By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नरबादुर भण्डारी कलेजमा नेपाली भाषा मान्यता दिवस पालन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > नरबादुर भण्डारी कलेजमा नेपाली भाषा मान्यता दिवस पालन
Latest NewsLatest NewsSikkim

नरबादुर भण्डारी कलेजमा नेपाली भाषा मान्यता दिवस पालन

Suk Raj Aaron Rai
Last updated: September 3, 2024 4:15 pm
Suk Raj Aaron Rai Published September 3, 2024
Share
SHARE

प्रेस विज्ञप्ति

नरबहादुर भण्डारी कलेजमा नेपाली भाषा मान्यता दिवस
नेपाली भाषाले संवैधानिक मान्यता पाएयता यसको सही महत्त्व यसपटक सिक्किमका मुख्यमन्त्री पी एस तामाङले बुझाउन सकेको मन्तव्य पद्मश्री सम्मानद्वारा विभूषित सानु लामाले व्यक्त गर्नुभयो । उनले नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङ‌को नेपाली विभागद्वारा आयोजित ३३औँ नेपाली भाषा मान्यता दिवसमा मुख्य अतिथिको सम्बोधन राख्ने क्रममा यसो भनेका हुन् ।


कलेजको एकाडेमिक क्यालेन्डरको प्रमुख कार्यक्रममध्ये नेपाली भाषा मान्यता दिवस रहँदै आएको छ। यस वर्ष ३० अगस्टका दिन सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कलेजको नेपाली विभागका पहिलो शिक्षक श्री रुद्र पौड्‌याल, विभागकी पहिलो शिक्षिका प्रो डा पुष्प शर्मा, डा शोभाकान्ति थेगिम (लेप्चा) मेमोरियल ट्रस्टका अध्यक्ष तथा वर्ष २०२४ का भानु पुरस्कारद्वारा सम्मानित श्री डुपछिरिङ लेप्चा, शिक्षा विभाग, सिक्किम सरकारका विशेष सचिव तथा उच्च एवम् प्राविधिक शिक्षाका निदेशक श्री भीम ठटाल तथा भारतीय नेपाली राष्ट्रिय परिषद्‌का सदस्य श्री चन्द्र दुलाल रहेका थिए।


कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा श्री सानु लामाले नेपाली भाषा मान्यता आन्दोलनको ऐतिहासिक कैरन प्रस्तुत गरे। यस क्रममा उनले आन्दोलनमा सक्रिय व्यक्तित्वहरुको सम्झना र सह‌भागिताको मुग्ध प्रशंसा गरे। सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी र तत्कालीन लोकसभा सांसद श्रीमती दिलकुमारी भाण्डारीको नेतृत्व क्षमता र कार्यशैलीले नेपाली भाषा मान्यता आन्दोलनलाई फत्ते गरेर छोडेको प्रसङ्‌ग पनि निकाले। श्री भण्डारीले कुनै पनि कार्यालयका सानाभन्दा साना कर्मचारीबाट निवेदन थालेर ठुला अधिकारीसम्म पुग्ने कार्यशैलीबाट सबैजसो केन्द्र सरकारका कर्मचारीहरू अभिभूत भएको बताए।


कार्यक्रममा स्रोत वक्ताका रूपमा उपस्थित श्री भीम ठटालले नेपाली भाषा मान्यताको आन्दोलनमा स-साना सङ्‌घ संस्थाहरूको भूमिकाबारे उपस्थित भेलालाई अवगत गराए । यसै गरी भारतको संविधानले भाषाबारे जुन लचिलोपनको प्रावधान प्रदान गरेको छ, त्यसमा लोकतन्त्रको सुन्दरता रहेको बताए। विभिन्न समयका शिक्षा नीतिहरूबारे तुलनात्मक चर्चा गर्दै नयाँ शिक्षा नीति 2020 विद्यार्थीहरूका लागि मातृ‌भाषाको महत्त्व वीजारोपणमा अहम् भूमिका निर्वाह गर्ने बताए । उनले सिक्किमका सम्माननीय मुख्यमन्त्रीले गरेको घोषणाले भाषा मान्यताको महत्त्वलाई थप बल दिएका बताउँदै सिक्किमले यस सम्बन्धमा थप ऊर्जा र उत्तरदायित्वसहित काम गर्नुपर्ने बताए।


कलेजका प्राचार्य डा देवव्रत पुरोहितले आफ्नो सम्बोधनमा आफू केही भाषा अन्य बोल्न सक्ने भए तापनि नेपाली भाषाको मिठासले जहिल्यै मोहित बनेको बताए र आफ्नो मातृ‌भाषाले अभिव्यक्त गर्नसक्ने जति अभिप्राय छन् ती अरू भाषाले अभिव्यक्त गर्न नसक्ने विचार राखे ।


कार्यक्रमका अवसरमा नेपाली सम्मान पाँचौँ सत्रका विद्यार्थीद्वारा सम्पादित विभागको भित्ते पत्रिका ‘कोपिला’-को वर्ष 8 अङ्‌क 1 को पनि अतिथिगणद्वारा विधिवत अनावरण गरियो ।


कार्यक्रममा विद्यार्थीहरू पूजा छेत्री, मेघना ढकाल, रोहन राई, प्रकाश भट्टराई, प्रतीक्षा शर्माले स्वरचितत कविता वाचन गरे भने हेमा मालेले एकल नृत्य प्रस्तुत गरिन् । यसै गरी मित्रलाल दुलाल, एभिल सुनार, विवेक प्रधान, रुसाली गुरुङ, रीता छेत्री, प्रिसिला राई, र सन्ध्या छेत्री, अमिषा नेपाल, नुर्जुला बराहली, सुभद्रा शर्मा र पूजा छेत्रीले सामूहिक नृत्य प्रस्तुत गरे।


कार्यक्रममा नेपाली भाषा मान्यता आन्दोलनमा भारतीय नेपाली राष्ट्रिय परिषद्‌सँग संलग्न व्यक्तित्व श्री चन्द्र दुलाललाई सम्मान जनाइ‌यो भने वर्ष 2024 का भानु पुरस्कारद्वारा सम्मानित श्री डुपछिरिङ लेप्चालाई पनि अभिनन्दन गरियो। नेपाली भाषा मान्यता दिवसको छेक पारेर आयोजित निबन्ध लेखन प्रतियोगितामा पहिलो सत्रका अनुप शर्मा, तेस्रो सत्रका आकाश राई अनि पाँचौँ सत्रकी अञ्जना छेत्री विजयी बने ।


कार्यक्रममा भाषा मान्यता दिवसका दिन पाकिम जिल्लाअन्तर्गत सरकारी उच्चतर माध्यमिक विद्यालय डिक्लिङमा सम्पन्न अन्तर-महाविद्यालय तर्क प्रतियोगितामा विजयी बनेको नरबहादुर भण्डारी महाविद्यालय तादोङका तार्किक दलका सदस्य अस्मिता शर्मा, दर्शन राई, सुमित्रा शर्मा, नम्रता शर्मा र पूजा शर्मालाई प्रमाणपत्र र नगद राशि हस्तान्तरण गरियो।


कार्यक्रममा कलेजका उपप्राचार्य डा जीवन उपाध्याय, प्रशासनिक अधिकारी तथा संयुक्त निदेशक श्रीमती डोमाल्हमु जिम्बा, विभिन्न विभागका प्राध्यापक, सह-प्राध्यापक र सहायक प्राध्यापक लगायत कलेजको केन्द्रीय पुस्तकालयका कर्मचारीहरूको पनि विशेष उपस्थिति रहेको थियो । कार्यक्रमलाई नेपाली वीभागका विभागाध्यक्ष डा उदय छेत्रीले स्वागत सम्बोधन राखेका थिए भने डा शारदा छेत्रीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

सांसद सुब्बाले केन्द्रिय रेलमन्त्रीसॅंग मल्ली-देन्ताम रेलवे परियोजना र रम्फू-रानीपुल रेल सम्पर्कबारे छलफल गरे

रिम्बीमा ठूलो पैह्रो, सडक सम्पर्क अवरुद्ध, मानवीय क्षति भएन

श्रमदानमा निर्मित घर उद्घाटन गरेर लाभार्थीलाई हस्तान्तरण

छह वर्षको लामो अन्तरालपछि नथुला हुँदै भारत-चीन सीमा व्यापार पुनः शुरु

CM Attends State-Level Review of New Criminal Laws at Samman Bhawan

TAGGED:GangtokSikkimSikkim news
Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
National

उत्तर सिक्किममा पर्यटकहरूको वाहन झऱ्यो टिस्टा नदीमा, दुई जना उद्धार, 9 जना बेपत्ता, व्यापक खोज एवं उद्धार कार्य जारी

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 30, 2025
सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल
नाम्चीको सेन्ट्रल पार्कमा प्रधानमन्त्री विश्वकर्म मेलाको उद्घाटन
Temi Tea second flush launched
CM announces insurance scheme for lumberjacks at State Disaster Risk Reduction Day
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?