By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्रीले पेमा छोलिङ गुम्बाको उद्घाटन गरे, विकास र सांस्कृतिक सम्पदा संरक्षणप्रति पुनः प्रतिबद्धता दोहोर्याए
    July 24, 2026
    ‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित
    July 14, 2026
    साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान
    July 13, 2026
    सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो
    July 13, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: साहित्यकार शंकरदेव ढकाललाई भानु पुरस्कार प्रदान गरिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > साहित्यकार शंकरदेव ढकाललाई भानु पुरस्कार प्रदान गरिने
Art & LiteratureLatest NewsSikkim

साहित्यकार शंकरदेव ढकाललाई भानु पुरस्कार प्रदान गरिने

Suk Raj Aaron Rai
Last updated: July 3, 2025 2:29 pm
Suk Raj Aaron Rai Published July 3, 2025
Share
SHARE

गान्तोक, 03 जुलाई। वरिष्ठ साहित्यकार शंकरदेव ढकाललाई भानु पुरस्कार प्रदान गरिने भएको छ। आगामी 13 जुलाई, 2025 मा पालन गरिने 211औं भानु जयन्तीमा साहित्यकार ढकाललाई भानु पुरस्कारले अभिनन्दित गरिने छ। उक्त घोषणा नेपाली साहित्य परिषद, सिक्किमका अध्यक्ष हरि ढुङ्गेलले आज पत्रकार सम्मेलनमा गरे।
विकास क्षेत्रस्थित परिषद भवनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ढुङ्गेलले भानु पुरस्कारलगायत सेवा श्री सम्मान र भाषा गौरव सम्मान प्रापकहरूको पनि नाम घोषणा गरे। उनले राजधानीको मनन केन्द्रमा आगामी 13 जुलाईका दिन पालन गरिने 211औं भानु जयन्तीमा साहित्य अकादमी पुरस्कारले पुरस्कृत साहित्यकार एसडी ढकाललाई ‘भानु पुरस्कार’ प्रदान गरिने बताए।
कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहनेछन्। पुरस्कार स्वरूप अंगवस्त्र, ताम्रपत्र, प्रशस्ति पत्र र नगद 51 हजार रूपियॉं अर्पण गरिने छ। यसैगरी, अध्यक्ष ढुङ्गेलले आ-आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान दिने विशिष्ट व्यक्तित्वहरूको नाम सेवा श्री सम्मानको निम्ति घोषणा गरे।
परिषदले यसपाली भाषा सेवा श्री सम्मानले अबि नारायण मिश्र र चन्द्र राईलाई सम्मानित गर्ने भएको छ। यसरी नै साहित्य सेवा श्री सम्मानले वाङ्गदी छिरिङ लामा, नाट्य सेवा श्री सम्मानले पुष्पराज अधिकारी, सङ्गीत सेवा श्री सम्मानले सीबी गुरुङ, पत्रकारिता सेवा श्री सम्मानले डिल्लीराम दुलाल र नृत्य सेवा श्री सम्मानले किरण लामालाई सम्मानित गरिने छ। सम्मानित व्यक्तित्वहरूलाई अंगवस्त्र, प्रशस्ति पत्र र स्मृति चिन्ह अर्पण गरिने छ।
परिषदले वर्षेनी भोटिया र लेप्चा समुदायबाट साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई भाषा गौरव सम्मानले सम्मानित गर्दै आएको छ। यसपाली लेप्चा भाषामा पुष्प छोडेन थोमस लेप्चा र भोटिया भाषामा हिस्से रिन्जिङ भोटियालाई सम्मानित गरिने छ।
यस अघि अध्यक्ष ढुङ्गेलले पूर्वार्धको कार्यक्रम भानु उद्यानमा आयोजन गरिने बताए, जसमा राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहनेछन्। भानु उद्यानमा कार्यक्रमको समापनसॅंगै शोभायात्रा निकालिने छ, जुन राजधानीको परिक्रमापछि मनन केन्द्रमा पुगेर समाप्त हुनेछ।
उनले यसपाली शोभायात्रा अन्तर्गत खुल्ला वर्गमा प्रतियोगिता हुने छैन भने विद्यार्थी वर्गमा प्रतियोगिता हुने जानकारी गराए। यस अतिरिक्त, यसपाली झॉंकी पनि नेपाली साहित्य परिषदद्वारा नै तयार गरिने उनले बताए। उत्तरार्धको कार्यक्रम दिउॅंसो 12:30 बजीदेखि मनन भवनमा शुरू हुनेछ।
यस अघि महासचिव नीलम न्यौपानेले 7 जुलाईका दिन कविता प्रतियोगिता (खुल्ला/विद्यार्थी) सम्पन्न गरिने बताए। यसरी नै 8 जुलाईका दिन रामायण पाठ प्रतियोगिता (खुल्ला/विद्यार्थी) सम्पन्न गरिने छ। उनले यसपाली अन्तर विद्यालय नृत्य प्रतियोगिता आयोजना गर्ने निर्णय लिइएको र 9 जुलाईका दिन सो प्रतियोगिता सम्पन्न गरिने बताए। उनले 13 जुलाईका दिन यी प्रतियोगिताका विजेताहरूले आफ्नो प्रस्तुति दिने बताए।

एससीबीसी अध्यक्ष कविता सापकोटाले कार्यभार सम्हालिन्

दिशाको त्रैमासिक बैठक आयोजित

सरकार समग्र विकास र कल्याणको लागि बुनियादी पूर्वाधारहरूलाई सुदृढ़ पार्न प्रतिबद्ध: मुख्यमन्त्री

मामरिङमा महिलाको शव भेटिएको घटनाको सम्बन्धमा ठूलो खुलासा, पुलिस आरोपी पक्राउ गर्न सफल

Governor’s medal present to 37 NCC cadets of Sikkim

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
HealthInvestmentLatest NewsLatest NewsSikkim

CM inspects newly constructed 500-bedded District Hospital in Namchi

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 26, 2025
Minister reaches out to remote Mangder village in West Sikkim
13औं लामपोखरी पर्यटन महोत्सव 2026 को समापन
राज्यपालले सिक्किमवासीहरूलाई नवरात्रिको हार्दिक शुभकामना दिए
नाबालिग केटीमाथि यौन दुर्व्यवहार, आफन्त पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?