By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    Chief Secretary chairs State-level meeting on Census 2027
    February 7, 2026
    एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी
    February 7, 2026
    केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
    February 7, 2026
    केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
    February 7, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
InsiderPoliticianreligionSA Nepali

भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे

Aaron Rai
Last updated: July 10, 2025 5:23 pm
Aaron Rai Published July 10, 2025
Share
SHARE


गान्तोक, 10 जुलाई। भारतीय जनता पार्टी सिक्किमका नेतृत्ववर्ग र कार्यकर्ताहरूले आज गुरु पूर्णिमाको पावन अवसरमा राज्यका विभिन्न मठ, मन्दिर, गुम्बा तथा आश्रमहरूको भ्रमण गरे। यस क्रममा टिबेट रोडस्थित भीमादेवी मन्दिरका प्रसिद्ध गुरूजी, देउरालीस्थित छुर्तेन गुम्बाका टुल्कु रिम्पोछे, इञ्चे गुम्बा, रानीपूल नजिक आदिगुरू शंकराचार्य मन्दिरको भ्रमण गरेर पार्टी नेतृत्ववर्गले प्रार्थना साथै श्रद्धेय गुरूहरूप्रति सम्मान जनाएर आशीर्वाद तथा मार्गदर्शन लिए।
भ्रमणको क्रममा सबैले आ-आफ्नो सांस्कृतिक परम्पराअनुसार गुरूहरूलाई सम्मान प्रकट गरेको प्रदेश भाजपा मिडिया प्रभारी निरेन भण्डारीले आज प्रेस विज्ञप्तिमा बताएका छन्। पार्टीका नेताहरूले गुरु पूर्णिमाको सन्देशलाई आत्मसात गर्दै समाजमा सांस्कृतिक, नैतिक तथा आध्यात्मिक मूल्यहरूको संरक्षणप्रति जोड दिए। गुरु पूर्णिमालाई विभिन्न धर्मावलम्बीहरूले आ-आफ्नो परम्परा अनुसार आषाढ महिनाको पूर्णिमा तिथिमा मनाउॅंछन्। यो पर्व गुरुहरूको सम्मान र कदर गर्न समर्पित छ, किनभने गुरुले जीवनमा ज्ञान, नैतिकता र आध्यात्मिक मार्गदर्शन प्रदान गर्छन्।


हिन्दू धर्म अनुसार गुरु पूर्णिमालाई व्यास पूर्णिमा पनि भनिन्छ, किनभने यो दिन महान ऋषि वेदव्यासको जन्मजयन्तीको रूपमा मनाइन्छ। यो दिन गुरु-शिष्य परम्पराको प्रतीकको रूपमा मनाइन्छ। यसैगरी बौद्ध धर्ममा गुरु पूर्णिमा भगवान गौतम बुद्धसँग सम्बन्धित छ। यो दिनलाई बुद्धले आफ्नो पहिलो उपदेश, धम्मचक्र प्रवर्तन, सारनाथमा पञ्चवर्गीय भिक्षुहरूलाई दिनुभएको सम्झनामा मनाइन्छ।
सोही प्रकारले जैन धर्ममा यो पर्व भगवान महावीरको सम्मानमा मनाइन्छ। महावीर स्वामीले आफ्ना शिष्यहरूलाई ज्ञान र मोक्षको मार्ग देखाउनुभएको दिनको रूपमा जैन अनुयायीहरूले आफ्ना गुरुहरूको स्मरण गर्छन्। आजको समयमा गुरु पूर्णिमा केवल धार्मिक गुरुहरूको मात्र नभई शिक्षक, मार्गदर्शक र प्रेरक व्यक्तिहरूको सम्मान गर्ने अवसरको रूपमा पनि लिइन्छ। यो पर्वले हामीलाई हाम्रा गुरुहरूको योगदानको कदर गर्न र जीवनमा सही मार्गमा अघि बढ्न प्रेरित गर्छ।

You Might Also Like

गान्तोकमा राज्यस्तरीय म्याराथन “सोल्जराथन- द ग्रेट हिमालयन कनेक्ट” 2.0 मा सम्पन्न

विभिन्न खेलकुद गतिविधिहरूको साथमा तीन दिवसीय राष्ट्रिय खेल दिवस 2025 समारोह शुरू

एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद

मुख्यमन्त्रीले अजित पवारको निधनप्रति शोक व्यक्त गरे

विश्व युवा कौशल दिवस पालन, मुख्यमन्त्रीले गरे सबै प्राविधिक पदहरूका लागि अनिवार्य आईटीआई प्रमाणीकरण र सबै पोलिटेक्निक कलेजहरूमा आईटीआई स्नातकहरूलाई प्रतिशत आरक्षणको घोषणा

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsNortheastSA NepaliSports

राजधानीमा अन्तरराष्ट्रिय बास्केटबल टुर्नामेन्ट आयोजित

Aaron Rai Aaron Rai November 10, 2025
उत्तर सिक्किममा फसेका पर्यटकहरूको दोस्रो समूहलाई छातेनबाट सुरक्षित एयरलिफ्ट गरियो
MoU signed for increasing GeM adoption in Sikkim
गान्तोकमा आरएसएसको पथ सञ्चलनसॅंगै वर्षव्यापी संघ शताब्दी वर्ष कार्यक्रमको शुभारम्भ
मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई लगातार तेस्रो कार्यकालको एक वर्ष पूरा गरेकोमा हार्दिक बधाई दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?