गान्तोक, 03 मई। कुजु सांस्कृतिक महोत्सवको तेस्रो दिन आज राजधानीको मनन केन्द्रमा आयोजित एक कार्यक्रममा लोक लेखा समितिका अध्यक्ष तथा विधायक सोनाम भेन्चुङपा मुख्य अतिथिको रूपमा सहभागी बने। दिनको शुरुवात सिक्किम राज्य अभिलेखागारमा आयोजित सम्पदा पदयात्राबाट भयो। यस क्रममा सहभागीहरूलाई ऐतिहासिक संग्रह र कागजातहरूको निर्देशित भ्रमण गराइयो र राज्यको समृद्ध विगतको अद्वितीय झलक प्रदान गरियो।

त्यसपछि, सिनेप्रेमीहरूका लागि मनन केन्द्रको मिनी हलमा फ्रान्सेली फिल्म ‘द माउन्टेन’ प्रदर्शित गरियो, जसले दर्शकहरूलाई अन्तरराष्ट्रिय सिनेमा र यसको कलात्मक सूक्ष्मताहरू अनुभव गर्ने मौका प्रदान गरेको थियो।
यसपछि, सिक्किम राज्य एड्स नियन्त्रण समाजको सहकार्यमा मुम्बईको हमसफर ट्रस्टद्वारा मनन भवनमा नाटक ‘एक माधवबाग’ मञ्चन गरिएको थियो। प्रसिद्ध अभिनेत्री मोना अम्बेगाउँकरले एकल प्रस्तुति दिएकी थिइन्।
कार्यक्रममा भुटान सांस्कृतिक समूह र संस्कृति विभागका प्रतिभाशाली कलाकारहरूले लोकगीत प्रस्तुत गरेका थिए। सॉंझ एमजी मार्गमा रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
