By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    निबन्धकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कारले सम्मानित
    July 27, 2026
    आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो
    July 27, 2026
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    समरदुङ सुरुङ त्रासदीको जॉंच गर्न सरकारले उच्चस्तरीय कमिटी गठन गऱ्यो, 15 दिनमा रिपोर्ट बुझाउने
    July 27, 2026
  • Politics
    PoliticsShow More
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
Art & LiteratureInsiderNationalSA Nepali

गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित

Suk Raj Aaron Rai
Last updated: May 13, 2026 4:54 pm
Suk Raj Aaron Rai Published May 13, 2026
Share
SHARE


गान्तोक, 13 मईः दशकौँको पर्खाइपछि आज सिक्किममा माटो कवि जीवन थिङको मूर्ति स्थापनाको सपना साकार भएको छ। राजधानी गान्तोकको मनन केन्द्र र रचना बुक्स नजिकै जीवन थिङ मार्गमा जीवन थिङको मूर्तिको आज अनावरण गरियो। अखिल सिक्किम तामाङ बौद्ध संघको तत्त्वावधानमा आयोजित समारोहमा गान्तोक नगर निगमकी मेयर छिरिङ पाल्देन भोटियाको करकमलबाट मूर्तिको विधिवत् अनावरण गरियो।
समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि श्रीमती छिरिङ पाल्देनले यस ऐतिहासिक एवम् गौरवमय क्षणको साक्षी बन्ने अवसर जुराइदिएकोमा आयोजकप्रति कृतज्ञता प्रकट गरिन्। उनले जीवन थिङ जस्ता माटोप्रेमी कवि तथा साहित्यकारको मूर्ति स्थापना गरेर उनको साहित्यिक योगदानको मूल्याङ्कन भएको बताइन्। समारोहमा पत्रकार तथा कवि प्रवीण खालिङले जीवन थिङको जीवनीमाथि विस्तृत रूपमा प्रकाश पार्दै थिङले विश्व साहित्य-सङ्गीतका महत्वपूर्ण हस्ती जोहन किट्स, पर्सिबीसी शेली र भिक्टर हारा जस्तै कम्ती बाँचेर धेरै काम गरेको बताए। 19 दिसम्बर 1955-मा जन्म ग्रहण गरेका थिङले छोटो जीवनमा अमर कर्महरू गरेको बताउँदै खालिङले उनको नाममा बाटोको नाम राखिएको दशकौँपछि मात्र उनले माटो पाएको अनि ढिलै भए तापनि उनको मूर्ति स्थापना हुनुले यस साहित्य र समाजलाई माया गर्नेहरूमा हर्षित र गौरवान्वित बनेको मन्तव्य गरे। थिङले कलिलो उमेरमा लेखेका कथाले अन्तरराष्ट्रिय स्तरको मान्यता प्राप्त गरेको तथा नेपालबाट रत्नश्री स्वर्णपदक प्राप्त गरेको उनले जानकारी गराए। उक्त पुरस्कार 23 वर्षपछि सिक्किम ल्याइपुऱ्याएको बताउँदै यस महत् कार्यमा नेपाली साहित्य परिषदको योगदान महत्वपूर्ण रहेको बताए। जीवन थिङको मूर्ति स्थापित भएपछि अब उनको नामको साहित्यिक व्याख्यानमालाहरू सञ्चालनमा ल्याउनुपर्ने खालिङले सुझाउ राखे। जीवन थिङको माटो प्रेम राजनैतिक भूगोलको माटो प्रेम नभएर जन्मेको ठाउँप्रतिको साश्वत मायाको रूपमा हेरिनुपर्ने बताए। सबै कुरा राजनैतिक आँखाबाट मात्र नभएर सामाजिक साहित्यिक र कलात्मक आँखाबाट हेर्नुपर्ने उनले बताए। खालिङले अबउसो डेभलपमेन्ट एरिया जाने बाटोमा पर्ने कार्यालय र पत्रचारहरूसमेतमा जीवन थिङ मार्ग प्रयोग गरेर उनलाई स्थापित गर्नुपर्ने आह्वान गरे। नेपाली साहित्य परिषद् सिक्किमका महासचिव भीम राउतले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको छेकमा माटोलाई माया गर्ने सिक्किमे छोरोको मूर्ति स्थापना हुनु गौरवको विषय बताउँदै मूर्ति स्थापनाको पहल गर्ने अखिल सिक्किम तामाङ बौद्ध संघप्रति कृतज्ञता प्रकट गरे। उनले यस मार्गको नामाकरण पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको कार्यकालमा भएको अनि वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ नेतृत्त्वावधीन सरकारमा मूर्ति स्थापना भएको उल्लेख गर्दै दुवैप्रति कृतज्ञता प्रकट गरे। यसरी नै विगतमा जीवन थिङको मूर्ति स्थापना गर्न अनेकौँ प्रयास गर्ने पूर्वमन्त्री थुक्चुक लाचुङपालाई पनि सम्झना गर्दै उनको प्रयासले लेखक-पत्रकार समाजमा चेतना ल्याउने कार्य गरेको बताए। उनले आजको समारोहमा उपस्थित सबैप्रति कृतज्ञता प्रकट गरे। कार्यक्रमलाई कवि प्रमील थिङले सञ्चालन गरेका थिए।
समारोहमा उप-मेयर सारा लामा, नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुङ्गेल, सिक्किम अकादेमीका महासचिव पूर्ण योञ्जन, प्रशासनिक सचिव पीएल प्रधान, जीवन थिङका परिवारका सदस्यवर्ग, तामाङ बौद्ध संघका महासचिव अदीप तामाङ, सिक्किम सरकारका विशेष अधिकारी भवानी घिमिरे र विष्णु राणा, रचना बुक्सका प्रकाशक रमण श्रेष्ठ, लेखक, साहित्यकार एवम् पत्रकारको उपस्थिति रहेको थियो।

सिक्किम आफ्नो प्राकृतिक सम्पदा, स्वच्छ पर्यावरण, सामाजिक सद्भावको लागि परिचित: मुख्यमन्त्री

कवि जीवन थिङको मूर्ति अनावरणप्रति मुख्यमन्त्रीद्वारा हर्ष प्रकट

Sikkim to celebrate Aama Samman Diwas on August 10

पारु रुचालले पाकिम जिल्लाको पुलिस अधीक्षकको कार्यभार सम्हालिन्

भारतकी राष्ट्रपति मुर्मूले रिज पार्कमा अर्किडेरियमको भ्रमण गरिन्

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
PoliticsSA NepaliSikkim

एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 15, 2025
राज्यपालले दिए राज्यवासीहरूलाई सागा दावाको हार्दिक शुभकामना
विभिन्न विपक्षी राजनीतिक दलहरूबाट एसकेएममा सामेल हुनेहरूलाई स्वागत
ओभरलोड ट्रकहरूको अनियन्त्रित आवागमनले समस्या निम्त्याइरहेको छ: बीआरओ
मुख्यमन्त्रीले बलिवुडका एक चर्चित फिल्म निर्माता अनुराग बसुसॅंग भेट भएकोमा खुशी व्यक्त गरेका छन्।
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?