By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नेपाली साहित्य परिषद, सिक्किमले आरम्भ गऱ्यो 12 नोभेम्बरलाई देवकोटा जन्मजयन्ती दिवस
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > नेपाली साहित्य परिषद, सिक्किमले आरम्भ गऱ्यो 12 नोभेम्बरलाई देवकोटा जन्मजयन्ती दिवस
Latest NewsSikkim

नेपाली साहित्य परिषद, सिक्किमले आरम्भ गऱ्यो 12 नोभेम्बरलाई देवकोटा जन्मजयन्ती दिवस

SA Desk
Last updated: November 13, 2024 1:48 pm
SA Desk Published November 12, 2024
Share
SHARE

प्रेस विज्ञप्ति

नेपाली साहित्य परिषद, सिक्किमले सिक्किम भारतको २२ औँ राज्यको रूपमा प्रतिष्ठापित भएको ५० औँ वर्षको उपलक्ष्यमा १२ नोभेम्बर, २०२४ का दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती समारोह भव्यताका साथ पालन गऱ्यो।
नेपाली साहित्य परिषद, सिक्किमका अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न भएको यस जन्मजयन्ती समारोहमा दीप प्रज्ज्वलनका साथ कार्यक्रम आरम्भ गरिएको थियो। कार्यक्रममा सर्वप्रथम महाकविको तस्वीरमा माल्यार्पण गरिए पश्चात महाकविको काव्यकृतिबाट सुश्री रञ्जना कार्कीले ‘शुन्यतामा शुन्यसरी बिलाएँ’ नामक कविता वाचन गरेकी थिइन।
त्यस पश्चात् कार्यक्रममा औपचारिक रूपमा परिषदकी कार्यकारिणी सदस्य श्रीमती रूपा तामाङले स्वागत सम्बोधन राखिन। विशेषतः कार्यक्रममा महाकविको व्यक्तित्व एवम् कृतित्वमाथि वार्तासँगै कवि गोष्ठी साथै साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। यसमा महाकविको व्यक्तित्व एवम् कृतित्वमाथि प्रबुद्ध साहित्यकार श्री प्रवीण राई जुमेलीले “हामी कसैले पनि देवकोटालाई समग्र रूपमा आजपर्यन्त बुझ्ने सकेका छैनौ।” हामी ज-जसले जति देवकोटालाई बुझेका छौँ त्यतिले मात्र देवकोटालाई बुझेर पुग्दैन। देवकोटाले सबै विधामा कलम चलाएर नेपाली साहित्य ऋणी तुल्याउनु भएको छ। प्रकृतिसँग सधैँ रमाउने देवकोटाको विलक्षण काव्यिक क्षमतालाई हामीले नमम गर्नु पर्छ भन्ने विचार प्रकट गर्नुभयो। यसरी नै कविता वाचनको क्रममा भवानी घिमिरे सिक्किमे, रञ्जना कार्की, राधा पाण्डे, नवीन लामीछाने, बिमला लुइँटेल आदिले कविताहरू वाचन गरेर उपस्थित श्रोताहरूलाई मन्त्रमुग्ध तुल्याए।
यसरी नै कार्यक्रममा गायक जीवन शर्मा र गणेश ढुङ्गेलको गायन प्रस्तुतीले कार्यक्रमलाई अतिरिक्त उचाइमा पुऱ्याएको थियो।
परिषदकी कार्यकारिणी सदस्य उषा शर्माद्वारा सञ्चालित यस कार्यक्रमको अन्त्यमा परिषदका अध्यक्ष श्री हरि ढुङ्गेलले ‘हाम्रा विभूतिहरूको जन्मजयन्ती अङ्ग्रेजी क्यालेण्डरकै आधारमा पालन हुँदै आएकोले क्यालेण्डर अनुरूप महाकविको जन्मजयन्ती १२ नोभेम्बरमा पर्ने भएको हुँदा यस वर्षदेखि यसै दिनलाई आधार मानेर महाकविको जन्मजयन्तीलाई पालन गर्ने परिषदले निर्णय लिएको विषय कार्यक्रममा राख्नु भयो। यसरी नै १९५२ तिर देवकोटा सिक्किम आउनु भएको थियो। देवकोटाले टेकेको सिक्किमेली भूमि भाषा साहित्यको क्षेत्रमा उर्वर बनेको छ। यहाँ ठेलीका ठेली पुस्तक तथा पत्र-पत्रिकाहरू धमाधम प्रकाशन भइरहेका छन्। यो भाषा साहित्यको विकासमा एउटा शुभ लक्षण हो भन्ने मन्तव्य व्यक्त गरे। देवकोटाले नेपाली साहित्यलाई लगाएको गुण हामीले जन्मजयन्ती मनाएर मात्र होइन तर उहाँद्वारा सृजित काव्यकृति तथा रचनाहरूमाथि संगोष्ठीहरू आयोजन गरेर उहाँका विचार-चिन्तनलाई जीवनमा उतार्नु सक्यौँ भने उहाँप्रतिको साँचो श्रद्धाञ्जली अर्थपूर्ण हुनेछ भन्ने विचार प्रकट गर्नु भयो।

जोसेफ लेप्चा
प्रचार-सचिव
नेपाली साहित्य परिषद, सिक्किम
9832483978

You Might Also Like

संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ

प्रतिबन्धित नशालु पदार्थको साथमा एक व्यक्ति पक्राउ

अधिकारसहित सम्मानजनक जीवन बाँच्न सकिने वातावरण निर्माण गर्नु सीएपीको प्रमुख उद्देश्य: गणेश राई

Showcasing Sikkim’s Splendour at TTF Kolkata 2025

रिज पार्कस्थित स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियम सर्वसाधारणका लागि खुला

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
AgricultureEconomyInvestmentMarketingNationalStartup

Sikkim’s Khem Kumar Chettri Bags “Best Fish Farmer Award” at National Event in Tripura

Aaron Rai Aaron Rai July 10, 2025
मुख्यमन्त्रीले अन्तरराष्ट्रिय महिला दिवसको शुभकामना दिए
राजभवनद्वारा भव्य रात्रिभोजको आयोजन
राज्यपालले दिए राज्यवासीहरूलाई सागा दावाको हार्दिक शुभकामना
Celebration of Pang Lhabsol at Tholung Gumpa, Dzongu
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?