By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: महिनाव्यापी कनेक्ट टु अर्थ एवं श्रमदानको समापन, मुख्यमन्त्रीले गरे सराहना
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > महिनाव्यापी कनेक्ट टु अर्थ एवं श्रमदानको समापन, मुख्यमन्त्रीले गरे सराहना
CultureDestinationsLatest NewsNationalWorld

महिनाव्यापी कनेक्ट टु अर्थ एवं श्रमदानको समापन, मुख्यमन्त्रीले गरे सराहना

Aaron Rai
Last updated: July 26, 2025 4:04 pm
Aaron Rai Published July 26, 2025
Share
SHARE


गान्तोक, 26 जुलाई। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज अप्पर तादोङ निर्वाचन क्षेत्रमा ग्रीन सिक्किम क्याम्पेन अन्तर्गत आयोजित एक महिनाव्यापी कनेक्ट टु अर्थ एवं श्रमदान कार्यक्रमको समापनमा सहभागी बने। यस अवसरमा क्याबिनेट मन्त्रीहरू, विधायकगण, सल्लाहकारगण, अध्यक्षगण, सरकारी अधिकारीहरू तथा अन्यहरू पनि उपस्थित थिए।
मन्त्री तथा क्षेत्र विधायक जीटी ढुङ्गेलको अगुवाईमा सम्पन्न यस अभियानमा व्यापक जन सहभागिता देखिएको थियो। यस अभियान अन्तर्गत राष्ट्रिय राजमार्ग छेउछाउ फूल फुल्ने बोटका बिरुवाहरू लगाइएको छ। यस पहलको उद्देश्य पर्यावरणीय जागरूकता बढाउनु र प्राकृतिक परिवेशको संरक्षण र वृद्धि गर्न समुदायको संलग्नतालाई प्रवर्द्धन गर्नु रहेको बताइएको छ।
कार्यक्रम अन्तर्गत मुख्यमन्त्री तामाङले पॉंच माइल, तादोङस्थित सरस्वती मन्दिरमा पूजा-प्रार्थना गरे। उनले मन्दिर परिसरमा पर्यावरण संरक्षण र आध्यात्मिक सद्भावप्रति प्रतिबद्धताको प्रतीक स्वरुप पारिजातको विरुवा रोपे।
समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्रीले अभियानको सराहना गर्दै यस कार्यक्रमले सफा, हरियालीयुक्त सिक्किम निर्माण गर्ने जनताको समर्पणलाई उजागर गरेको उल्लेख गरे। उनले मेरो रुख मेरो सन्तति, शिशु समृद्धि योजना र मेरो बाटो मेरो बोट जस्ता प्रमुख कार्यक्रमहरू मार्फत पर्यावरणीय पहलहरूप्रति सरकारको प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्रीले यस अभियानमा सहभागी बनेका अप्पर तादोङका जनता, एनजीओ र स्वयंसेवकहरूलाई बधाई दिॅंदै अभियानको क्रममा देखिएको एकता र सक्रिय सहभागिताले पर्यावरणीय दिगोपनप्रति हाम्रो सामूहिक संकल्पको बललाई प्रतिबिम्बित गर्दछ भनी बताए। उनले अभियानको क्रममा रोपिएका बोटबिरुवा र फूलहरूको हेरचाह जारी राख्न र आफ्नो दैनिक जीवनमा पर्यावरणीय जिम्मेवारीको भावना कायम राख्न आग्रह गरे।
यस अघि क्षेत्र विधायक ढुङ्गेलले मुख्यमन्त्रीको दूरदर्शी नेतृत्वमा ग्रीन सिक्किम क्याम्पेनको लागि कनेक्ट टु अर्थ र श्रमदान शुरुवात गरिएको बताए, जसको मुख्य उद्देश्य सक्रिय जन सहभागिताद्वारा स्वच्छ, हरित र दिगो सिक्किम प्रवर्द्धन गर्नु हो। उनले यो अभियान एक पर्यावरण पहल मात्र नभएर एक सामूहिक आन्दोलन, जसले व्यक्ति, समुदाय र संस्थाहरूलाई आफ्नो वरपरको पर्यावरणको संरक्षण र सुन्दरता कायम राख्ने साझा अभियानमा एकताबद्ध गरेको बताए।
मन्त्री ढुङ्गेलले यस महिनाव्यापी प्रयास मार्फत अप्पर तादोङ निर्वाचन क्षेत्रलाई समुदाय-सञ्चालित पर्यावरणीय कार्यको आदर्शको रूपमा रूपान्तरण गरेर राज्यमा उदाहरण स्थापित गर्ने आकांक्षा राखेको अवगत गराए। उनले राष्ट्रिय राजमार्गमा फूल र रूखका बिरुवाहरू रोप्नेदेखि लिएर सफाई अभियान र जागरूकता कार्यक्रमहरू आयोजना गर्नेसम्म, यस अभियानले कसरी एकताबद्ध प्रयासहरूले अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ भनेर प्रदर्शन गरेको बताए।

You Might Also Like

कर्म टेम्पो इथेन्पा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई

हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे

उत्तर सिक्किममा फसेका पर्यटकहरूको दोस्रो समूहलाई छातेनबाट सुरक्षित एयरलिफ्ट गरियो

केन्द्रिय राज्य मन्त्री रामदास आठवले सिक्किम भ्रमणमा

Second Coordination Meeting for Super Car Rally Held in Gangtok

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsPoliticianSA Nepali

सीएपी अध्यक्षले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत जनाए

Aaron Rai Aaron Rai December 7, 2025
प्रधानमन्त्रीको भ्रमणलाई लिएर चलिरहेको तयारीको समीक्षा बैठक सम्पन्न
सिकाका नयाँ पदाधिकारीहरु निर्विरोध निर्वाचित
Safeguarding Heritage: Inception Workshop on Ru-Saom Held at Hee Gyathang
सिक्किम सरकारले छुटेका 12 जातगोष्ठीलाई जनजाति सूचीमा समावेश गर्न ऐतिहासिक कदम चालेको एसकेएमको भनाई
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?