By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    प्रधानमन्त्री मोदीको २५ वर्षे सार्वजनिक सेवा यात्राको सिक्किम मन्त्रिमण्डलले गऱ्यो प्रशंसा
    October 13, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    सिक्किम फुटबल सङ्घको नयाँ कार्यकारिणी समिति निर्विरोध निर्वाचितमेन्ला इथेन्पा अध्यक्ष, फुर्बा शेर्पा महासचिव
    October 12, 2026
    राज्यपाल स्वर्ण कप: सुदेवा दिल्लीलाई पराजित गर्दै गोकुलम केरला सेमिफाइनलमा
    October 9, 2026
  • Politics
    PoliticsShow More
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रधानमन्त्री मोदीको २५ वर्षे सार्वजनिक सेवा यात्राको सिक्किम मन्त्रिमण्डलले गऱ्यो प्रशंसा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > प्रधानमन्त्री मोदीको २५ वर्षे सार्वजनिक सेवा यात्राको सिक्किम मन्त्रिमण्डलले गऱ्यो प्रशंसा
Latest NewsNationalOpinionPolitician

प्रधानमन्त्री मोदीको २५ वर्षे सार्वजनिक सेवा यात्राको सिक्किम मन्त्रिमण्डलले गऱ्यो प्रशंसा

Suk Raj Aaron Rai
Last updated: October 13, 2026 6:02 am
Suk Raj Aaron Rai Published October 13, 2026
Share
SHARE

गान्तोक, १२ अक्टोबर। मुख्यमन्त्री प्रेमसिंह तामाङले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा २५ वर्ष पूरा गरेको अवसरमा विशेष मन्त्रिमण्डल बैठक आयोजना गरी उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ७ अक्टोबर, २००१ मा गुजरातको मुख्यमन्त्रीका रूपमा पदभार ग्रहण गरेदेखि शुरु भएको प्रधानमन्त्री मोदीको सार्वजनिक सेवा यात्राले २५ वर्ष पूरा गरेको ऐतिहासिक अवसरमा मन्त्रिमण्डल बैठक बसेको बताएका छन्।
मुख्यमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरूसँगै प्रधानमन्त्री मोदीको नेतृत्व यात्राको सराहना गर्दै राष्ट्र निर्माण, समावेशी विकास, सुशासन तथा समृद्ध, आत्मनिर्भर र विश्वमा सम्मानित भारत निर्माण गर्ने उनको दृष्टिकोणप्रति सम्मान व्यक्त गरेका छन्। सार्वजनिक सेवामा बिताएका २५ वर्ष जनताको आकाङ्क्षाप्रतिको प्रतिबद्धता र चुनौतीलाई राष्ट्रिय प्रगतिका अवसरमा रूपान्तरण गर्ने सङ्कल्पको प्रमाण भएको उनले उल्लेख गरेका छन्।
मन्त्रिमण्डलले प्रधानमन्त्री मोदीको ‘सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास’ भन्ने मूलमन्त्रको विशेष प्रशंसा गरेको छ। यसले सामूहिक सहभागिता, समावेशी विकास, जनविश्वास र साझा जिम्मेवारीका सिद्धान्तलाई समेटेको मुख्यमन्त्रीले बताएका छन्। त्यसैगरी, ‘एक भारत, श्रेष्ठ भारत’ को अवधारणाले राष्ट्रिय एकता, सांस्कृतिक सद्भाव र एकीकरणलाई सुदृढ बनाएको उल्लेख गर्दै भारतको विविधता नै देशको सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्।
मन्त्रिमण्डलले पूर्वोत्तर भारतको विकाससम्बन्धी प्रधानमन्त्रीको दृष्टिकोणको पनि सराहना गरेको छ। पूर्वोत्तर क्षेत्र विकास, सम्पर्क सञ्जाल, लगानी, पर्यटन र क्षेत्रीय सहकार्यको महत्त्वपूर्ण केन्द्रका रूपमा अघि बढिरहेको मुख्यमन्त्रीले बताएका छन्।
मुख्यमन्त्रीले पूर्वोत्तरका आठ राज्यलाई ‘अष्टलक्ष्मी’ का रूपमा वर्णन गर्ने प्रधानमन्त्रीको दृष्टिकोणले यस क्षेत्रको सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, रणनीतिक महत्त्व र आर्थिक सम्भावनालाई प्रतिबिम्बित गरेको उल्लेख गरेका छन्। उनले पूर्वाधार विकास, सम्पर्क सञ्जालको विस्तार, जीविकोपार्जनका अवसर तथा जनकेन्द्रित विकासमार्फत पूर्वोत्तरलाई राष्ट्रिय मूलधारसँग नजिक ल्याउने प्रयासले यस क्षेत्रका लागि प्रगतिका नयाँ सम्भावना खोलेको पनि बताएका छन्।
सिक्किम सरकारका तर्फबाट मुख्यमन्त्री तामाङले राज्यको विकास र जनकल्याणका लागि प्रधानमन्त्री मोदीले प्रदान गर्दै आएको सहयोग, प्रोत्साहन र निरन्तर प्रतिबद्धताप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्।सिक्किमको ५०औँ राज्य स्थापना दिवस समारोहको समापन कार्यक्रममा प्रधानमन्त्रीको उपस्थितिलाई राज्यका जनताका लागि सौभाग्यपूर्ण अवसरका रूपमा उल्लेख गर्दै उनले प्रधानमन्त्रीको स्नेह र सहयोगप्रति हार्दिक धन्यवाद दिएका छन्। उनले कोभिड-१९ महामारी, विनाशकारी टिस्टा बाढी, भूकम्प, पैह्रो तथा अन्य सङ्कटपूर्ण परिस्थितिमा प्रधानमन्त्रीले प्रदान गरेको सहयोगलाई स्मरण गर्दै सिक्किम सरकार सधैँ कृतज्ञ रहने बताएका छन्।
मुख्यमन्त्रीले प्रधानमन्त्रीको नेतृत्व र दृष्टिकोणले सिक्किममा दिगो विकास, सम्पर्क सञ्जालको सुधार, पर्यटन प्रवर्द्धन, पर्यावरण संरक्षण, स्वास्थ्य सेवा, शिक्षा तथा जनताको जीविकोपार्जनका अवसर विस्तार गर्ने राज्यको आकाङ्क्षालाई बल पुर्याएको पनि उल्लेख गरेका छन्।
मन्त्रिमण्डलले प्रधानमन्त्रीको नेतृत्वमा राज्यहरूलाई आफ्नो विशिष्ट पहिचान, सांस्कृतिक सम्पदा र पर्यावरणीय सम्पत्तिको संरक्षण गर्दै राष्ट्रिय विकासमा सक्रिय योगदान दिन निरन्तर प्रोत्साहित गरेकोमा सहराना गरेको छ। उनले हिमाली राज्य सिक्किमका लागि विकाससँगै पर्यावरणीय दिगोपन, आपदा सामना गर्ने क्षमता र स्थानीय समुदायको कल्याणलाई समान महत्त्व दिनुपर्ने भएकाले यो दृष्टिकोण विशेष महत्त्वपूर्ण रहेको बताएका छन्।
मन्त्रीमण्डलको बैठकले २०४७ सम्मसम्म विकसित भारत निर्माण गर्ने साझा लक्ष्यलाई अघि बढाउन भारत सरकारसँग घनिष्ठ सहकार्य जारी राख्ने प्रतिबद्धता दोहोर्याएको छ। साथै, समृद्ध, प्रगतिशील र आत्मनिर्भर सिक्किम निर्माण गर्ने राज्यको आफ्नै आकाङ्क्षालाई अघि बढाउने निर्णय पनि व्यक्त गरिएको छ।
मन्त्रिमण्डलले प्रधानमन्त्रीको निरन्तर मार्गदर्शनमा पूर्वोत्तर क्षेत्र भारतको विकास र रूपान्तरणको प्रमुख संवाहकका रूपमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेको छ। यस ऐतिहासिक अवसरमा मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री मोदीलाई शुभकामना दिँदै उनको नेतृत्व, राष्ट्रप्रतिको समर्पण र भारतको विकास यात्रामा पुर्याएको योगदानप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले सार्वजनिक सेवामा २५ वर्ष पूरा गर्नु व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई नेतृत्व, जनसेवाप्रतिको प्रतिबद्धता र राष्ट्रिय रूपान्तरणको उल्लेखनीय यात्रालाई सम्मान गर्ने अवसर पनि रहेको उल्लेख गरेका छन्। उनले यस यात्राले लाखौँ मानिसलाई प्रेरित गर्दै अझ सशक्त, समावेशी र समृद्ध भारत निर्माण गर्ने सामूहिक सङ्कल्पलाई बलियो बनाएको बताएका छन्।

सांसद सुब्बाले आङ्गनवाडी केन्द्रहरूको पूर्वाधार सुधारका लागि तत्काल कारबाही गर्न आह्वान गरे

मुख्यमन्त्री तामाङले पूर्व राज्यपाल चौरसियासंग भेट गरेर स्वास्थ्यबारे जानकारी लिए

सामदोङमा नाबालिग विद्यार्थीमाथि भएको अमानवीय व्यवहारको चौतर्फी निन्दा, आरोपी विरुद्ध कडा कानुनी कारबाहीको माग

केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए

मन्त्री राईले आवास एवं शहरी मामिला मन्त्रालयको भर्चुअल बैठकमा भाग लिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsOpinionPoliticsSikkim

सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 31, 2026
सिक्किम सरकारको पहलमा 45 बिरामीहरूलाई उपचारका लागि पठाइयो उच्चस्तरीय अस्पताल
बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
Sikkim Observes International Year of Cooperatives 2025 at Raj Bhavan
राष्ट्रको प्रगतिमा सिक्किमको योगदानप्रति भारत गर्व गर्दछ: प्रधानमन्त्री
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?