By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रधानमन्त्रीको सिक्किम भ्रमणलाई स्मरणीय र प्रभावशाली बनाउन जुट्यो प्रदेश भाजपा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > प्रधानमन्त्रीको सिक्किम भ्रमणलाई स्मरणीय र प्रभावशाली बनाउन जुट्यो प्रदेश भाजपा
Sikkim

प्रधानमन्त्रीको सिक्किम भ्रमणलाई स्मरणीय र प्रभावशाली बनाउन जुट्यो प्रदेश भाजपा

Suk Raj Aaron Rai
Last updated: May 23, 2025 5:29 pm
Suk Raj Aaron Rai Published May 23, 2025
Share
SHARE


गान्तोक, 23 मई। भारतीय जनता पार्टी, सिक्किमको आज सिङ्तामस्थित राज्य पार्टी मुख्यालयमा कार्यकारी समितिको एक महत्वपूर्ण बैठक आयोजन गरियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी 29 मई, 2025 का दिन सिक्किम भ्रमणमा आइरहेका छन्। प्रधानमन्त्रीको भव्य स्वागत सुनिश्चित गर्न पार्टीको भूमिकाको रणनीति तयार गर्नु र समन्वय गर्नु बैठकको मुख्य विषय रहेको प्रदेश मिडिया प्रभारी निरेन भण्डारीले विज्ञप्तिमा बताएका छन्।
बैठक भाजपा सिक्किम प्रदेश अध्यक्ष डीआर थापाको अध्यक्षतामा भएको थियो र बैठकमा राज्य कार्यकारिणी समितिका सदस्यहरूको उपस्थिति थियो। छलफलको क्रममा समितिले सर्वसम्मतिले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको आगामी भ्रमणको लागि हार्दिक आभार व्यक्त गरेको छ। भ्रमण सिक्किमका जनताको लागि विशेष महत्व राख्छ र राज्यको विकास र कल्याणप्रति केन्द्रिय नेतृत्वहरूको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ भनी विज्ञप्तिमा उल्लेख गरिएको छ।
अध्यक्ष डीआर थापाले प्रधानमन्त्रीको भ्रमण अत्यन्तै गौरवको विषय रहेको बताउॅंदै यसलाई विकसित भारत र विकसित सिक्किमको राष्ट्रिय दृष्टिकोणमा सिक्किमको सक्रिय सहभागितालाई पुन: पुष्टि गर्ने अवसर रहेको बताए। उनले सबै पार्टी कार्यकर्ताहरूलाई तयारीमा पूर्ण रूपमा समर्पित हुन र प्रधानमन्त्रीलाई न्यानो र सम्मानजनक स्वागत प्राप्त होस् भन्ने सुनिश्चित गर्न आह्वान गरे।
तयारीको एक भागको रूपमा पार्टीले राज्य कार्यकारिणीका विभिन्न सदस्यहरूलाई विशिष्ट जिम्मेवारी सुम्प्यो। यसमा प्रोटोकल व्यवस्थापन, स्थानीय प्रशासनसँग समन्वय, मिडिया संलग्नता, स्वयंसेवक परिचालन र जनसम्पर्क समावेश छन्। भाजपा सिक्किमले प्रधानमन्त्रीको भ्रमणलाई स्मरणीय र प्रभावशाली बनाउन सिक्किम सरकार र जनतालाई सबै सहयोग प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्‍याएको छ।
बैठकपछि, प्रदेश अध्यक्ष थापाले सिङताम बजारमा चलिरहेको सेवा एवं सम्पर्क अभियानको पनि भ्रमण गरे। उनले मानिसहरूसॅंग अन्तरक्रिया गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील नेतृत्वमा भाजपा सरकारले शुरु गरेका विभिन्न कल्याणकारी योजनाहरू र पहलहरूको पूर्ण लाभ लिन आग्रह गरे।

गान्तोकमा जिल्लास्तरीय एकता मार्च आयोजित

एसकेएम राज्यस्तरीय नारी शक्तिद्वारा नवनियुक्त नारी पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त

एसडीएफ चेली मोर्चाद्वारा महिला आयोग र डीजीपीलाई शिकायत पत्र चढ़ाइयो

स्वर्ण जयन्ती केवल अतीतको गौरव स्मरण गर्ने होइन, तर भविष्यको दिशा तय गर्ने अवसर पनि हो: राज्यपाल

West Point SSS, NSA Mangan & Namchi SSS pipebands advance to Zonal Finals

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
OpinionPoliticianreligionSA FeaturesSA Nepali

१७औँ रोलु दिवसको तयारीलाई लिएर पहिलो बैठक सम्पन्न, सामान्य रूपमा पालन गरिने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 4, 2025
Education department gears towards 100% Pass rate in board exams
May 22, 2026
Sikkim’s Golden Jubilee Celebrations: Sikkim Milk Union prepares to launch new dairy products
मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?