By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान
Art & LiteratureInsiderLatest NewsSikkim

साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान

Suk Raj Aaron Rai
Last updated: July 13, 2026 4:57 pm
Suk Raj Aaron Rai Published July 13, 2026
Share
SHARE


गान्तोक, 13 जुलाई। साहित्यकार एवं भाषासेवी सुकराज सुब्बालाई ‘भानु पुरस्कार’ ले अलङ्कृत गरिएको छ। राजधानीको मनन केन्द्रमा सोमवार आयोजित 212औं भानुजयन्ती समारोहमा सुब्बालाई प्रतिष्ठित भानु पुरस्कारले अलङ्कृत गरिएको हो। परिषद्ले सन् 1985 देखि भानु पुरस्कार प्रदान गर्दै आएको छ।
नेपाली साहित्य परिषद्, सिक्किमले आज राजधानीमा आदिकवि भानुभक्त आचार्यको 212औं जयन्ती मनायो। बिहान यहॉंको भानु उद्यानमा आयोजित पूर्वार्धको कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि थिए। राज्यपाल लगायत अन्य अतिथिहरूले आदिकवि भानुभक्त आचार्यको सालिकमा खादा एवं पुष्प अर्पण गरेर श्रद्धाञ्जलि अर्पित गरे।
भानु उद्यानदेखि एक भव्य शोभायात्रा पनि निकालियो। बिहानदेखि लगातार पानी परेको भए तापनि विभिन्न विद्यालयका विद्यार्थीहरू तथा अन्यहरूले शोभायात्रामा उत्साहका साथ भाग लिए। जिरो पोइन्ट, तिब्बत पथ, हस्पिटल डॉंड़ा हुॅंदै मनन केन्द्रमा आइपुगेर शोभायात्रा समाप्त भयो। मनन केन्द्रमा उत्तरार्धको कार्यक्रम सम्पन्न भयो, जसमा भानु पुरस्कार अलङ्करणका साथै विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई सम्मान प्रमुख आकर्षण थियो।
कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित ग्रामीण विकास विभागका मन्त्री अरुण कुमार उप्रेतीको बाहुलीद्वारा साहित्यकार एवं भाषासेवी सुकराज सुब्बालाई भानु पुरस्कारले अलङ्कृत गरियो। पुरस्कार स्वरूप अङ्गवस्त्र, स्मृति चिह्न, प्रशस्ती पत्र र नगद 51 हजार रूपियॉं अर्पण गरियो।
अवकाशप्राप्त मुख्य अभियन्ता एसआर सुब्बाको जन्म 20 जून, 1945 मा पश्चिम सिक्किमको मलबॉंसे बस्तीमा भएको थियो। विद्यार्थी जीवनदेखि नै उनी सामाजिक, साहित्यिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय रहॅंदै नेपाली र लिम्बू भाषा-साहित्यको संरक्षण, संवर्द्धन तथा विकासमा समर्पित रहॅंदै आएका छन्। उनी 2019 देखि 2025 सिक्किम अकादेमीका अध्यक्ष पनि रहेका थिए।
नेपाली साहित्य परिषद्, सिक्किमले वर्षेनी प्रदान गर्दै आएको भाषा गौरव सम्मान यसपाली भोटिया भाषाको निम्ति टाशी भोटिया र लेप्चा भाषाको निम्ति निम दोर्जी लेप्चालाई प्रदान गरियो। यसैगरी, भाषा सेवाश्री सम्मान कमल काफ्ले र एसएम बस्नेतलाई प्रदान गरियो।
यसरी नै परिषद्ले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउॅंदै आएका व्यक्तित्वहरू सेवाश्री सम्मान सम्मानित गरेको छ। साहित्य सेवाश्री सम्मानले जयदीप सुब्बालाई सम्मानित गरियो भने नाट्य सेवाश्री सम्मानले रेवती लेप्चा र पूरणदीप शर्मालाई सम्मानित गरियो। सङ्गीत सेवाश्री सम्मानले राकेश कार्कीढोली र जीवन शर्मालाई सम्मानित गरियो।
यसै क्रममा पत्रकारिता सेवाश्री सम्मानले कविता शर्मा र धीरज बान्वतालाई सम्मानित गरियो भने नृत्य सेवाश्री सम्मानले अनु प्रधान र चित्रकारिता सेवाश्री सम्मानले बीके सुब्बा लाई सम्मानित गरियो। सम्मानित व्यक्तित्वहरूलाई मुख्य अतिथि र विशिष्ट अतिथिहरूको बाहुलीद्वारा अङ्गवस्त्र, स्मृति चिह्न र प्रशस्ती पत्र अर्पण गरियो।
कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेताहरूलाई अतिथिहरूको बाहुलीद्वारा ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार पनि प्रदान गरिएको थियो। परिषद्का अध्यक्ष हरि ढुङ्गेलले स्वागत सम्बोधन राखेको कार्यक्रममा परिषद्का साहित्य सचिव तुलसी घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए।

रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी

प्रधानमन्त्री मोदीले सिक्किमलाई सहयोग गर्ने केन्द्रको प्रतिबद्धतालाई दोहोऱ्याए

असम राइफल्स शिलङद्वारा ब्रदरवुड एफसी सिक्किम पराजित

केन्द्रिय रक्षा राज्यमन्त्रीले गान्तोक-जीमा सड़क परियोजनाको गुणस्तर निरीक्षणको आश्वासन दिए

सिक्किम सरकारले छुटेका 12 जातगोष्ठीलाई जनजाति सूचीमा समावेश गर्न ऐतिहासिक कदम चालेको एसकेएमको भनाई

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderPoliticianSA Nepali

एसडीएफ पार्टीको गेजिङ जिल्ला समितिको सभा सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 31, 2026
सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
मुख्यमन्त्री 17औं ग्यालवा कर्मापा उगेन थिन्ले दोर्जीको 40औं जन्मदिन समारोहमा सहभागी बने
सांसद सुब्बाले एलटी सीट आरक्षणको लागि आरपी ऐन संशोधनमाथि जोड दिए
सीएपी अध्यक्षले तृणमूल स्तरमा पार्टीलाई सुदृढ पार्नु पर्ने आवश्यकतामा जोड दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?