By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु
    October 28, 2026
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम कला तथा साहित्य महोत्सवको दोस्रो संस्करण २८ देखि ३० अक्टोबरसम्म
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > सिक्किम कला तथा साहित्य महोत्सवको दोस्रो संस्करण २८ देखि ३० अक्टोबरसम्म
Art & LiteratureInvestmentNational

सिक्किम कला तथा साहित्य महोत्सवको दोस्रो संस्करण २८ देखि ३० अक्टोबरसम्म

Suk Raj Aaron Rai
Last updated: October 26, 2026 4:11 pm
Suk Raj Aaron Rai Published October 26, 2026
Share
SHARE

गान्तोक, 26 अक्टोबर। विद्यार्थी कल्याण बोर्डले राज्य शिक्षा विभाग र टिमवर्क आर्ट्ससँगको सहकार्यमा सिक्किम कला तथा साहित्य महोत्सवको दोस्रो संस्करण आयोजना गरिरहेको छ। उक्त महोत्सव आगामी २८ देखि ३० अक्टोबरसम्म राजधानीको रिज पार्क र ह्वाइट हलमा आयोजना हुनेछ।यस तीन दिवसीय महोत्सवलाई लिएर आज रिज पार्कस्थित स्थानीय एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विधायक आदित्य गोलेले यस महोत्सवलाई सिक्किम सरकार अन्तर्गत समावेश गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरे। उनले महोत्सवको पहिलो संस्करण २०२३ मा युक्सममा आयोजना गरिएको जानकारी गराए।उनले विशेषगरी विद्यार्थीहरू लगायत इच्छुक सर्वसाधारणलाई महोत्सवमा सहभागी हुन आग्रह गर्दै यसले बौद्धिक क्षितिज विस्तार गर्न, समग्र सिकाइलाई प्रोत्साहन गर्न तथा महोत्सवअन्तर्गत आयोजना गरिने कार्यशालाहरूमा सहभागी हुने अवसर प्रदान गर्ने बताए। उनले राज्यभरिका विद्यालय तथा विश्वविद्यालयका शिक्षकहरूलाई पनि आफ्ना विद्यार्थीहरूसहित महोत्सवमा सहभागी भई उनीहरूको सिकाइ अनुभवलाई समृद्ध बनाउन आह्वान गरे।शिक्षा र सीप विकासमा केन्द्रित यस पहलको चर्चा गर्दै उनले महोत्सवलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रतिष्ठित कार्यक्रमका रूपमा स्थापित गर्न कार्यकारी समितिले सबैबाट सुझाउ तथा प्रतिक्रियाहरूलाई स्वागत गर्ने बताए।विद्यार्थी कल्याण बोर्डका अध्यक्ष सोनाम छोपेलले बालबालिकाहरू कार्यशालामा सहभागी भइरहँदा अभिभावकहरूले विभिन्न विषयमा आयोजित छलफल सत्रहरूमा भाग लिन सक्ने बताए। उनले महोत्सवको उद्देश्य समग्र सिकाइलाई प्रवर्द्धन गर्नु र साहित्यको उत्सव मनाउनु रहेको उल्लेख गर्दै यसको प्रवर्द्धन तथा संरक्षणमा योगदान दिन सर्वसाधारणलाई आग्रह गरे।संस्कृति विभागकी अध्यक्ष भीमकुमारी शर्माले महोत्सवमा आयोजना गरिने विविध गतिविधिहरूबारे जानकारी दिइन्। उनले सबै उमेर समूहका मानिसहरूलाई लक्षित गरी लेखन, चित्राङ्कन तथा कला र हस्तकलासम्बन्धी कार्यशालाहरू सञ्चालन गरिने बताइन्।शिक्षा विभाग (विद्यालय शिक्षा) का सचिव टाशी छोपेलले तीनदिने महोत्सवमा प्रतिष्ठित लेखक, साहित्यकार तथा छलफलकर्ताहरूको सहभागिता रहने जानकारी दिए। महोत्सवमा साहित्य, इतिहास, वातावरण, स्वास्थ्य तथा स्वस्थ जीवनशैलीलगायत विविध विषयमा छलफल गरिने उनले बताए। उनले महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ख्यातिप्राप्त लेखक र कविहरू सहभागी हुने बताए।उनले विद्यालय तथा महाविद्यालयका विद्यार्थीहरूका साथै अन्य इच्छुक व्यक्तिहरूलाई पनि महोत्सवमा सहभागी हुन आग्रह गरे। यसले उनीहरूको ज्ञानको दायरा विस्तार गर्नुका साथै शैक्षिक संस्थाहरूमा सैद्धान्तिक रूपमा प्राप्त हुने सिकाइभन्दा बाहिरका विषयमा नयाँ दृष्टिकोण हासिल गर्न सहयोग पुग्ने उनले बताए।टिमवर्क आर्ट्सका उपाध्यक्ष सैयद शम्स जावेदले आफ्नो संक्षिप्त सम्बोधनमा महोत्सव सबै उमेर समूहका मानिसहरूका लागि खुल्ला रहेको बताए। उनले महोत्सवमा सहभागिताका लागि दर्ता अनिवार्य हुने जानकारी दिँदै सहभागी हुने विशिष्ट अतिथिहरूबारे पनि प्रकाश पारे।उनका अनुसार, महोत्सवमा विभिन्न सहभागितामूलक क्षेत्रहरू रहनेछन्। यसअन्तर्गत हरेक बिहान र साँझ सांगीतिक प्रस्तुति, पुस्तकमा लेखकको हस्ताक्षर लिने कार्यक्रम तथा पुस्तक पसलहरू सञ्चालन गरिनेछन्। उनले महोत्सवलाई सफल बनाउन र यसलाई वार्षिक कार्यक्रमका रूपमा निरन्तरता दिन सर्वसाधारणलाई सक्रिय सहभागिता जनाउन आग्रह गरे।

राज्य शिक्षा विभागलाई प्रतिष्ठित सार्वजनिक प्रणालीमा नवाचार केन्द्र पुरस्कार 2024 प्राप्त

सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए

MLA Inspects Newly Constructed District Hospital Namchi

भाजपा नेताहरूले शिवालिक कम्पनीका अधिकारीहरूलाई भेटे, माखा-डिक्चु सडकको सोचनीय अवस्थाको मुद्दा उठाए

कवि जीवन थिङको मूर्ति अनावरणप्रति मुख्यमन्त्रीद्वारा हर्ष प्रकट

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureNationalSA Nepali

मुख्यमन्त्री प्रेमसिंह तामाङले वरिष्ठ साहित्यकार सानु लामाको निधन गहिरो शोक प्रकट गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 12, 2025
भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
CM Distributes Aama Sashaktikaran Aid to Rhenock Beneficiaries
एएमएसको लागि गान्तोक जिल्ला प्रशासनिक केन्द्रलाई राष्ट्रिय पुरस्कार
राज्यपाल माथुरले गरे महात्मा बुद्धको प्रतिमाको अनावरण
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?