest NewsNationalSikkim

36 वर्षीय युवाको हत्याको आरोपमा 76 वर्षीय वृद्ध पक्राउ

Suk Raj Aaron Rai
Last updated: July 24, 2025 5:31 pm
Suk Raj Aaron Rai Published July 24, 2025
Share
SHARE

गान्तोक, 24 जुलाई। गान्तोकको कृषि भवन परिसरमा गत 22 जुलाई एक 36 वर्षीय युवा कल्याण राई (लेबुङ, दार्जिलिङ) को हत्या भएको मामिला अघि आएको छ। सदर प्रहरीले हत्याको आरोपमा एक 76 वर्षीय पेमा ग्याल्पो लादिङपालाई पक्राउ गरेको छ। घटना 22 जुलाई, 2025 राति करिब 11 बजे आरोपी लादिङपाको घर परिसरमा भएको बताइएको छ। आरोपी अवकासप्राप्त एसीएफ वन विभाग अधिकारी हुन्।
पुलिस स्रोतअनुसार, 22 जुलाई आरोपीले आत्मसमर्पण गर्दै घटनाको जानकारी तादोङ आउटपोस्टमा दिएका थिए। मृतकको टाउको, घॉंटी, छाती, पेट र हातहरूमा धारिलो हतियारको चोट रहेको पाइएको छ। गम्भीर चोटका कारण घटनास्थलमै कल्याण राईको मृत्यु भयो। उनी केही समयदेखि सिक्किममा रोजगारको सिलसिलामा बसेका थिए। आरोपीले आत्मरक्षाको प्रयासमा प्रहार गर्दा हत्या भएको सुत्रबाट जानकारी प्राप्त भएको छ।
आरोपी सदर पुलिस हिरासतमा छन् भने घटनाको सम्बन्धमा भारतीय न्याय संहिता, 2023 को धारा 103 अन्तर्गत मुद्दा दर्ता गरिएको छ। कानुनी प्रक्रिया पूरा गरेपछि मृतकको शव बुधवार आफन्तलाई सुम्पिएको छ। घटनासम्बन्धी प्रारम्भिक छानबीनमा मृतकले लगभग तिन घण्टासम्म दैलो ढकढक्याउनुका साथै हल्ला गरेर आरोपीलाई दु:ख दिएको र दैलो खोलेर हेर्दा उक्त मृतकले धारिलो छुराले आरोपीमाथि हमला गरेको आरोप छ। आरोपीले आत्मरक्षामा हमला गर्दा कल्याण राईको हत्या भएको आरोपीको बयान रहेको बताइएको छ।
अर्कोतिर, आरोपीको बयानमा मात्र सिमित नरहेर पुलिसले गहिरो छानबीन गरिरहेको आश्वासन दिएको छ। घटनाको सम्बन्धमा सिक्किम पुलिसले आज सदर थानामा पत्रकार सम्मेलन गरि आधिकारिक बयान दिएको छ। यस मामिलालाई पुलिसले निष्पक्षताका साथ अघि बढाई काम गर्ने आश्वासन दिएको छ।
गान्तोक जिल्ला पुलिस अधीक्षक महिन्द्र सुब्बा, एएसपी कर्मा छिरिङ भोटिया, डीएसपी मिङ्ग्युर नादिकपा र एसएचओ निरज खतिवाडाले आज पत्रकार सम्मेलन मार्फत घटनाको बारेमा विस्तृत जानकारी दिएका छन्।

Sikkim Police Strengthens Police-Public Engagement through “Building Bonds” Programme in Namchi.

उत्तर सिक्किममा पैह्रोको चपेटमा परेर तीन जवानको मृत्यु, 6 जना बेपत्ता

आईएचसीएनबीटीको प्रतिनिधि टोलीले गऱ्यो नयॉं दिल्लीमा मुख्यमन्त्रीसॅंग भेट

पाकिम जिल्ला पुलिसद्वारा ‘लागूऔषध विरुद्ध युद्ध’ अभियान तीव्र, भारी मात्रामा लागूऔषधसहित आरोपीहरू पक्राउ

सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureNortheastSikkim

दिव्याङ्गजनका लागि भारतकै पहिलो प्रतिभा खोज कार्यक्रम झूम इन्टरनेशनलको अडिसन सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 5, 2025
मुख्यमन्त्री तामाङले नीति आयोगको 10औं गभर्निङ काउन्सिलको बैठकमा भाग लिए
Governor reaches out to people of North Sikkim
रम्फू खेलमैदानमा एसकेएम पार्टीको 14औं स्थापना दिवस भव्यरूपमा मनाइयोमुख्यमन्त्रीले भने, आत्मनिर्भर सिक्किम नबनेसम्म एसकेएमको क्रान्ति जारी रहनेछ
मुख्यमन्त्रीले श्री वेंकटेश्वर स्वामी मन्दिर र श्रीकालहस्ती मन्दिरको भ्रमण गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?