By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    सिक्किमका राज्यपाल र मुख्यमन्त्रीले एयर इण्डियाको विमान दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गरे
    June 12, 2025
    Sikkim to celebrate Aama Samman Diwas on August 10
    August 6, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले गरे नेवार समुदायको लागि सांस्कृतिक एवं धरोहर केन्द्र निर्माण गर्ने घोषणा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > मुख्यमन्त्रीले गरे नेवार समुदायको लागि सांस्कृतिक एवं धरोहर केन्द्र निर्माण गर्ने घोषणा
CultureDestinationsInvestmentSA Nepali

मुख्यमन्त्रीले गरे नेवार समुदायको लागि सांस्कृतिक एवं धरोहर केन्द्र निर्माण गर्ने घोषणा

Suk Raj Aaron Rai
Last updated: September 6, 2025 3:59 pm
Suk Raj Aaron Rai Published September 6, 2025
Share
SHARE


नाम्ची, 06 सेप्टेम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङले नेवार समुदायको लागि सांस्कृतिक एवं धरोहर केन्द्रको निर्माण गर्ने घोषणा गरेका छन्। मुख्यमन्त्रीले आज नामथाङको काब्रेमा आयोजित राज्यस्तरीय इन्द्रजात्रा समारोहमा उक्त घोषणा गरेका हुन्। उनले प्रत्येक समुदायको समृद्ध संस्कृति, परम्परा र भाषाको संरक्षणको वकालत गर्दै काब्रेमा नेवार समुदायको लागि सांस्कृतिक एवं धरोहर केन्द्रको निर्माण गर्ने घोषणा गरे।
समारोहमा मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्री तामाङले इन्द्रजात्राको सबैमा हार्दिक अभिवादन व्यक्त गर्दै विविधतामा एकता झल्काउने यो पर्व नेवार समुदायको लागि मात्र नभई सम्पूर्ण राज्यको लागि ठूलो महत्व राख्छ भनी बताए। उनले ग्रामीण क्षेत्र काब्रेमा राज्यस्तरीय कार्यक्रम आयोजन गर्ने आयोजक समितिको निर्णयको सराहना गर्दै यसले स्थानीय मानिसहरूलाई उपलब्ध गराउने आर्थिक अवसरहरूमाथि प्रकाश पारे। उनले वैश्विक सहभागिता र सांस्कृतिक आदान प्रदान सुनिश्चित गर्दै अर्को वर्ष अन्तरराष्ट्रिय स्तरमा इन्द्रजात्रा महोत्सव आयोजन गर्ने प्रोत्साहित गरे।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा स्थानीय भाषाहरूको संरक्षण र संवर्धनका लागि राज्य सरकारले शुरू गरेका विभिन्न पहलहरूको बारेमा पनि जानकारी गराए। उनले भाषा अध्ययनमा धेरैभन्दा धेरै विद्यार्थीहरूको भर्ती सुनिश्चित गर्न र सकारात्मक शैक्षिक परिणामहरू हासिल गर्नका लागि समुदायको संलग्नतामा जोड दिए। विधायकद्वय सन्जित खरेल र एनबी प्रधानले राखेका मागहरूमाथि बोल्दै मुख्यमन्त्रीले सिच्छेमा नेवारी भवनको निर्माण कार्य पूरा गर्न राज्य सरकारले पर्याप्त वित्तीय सहायता प्रदान गरेको र डीपीएच रोडमा प्रस्तावित अर्को एउटा भवनलाई पनि अन्तिम रूप दिइने जानकारी गराए।
यस अतिरिक्त, मुख्यमन्त्रीले प्रधान समुदायबाट बक्सिङ च्याम्पियन जसलाल प्रधानको सम्मानमा खामदोङमा जसलाल प्रधान बक्सिङ एकेडेमीको स्थापनाबारे पनि अवगत गराए। विकासीय मुद्दाहरूमाथि बोल्दै मुख्यमन्त्रीले मल्ली, नाम्ची र नामथाङ जस्ता सुख्खा क्षेत्रहरूमा पानीको अभावलाई सम्बोधन गर्न परियोजना शुरू गर्ने जानकारी गराए। उनले स्थायी स्थलको टुङ्गो नलागेसम्म नामथाङ एसडीएम कार्यालय किरायको भवनबाट सञ्चालन हुने पनि जानकारी गराए। उनले आफ्नो सम्बोधनमा राज्यका 12 छुटेका समुदायलाई जनजातिको मान्यता दिलाउन सरकारले गरिरहेको प्रयासहरूको बारेमा पनि विस्तारपूर्वक बताए।
कार्यक्रमलाई विधायक सन्जित खरेल, विधायक एनबी प्रधान र सिक्किम नेवा गुठीका अध्यक्ष मणिकुमार प्रधानले पनि सम्बोधन गरेका थिए। यस अवसरमा केशवचन्द्र प्रधान र खगेन्द्र प्रधानलाई रेवा रत्न सम्मानले सम्मानित गरियो। कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण कुमारी राई, विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा, मन्त्रीगण, विधायकगण तथा अन्य गणमान्य व्यक्तिहरूको पनि उपस्थिति थियो।

निर्वाचन आयोगको बैठकमा एसडीएफको सहभागिता

एसडीएफ पार्टीको केन्द्रिय कार्यकारिणी समितिको महत्वपूर्ण सभा सम्पन्न

शिक्षा मन्त्रीले भने, सरकार युवाहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धाका लागि तयार गर्न चाहन्छ

प्रतिबन्धित नशालु पदार्थसहित ओएफओजे कर्मचारी पक्राउ

जुलुकमा वाहन दुर्घटनामा वाहन चालकको मृत्यु

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BusinessInvestmentSA NepaliSikkim

योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 9, 2025
विधायक पामिन लेप्चाले छाङ्गु झील र वरपरका क्षेत्रहरूको निरीक्षण गरिन्
सिक्किम अन्तरराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन सिनेमामा अवसर र चुनौतीहरूमाथि प्यानल चर्चा
Review Meeting of Sikkim INSPIRES chaired by CM
मानसिक स्वास्थ्य प्रवर्द्धनको लागि संवेदनशील र जिम्मेवार रिपोर्टिङमा दुई दिवसीय कार्यशाला
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?