By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: चिनियाँ मूलकी दुई अमेरिकी नागरिक अवैध तरिकाले सिक्किम प्रवेश
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > चिनियाँ मूलकी दुई अमेरिकी नागरिक अवैध तरिकाले सिक्किम प्रवेश
Uncategorized

चिनियाँ मूलकी दुई अमेरिकी नागरिक अवैध तरिकाले सिक्किम प्रवेश

SA Desk
Last updated: March 9, 2025 9:28 pm
SA Desk Published March 9, 2025
Share
SHARE

सोधपुछपछि फिर्ता पठाइयो रम्फू चेकपोस्टबाट

गान्तोक, 9 मार्चः गैर-कानुनी ढङ्गमा सिक्किम प्रवेश गरेकी दुई चिनियाँ मूलका अमेरिकी नागरिकलाई आज रम्फू पुलिस थानामा एफआरआरओ र सिक्किम पुलिसले सोधपुछ गरेर फर्काइदिएको छ। विशेष सूत्रबाट प्राप्त जानकारीअनुसार गत 14 फरवरीको दिन, दुई चिनियाँ मूलका अमेरिकी नागरिक 56 वर्षीय कर्मा डोल्मा र 31 वर्षीय तेञ्जिङ छोनीलाई रम्फू चेकपोस्टबाट फिर्ता पठाइएको थियो। ती दुई महिलाले सिक्किम प्रवेशका लागि भारत सरकारको गृह मन्त्रालयबाट अनुमति पाएका थिएनन्। उनीहरू त्यसपछि कालेबुङ गएका थिए र 20 फरवरीमा पुनः रम्फू चेकपोस्टलाई छल्दै सिक्किम प्रवेश गरेका थिए।

पछि ती दुई अमेरिकी नागरिक रूम्तेकमा आफ्ना नातेदारको घरमा बसोबास गरिरहेको एफआरआरओ (FRRO)- सिक्किमलाई थाहा लाग्यो। ती नातेदार रूम्तेक गुम्बाका शिक्षक रहेको थाहा लागेको छ। उक्त दुई महिलालाई रूम्तेक गुम्बामा तिब्बती लोसार पर्वमा सहभागी बनेका थिए।
सिक्किम प्रवेश गर्न उनीहरूसँग न त गृह मन्त्रालयको अनुमति (MHA Clearance) थियो, न त संरक्षित क्षेत्र अनुमति (Protected Area Permit – PAP) नै थियो। चिनियाँ मूलका विदेशी नागरिकहरू ‘प्राथमिक सन्दर्भ वर्ग’ (Prior Reference Category) अन्तर्गत पर्दछन्,जसअनुसार उनीहरूले गृह मन्त्रालयबाट पूर्वस्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ।
एफआरआरओ र सिक्किम पुलिसले यो खुला कानुनी उल्लङ्घनको तत्काल कारबाही गर्दै आज 9 मार्चको दिन रम्फू पुलिस थानामा ती दुई महिलासँग सोधपुछ गरी रम्फू चेकपोस्टबाट पुन: फिर्ता पठाएको छ।
यी दुई चिनियाँ मूलका अमेरिकी नागरिकले जानी-जानी सिक्किमका कानूनहरू उल्लङ्घन गरेका छन् र रूम्तेकमा रहेका तिनका नातेदारको सहयोगमा अवैध रूपमा सिक्किम प्रवेश गरेका हुन्। सिक्किम भारतको सीमावर्ती राज्य भएकोले यहाँका सबै नागरिक, विशेषगरी विदेशी नागरिकको आतिथ्य गर्नेहरूले, यस्तो अवैध प्रवेशको जानकारी तत्काल सुरक्षा निकायलाई दिन र कानूनको पालना गर्न पूर्ण सहयोग गर्न आवश्यक ठहर्दछ।

फिदाङमा पुलको क्षतिग्रस्त भाग पुनर्स्थापित

वाहन दुर्घटनामा दुई व्यक्तिको मृत्यु, चालक घाइते

राज्यपालले होली पर्वको राज्यवासीहरूलाई शुभकामना दिए

मुख्यमन्त्रीले राज्यका जनतालाई दिए होलीको शुभकामना

केन्द्रिय मन्त्री प्रल्हाद जोशीले भारत-चीन सीमा क्षेत्रस्थित छाङ्गु लेक र नाथुला पासको भ्रमण गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentLatest NewsNortheast

पश्चिम सिक्किमको रिम्बिक गाउॅंमा पैह्रोले लियो तीन जनाको ज्यान, दुई गम्भीर घाइते

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 12, 2025
Better Urban Planning Proposed through launch of NAKSHA
Sikkim INSPIRES & H&FW Department Launch Program on Youth Mental Health & Suicide Prevention
DR Thapa re-elected as Sikkim BJP president
मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?