By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: रिम्बीमा ठूलो पैह्रो, सडक सम्पर्क अवरुद्ध, मानवीय क्षति भएन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > रिम्बीमा ठूलो पैह्रो, सडक सम्पर्क अवरुद्ध, मानवीय क्षति भएन
EnvironmentInsiderLatest News

रिम्बीमा ठूलो पैह्रो, सडक सम्पर्क अवरुद्ध, मानवीय क्षति भएन

Suk Raj Aaron Rai
Last updated: September 2, 2026 3:52 pm
Suk Raj Aaron Rai Published September 2, 2026
Share
SHARE


गेजिङ, 02 सेप्टेम्बर । गेजिङ जिल्लाअन्तर्गत रिम्बी-सिङ्गलिताम ग्राम पञ्चायत एकाईमा पर्ने रिम्बीमा बुधबार बिहान गएको ठूलो पैह्रो गयो। पैह्रोका कारण ७२औँ बटालियन सशस्त्र सीमा बल (एसएसबी) मुख्यालयसँगको सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ।
एसएसबीका अनुसार, २ सेप्टेम्बर बिहान लगभग ६ः३० देखि ७ बजीको बीचमा ७२औँ बटालियन मुख्यालयबाट अनुमानित ४.५ किलोमिटर टाढा रिम्बी क्षेत्रमा ठूलो पैह्रो गयो। पैह्रोसॅंगै सिक्सा खोलाबाट आएको ठूलो पानीको बहावले गेजिङ-पेलिङ-युक्सम मार्ग (स्टेट हाइवे-२७) को सडकमा क्षति पुर्‍याएको छ।
पैह्रोका कारण ७२औँ बटालियन मुख्यालयतर्फको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ भने उक्त मार्गमा सवारीसाधनको आवागमन ठप्प भएको छ। सौभाग्यवश घटनामा मानवीय क्षति वा सम्पत्तिमा क्षति भएन।
प्रभावित स्थलको ७२औँ बटालियनका कमान्डेन्ट, गेजिङका जिल्लाका जिल्लापाल, गेजिङका सहायक पुलिस अधीक्षक, विद्युत् विभागका अधीक्षक अभियन्ता, सडक तथा पुल निर्माण विभागका कार्यकारी अभियन्ता, वन विभागका प्रतिनिधि तथा रिम्बी जीपीयूकाका अध्यक्ष मंगल राईले संयुक्त निरीक्षण गऱ्यो।
निरीक्षणका क्रममा अधिकारीहरूले पैह्रोबाट उत्पन्न अवस्था, सडक अवरोधको अवस्था तथा सडक सम्पर्क पुनःस्थापनाका लागि आवश्यक कदमबारे मूल्याङ्कन गरेका थिए। प्रभावित मार्ग पुनः सञ्चालनका लागि आवश्यक काम शुरु गरिएको बताइएको छ।
गेजिङका जिल्लापालको अनुरोधमा युक्समस्थित ७२औँ बटालियन एसएसबीको उद्धार तथा राहत टोलीसहित बटालियनका अन्य सुरक्षाकर्मीहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरियो। टोलीले जिल्ला प्रशासन तथा सम्बन्धित कार्यान्वयन निकायसँग समन्वय गर्दै पैह्रोको माटो तथा भग्नावशेष हटाउने, प्रभावित सडक सफा गर्ने र सडक सम्पर्क पुनःस्थापना गर्ने कार्यमा सहयोग गऱ्यो। साथै, आवश्यकताअनुसार तत्काल सहयोग उपलब्ध गराउन आरआरटी टोलीले स्थानीय प्रशासनसँग निरन्तर समन्वय गरिरहेको जनाइएको छ।
गेजिङ-पेलिङ-७२औँ बटालियन-युक्सम सडक पुनः सञ्चालन गर्न थप सडक निर्माण तथा पुनःस्थापनाको काम शुरु गरिएको छ। स्थलको अवस्था तथा कामको प्रगतिका आधारमा सडक सम्पर्क पुनःस्थापित गर्न करिब ३ देखि ४ दिन लाग्ने अनुमान गरिएको छ। क्षतिग्रस्त लगभग ३० मिटर लामो सडक तथा पुल खण्डको पुनर्निर्माण गरी उक्त मार्गलाई भारी सवारीसाधन सञ्चालनका लागि पूर्ण रूपमा उपयुक्त बनाउन भने करिब ३ देखि ४ महिना लाग्ने अनुमान गरिएको छ।
७२औँ बटालियन एसएसबी, युक्समले नागरिक प्रशासन तथा सम्बन्धित विभागसँग नजिकको समन्वयमा घटनास्थलको अवस्थालाई निरन्तर निगरानी गरिरहेको बताइएको छ। आरआरटी टोली तथा बटालियनका अन्य सुरक्षाकर्मीहरू प्रभावित क्षेत्रमा तैनाथ रहँदै सडक सम्पर्क पुनःस्थापना तथा सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सुरक्षा एवं हित सुनिश्चित गर्न सम्भव सबै सहयोग प्रदान गरिरहेका छन्।

Yangang Conclave concludes with grand cultural exchange programme

कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप

पत्रकार खगेन्द्रमणि प्रधानलाई ‘काशीराज प्रधान लाइफ टाइम जर्नलिज्म अवार्ड 2025’ ले सम्मानित गरिनेपत्रकार अम्बर गुरुङलाई वाईएन भण्डारी उत्कृष्ट पत्रकारिता पुरस्कार 2025

Governor celebrates Diwali with Army soldiers at Dokala

माघे मेला 2026 को तयारीलाई लिएर संयुक्त निरीक्षण

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
OpinionPoliticsSA Nepali

सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 25, 2026
Sikkim: Chief Secretary Chairs High-Level Coordination Meeting on GLOF Preparedness
सांसद सुब्बाले निर्वाचन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन जोड दिए
सिक्किम अकादेमी पुरस्कार २०२५ परम्परागत बाँस शिल्पकार भरत राईलाई अर्पण गरिने घोषणा
Chief Ministers of Sikkim and Assam discuss regional development
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?