गान्तोक, 03 जून। उत्तर सिक्किममा प्राकृतिक प्रकोपपछि राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ) खोज एवं उद्धार कार्यको निम्ति मैदानमा अघि आएको छ। मंगलवार बिहान एनडीआरएफ कर्मचारीहरूको टोली लिएर दुईवटा वी-5 हेलीकप्टर पाकिमस्थित ग्रीनफिल्ड एयरपोर्टमा अवतरण गऱ्यो।एनडीआरएफ एकाइहरू सेटेलाइट फोन र आवश्यक आपतकालीन उपकरणहरूले सुसज्जित छन्।
अत्यावश्यक सामग्रीहरूले सुसज्जित 23 जना एनडीआरएफ कर्मचारीहरू बिहान पाकिम ग्रीनफिल्ड एयरपोर्टबाट उत्तर सिक्किमको छातेनतर्फ प्रस्थान गरेको छ। यस तैनातीको उद्देश्य सुदूर क्षेत्रमा स्थलगत प्रयासहरूलाई बलिलो बनाउनु रहेको छ, जहॉं हालैका प्राकृतिक प्रकोपहरूका कारण पहुँच गम्भीर रूपले बाधित बनेको छ। टोलीहरूले प्रभावित क्षेत्रहरूमा निकासी, उद्धार र अस्थायी सञ्चार लाइनहरू स्थापना गर्न मद्दत गर्नेछन्।
अधिकारीहरूले मौसमको वर्तमान स्थितिको आधारमा वैकल्पिक पैदल मार्गहरू खोज्न र हेलीप्याड सञ्चालनको सम्भाव्यताको आकलन गर्न निर्देश जारी गरेका छन्। एनडीआरएफ टोलीहरूले समयमै सहायता सुनिश्चित गर्न प्रयासहरू गर्ने बताइएको छ।

Leave a comment