By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु
    October 28, 2026
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गान्तोकमा प्रसिद्ध ‘नेपथ्य’ को सङ्गीतिक प्रस्तुति, १५ हजार दर्शक सहभागी हुने अपेक्षा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > गान्तोकमा प्रसिद्ध ‘नेपथ्य’ को सङ्गीतिक प्रस्तुति, १५ हजार दर्शक सहभागी हुने अपेक्षा
CultureIndustrySikkim

गान्तोकमा प्रसिद्ध ‘नेपथ्य’ को सङ्गीतिक प्रस्तुति, १५ हजार दर्शक सहभागी हुने अपेक्षा

Suk Raj Aaron Rai
Last updated: October 29, 2026 1:14 pm
Suk Raj Aaron Rai Published October 29, 2026
Share
SHARE

गान्तोक, २९ अक्टोबर। नेपालको लोकप्रिय सङ्गीत समूह ‘नेपथ्य’ ले आगामी ३१ अक्टोबरमा गान्तोकस्थित पाल्जोर स्टेडियममा सङ्गीतिक प्रस्तुति दिने कार्यक्रमको तयारी तीव्र पारिएको छ। आयोजक समितिले उक्त कार्यक्रममा करिब १५ हजार दर्शक सहभागी हुने अपेक्षा गरेको छ। दर्शकहरूमध्ये हजारौँ सिक्किमबाहिरका साथै विदेशबाट समेत आउने बताइएको छ।
राजधानीमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रम आयोजक समितिका प्रमुख संरक्षक तथा विधायक सञ्जीत खरेलले नेपथ्य समूहका सदस्यहरू बुधबार नै गान्तोक आइपुगेको जानकारी दिए। उनले कार्यक्रम भव्य रूपमा आयोजना गरिने बताउँदै अधिकांश टिकट बिक्री भइसकेको जानकारी दिए।
खरेलका अनुसार, बुधबारसम्म करिब ११ हजार टिकट बिक्री भइसकेका छन्। तीमध्ये सिक्किमबाहिरबाट लगभग चार हजार दर्शकले टिकट काटेका छन्। कार्यक्रममा लगभग १५ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। यसका साथै केही विदेशी नागरिकसमेत कार्यक्रममा सहभागी हुने सम्भावना रहेको उनले बताए।
उनले ३१ अक्टोबरका दिन पाल्जोर स्टेडियमको प्रवेशद्वार दिउँसो ३ बजी खोलिने जानकारी दिए। यसअघि प्रवेशद्वार साँझ ५ बजी खोल्ने समय निर्धारण गरिएको थियो। दर्शकहरूको सहज प्रवेश र भीड व्यवस्थापनलाई ध्यानमा राख्दै समय परिवर्तन गरिएको उनले बताए। मञ्च निर्माणको काम शुक्रबारसम्म पूरा हुने उनले अगवत गराए।
कार्यक्रममा सहभागी हुने दर्शकहरूको सुरक्षा र यातायात व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको खरेलले बताए। उनले कार्यक्रमस्थल तथा आसपासका क्षेत्रमा भीड नियन्त्रण र सवारीसाधनको आवागमन व्यवस्थित गर्न पुलिसले आवश्यक तयारी गरेको जानकारी दिए। दर्शकहरूले सुरक्षित वातावरणमा कार्यक्रमको आनन्द लिन सकून् भन्ने उद्देश्यले आयोजक समिति र सम्बन्धित निकायले समन्वय गरिरहेको उनले बताए।
कार्यक्रमको आर्थिक महत्त्वबारे प्रकाश पार्दै विधायक खरेलले यसले सिक्किमको अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्याउने बताए। कार्यक्रमका लागि गान्तोक आउने पर्यटक तथा सङ्गीतप्रेमीहरूको सङ्ख्या बढ्दा होटल, रेस्टुरेन्ट, ट्याक्सी व्यवसायी तथा अन्य स्थानीय व्यवसायले लाभ प्राप्त गर्ने अपेक्षा गरिएको बताए। यसबाट स्थानीय आर्थिक गतिविधि बढ्नुका साथै राज्यको राजस्वमा समेत योगदान पुग्ने उनले बताए।
नेपथ्यको यस प्रस्तुति सिक्किम, छिमेकी क्षेत्र तथा अन्य स्थानका सङ्गीतप्रेमीहरूलाई एकै ठाउँमा जोड्ने महत्त्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ। यस कार्यक्रमलाई यस वर्ष गान्तोकमा आयोजना हुन लागेका प्रमुख सङ्गीतिक कार्यक्रमहरूमध्ये एकका रूपमा हेरिएको छ।

Celebrating Miss Bindhya Subba: Championing Yoga in Sikkim

अन्तरराष्ट्रिय सहकारी वर्षको सबै सहकारी संस्था र सहकारी नेतृत्वहरुलाई शुभकामना

DC makes first official visit Yuksom Subdivision

पूर्व सरकारले ‘विभाजन गर र शासन गर’ नीति अपनाएर सिक्किमलाई जात-जातमा विभाजन गरेका थिए: मुख्यमन्त्री गधले

Sikkim CM attends High-Level Task Force meeting on Tourism in North Eastern Region

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalPoliticianSA NepaliTourism

सांसद सुब्बाले उपराष्ट्रपति राधाकृष्णनसॅंग भेट गरे, सिक्किम सम्बन्धित प्रमुख मुद्दाहरूबारे अवगत गराए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 14, 2025
जब-एक्सटेन्शन विरुद्ध सीएपी सिक्किमले ‘पेन्शन नट् पोजिशन’ अभियान थाल्ने
VIEW POINT
CS Reviews Preparations for International Tourism Mart 2025
जनगणना 2027 माथि पहिलो चरणको राज्यस्तरीय बैठक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?