By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राजधानीमा गान्तोक गट ट्यालेन्ट सम्पन्न, राज्यपाल र मुख्यमन्त्री सहभागी
    April 15, 2025
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    Latest News
    पाकिमका ९ वर्षीय इशान मंगरलाई मिनर्भा एकेडेमीमा १० वर्षे पूर्ण छात्रवृत्ति
    November 17, 2026
    पूर्व विधायक केबी राईको निधन, एसडीएफद्वारा शोक व्यक्त
    November 17, 2026
    एसडीएफ मुख्यालय टोलीले मङ्गन जिल्लाको भ्रमण गर्यो
    November 16, 2026
    सौतेली छोरीमाथि यौन दुर्व्यवहार गर्ने व्यक्तिलाई ३० वर्षको कठोर कारावास
    November 14, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफ मुख्यालय टोलीले मङ्गन जिल्लाको भ्रमण गर्यो
    November 16, 2026
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफ मुख्यालय टोलीले मङ्गन जिल्लाको भ्रमण गर्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > एसडीएफ मुख्यालय टोलीले मङ्गन जिल्लाको भ्रमण गर्यो
InsiderLatest NewsPolitics

एसडीएफ मुख्यालय टोलीले मङ्गन जिल्लाको भ्रमण गर्यो

Suk Raj Aaron Rai
Last updated: November 16, 2026 5:34 pm
Suk Raj Aaron Rai Published November 16, 2026
Share
SHARE

गान्तोक, १६ नोभेम्बर। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको मुख्यालय टोलीले आज उत्तर सिक्किमअन्तर्गत मङ्गन जिल्लाका लाचेन, माङ्सिला तथा जङ्गु क्षेत्रका विभिन्न गाउँहरूको स्थलगत भ्रमण गर्यो। टोलीले उत्तर सिक्किमका स्थानीयवासीहरूले वर्तमान समयमा भोगिरहेका विविध समस्या, कठिनाइ तथा चुनौतीहरूबारे प्रत्यक्ष जानकारी लिँदै उनीहरूको अवस्था र जनगुनासोको जायजा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
भ्रमणका क्रममा स्थानीयवासीहरूले वर्तमान सरकारमा सिक्किमेली जनताले आफ्ना मौलिक अधिकारसमेत गुमाउनुपर्ने अवस्था सिर्जना भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विशेषगरी, सिक्किमका विशेष संरक्षित समुदाय तथा अनुसूचित जनजातिको भविष्य नै अन्योलपूर्ण र असुरक्षित बन्दै गएको उनीहरूको गुनासो रहेको एसडीएफको भनाइ छ।
एसडीएफले भनेको छ, ‘सिक्किमको सत्ता र शासन व्यवस्था क्रमशः सिक्किमेली जनताको हातबाट बाहिरिँदै गएकोमा चिन्ता व्यक्त गर्दै स्थानीयवासीहरूले अब आफ्नो अधिकार र पहिचानको संरक्षणका लागि वर्तमान सरकारलाई सत्ताबाट हटाउनु अपरिहार्य भइसकेको धारणा राखे। यस परिस्थितिमा एसडीएफ पार्टीले अझ सक्रिय र सशक्त रूपमा अघि बढ्नुपर्ने आग्रहसमेत उनीहरूले गरे।’
स्थानीयवासीहरूले एसडीएफ पार्टीको सिक्किमेवादी नीतिप्रति आफ्नो समर्थन रहेको स्पष्ट पार्दै सिक्किम र सिक्किमेली जनताको हित तथा अधिकारको संरक्षणका लागि एसडीएफ पार्टी नै प्रतिबद्ध रहेको धारणा व्यक्त गरे। साथै, एसडीएफबाहेक अन्य कुनै पनि राजनीतिक दलले सिक्किम र सिक्किमेली जनताको वास्तविक हितलाई प्राथमिकतामा राख्न नसकेको उनीहरूले ठहर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रवीण गुरुङको ठोकुवा, म जन्म, कर्म र कानुनले खॉंटी सिक्किमे हुॅं

२०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी

मन्त्री भोजराज राई आवास तथा शहरी मामिला मन्त्रालयको राष्ट्रिय समीक्षा बैठकमा सहभागी बने

भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न

गान्तोक नगर निगम र सिङताम नगर पञ्चायतका लागि पॉंच उम्मेदवारले बुझाए मनोनयन पत्र

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureEconomyLatest NewsSikkimTourism

मुख्यमन्त्रीले रेशिथाङमा ‘हाम्रो गाउॅंले बजार’ को उद्घाटन गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 8, 2026
गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
रोथोक खोलाबाट दुईवटा शव उद्धार
एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
रम्फू खेलमैदानमा एसकेएम पार्टीको 14औं स्थापना दिवस भव्यरूपमा मनाइयोमुख्यमन्त्रीले भने, आत्मनिर्भर सिक्किम नबनेसम्म एसकेएमको क्रान्ति जारी रहनेछ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?